काठमाडौं । उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा आंशिक खुकुलो हुने भएको छ । लकडाउनको मोडालिटी परिवर्तनवारे अनुमोदनका लागि मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रालयमा पठाएका छन् । गृहबाट अनुमति आउने बित्तिकै तीनै जिल्लामा निषेधाज्ञामा केही

खुलुलोपन लागु हुने छ ।नयाँ मोडलमा जोर बिजोर प्रणालीमा निजी सवारीलाई सञ्चालन हुन दिने, दैनिक उपभोग्य समानका पसल समय तोकेर सञ्चालन गर्ने रहेको छ । त्यस्तै निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको छ ।निरन्तरको लकडाउन समाधान नभएको धारणा राख्दै उद्योगी तथा व्यवसायीले निषेधाज्ञा खकुलो नबनाए अवज्ञा गर्ने चेतावनी दिदै आएका छन् । मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाकामा सेनासहितको कडा सुरक्षा व्यवस्था गरेर उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने सुझाव दिएको थियो । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले भदौ २ गतेको पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका थिए । उक्त निषेधाज्ञा अहिलेसम्म जारी छ । निषेधाज्ञा जारी रहेपनि उपत्यकामा संक्रमण घटेको छैन । अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ४८ हजार नाघिसकेको छ।

कोभिड–१९ रोकथामका लागि थप क्रियाकलाप बढाउँदैछौँ : मन्त्री ढकाल
काठमाडाै‌ं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै लगिएको बताएका छन् ।विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको (दक्षिणपूर्वी एशिया) ७३ औँ बैठकलाई आज भर्चुअल सम्बोधनका क्रममा उनले बढी जनघनत्व भएका प्रमुख शहरमा कोभिड–१९ को बढी प्रभाव परेको जनाउँदै त्यस्ता क्षेत्रमा पिसीआर परीक्षण, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र आपूर्तिको क्षमता भरपुर सुदृढ गरिएको बताए ।

मन्त्री ढकालले भूकम्प र तत्पश्चात थुप्रै स–साना स्वास्थ्य आपत्कालीन अवस्थाहरूको प्रतिकार्यका सिकाइ गर्दा स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रहरूको स्थापना, आपत्कालीन औषधि विकास समूह (इमर्जेन्सी मेडिकल डेभलपमेण्ट टिम), हब अस्पताल सञ्जालको विस्तार कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि तयारी र प्रतिकार्यको क्षमता अभिवृद्धिमा मद्दत पुगेको पनि जिकिर गरे ।

“कोभिड–१९ महामारी अन्य स्वास्थ्य आपतकालभन्दा नितान्त भिन्न भए पनि आधारभूत व्यवस्थाले हामीलाई स्थापित संयन्त्रलाई थप सबल बनाउँदै द्रुतगतिमा कार्यान्वयन गर्न मद्दत गरेको छ”, उनले भने “यस महामारीका बेला स्वास्थ्य सेवाहरू केही हदसम्म प्रभावित भएको भए तापनि नेपालले अत्यावश्यक स्वास्थ्य सेवा र प्राथमिकता प्राप्त जनस्वास्थ्यका कार्यक्रमहरूको निरन्तरता सुनिश्चित गर्न धेरै पहल गरेको छ ।


Your Views
Related News