काठमाडौं ।नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको ब्याज र घरभाडा छुट गर्न माग गरेको छ । सो महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । उद्योग व्यवसायमा निकै समस्यामा परेको भन्दै महासंघे लकडाउन र निषेधाज्ञाका कारण उक्त अवधिको बैंकको ब्याज र व्यवसायिक घरभाडा पूर्ण रुपमा मिनाहा हुनुपर्ने माग गरेको छ । जसका लागि सो संघले पाँच बुँदे माग अघि सारेको छ । यसका अलवा सो संघले सहकारीबाट पनि लिएको ऋण मिनाह हुनुपर्ने माग गरेको छ । सो संघले पाँच प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्योगी व्यवसायीलाई बिनाधितो सहुलियत ऋण दिनुपर्ने बताएको छ । ‘केरुङ नाकामा रोकिएका कन्टेनरहरु छुटाउन पहल गर्नुपर्ने र साना तथा मझौला उद्योगी व्यवसायीको सहभागितामा समन्वय समिति गठन गरियोस्,’ सो विज्ञप्तिमा भनिएको छ ।


Your Views
Related News