काठमाडौं : फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई आगामी दुई वर्षका लागि एमबीए कार्यक्रमको ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। पारस खड्काले सोही कलेजबाट यसै सत्रदेखि एमबीए कार्यक्रममा सहभागी भई अध्ययन सुरु

गरेका छन्। फिनिक्स कलेज अफ म्यानेजमेन्टका प्राचार्य डा. विनोदबहादुर खत्रीका अनुसार पारस नेपाली राष्ट्रिय टिमका खेलाडी मात्रै नभएर राम्रो र मेधावी विद्यार्थी पनि भएको उल्लेख गरे।

पारसको कलेजसँगको सामिप्यता तथा उच्च शिक्षा अध्ययनप्रतिको लगावले फिनिक्स कलेज राष्ट्रिय नायकहरूको पहिलो रोजाइँ भएको उनले बताए। कलेजका डाइरेक्टर लक्ष्मण पोख्रेलले पारसलाई कलेजको एमबीए कार्यक्रममा ब्रान्ड एम्बासेडर भएको घोषणा गर्दै दुई वर्षका लागि अनुबन्ध गरिएको जानकारी दिए।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारसले खेलाडीका लागि पनि औपचारिक शिक्षा अत्यावश्यक रहेको जानकारी दिए। सोही कुरालाई मनन गर्दै उनले एमबीए प्रोग्राममा अध्ययनका लागि भर्ना भएको बताए।

फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एमबीए तथा बीबीए कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो।


Your Views
Related News