दुई ट्रक मजदुर, एक जेसिबी मेसिन र भारी पुलिस बन्दोबस्तीको साथ शिवसेनाले नेतृत्व गरेको बृहत्त मुम्बई महानगरपालिकाले बुधवार अभित्रेत्री कंगना रनावताको बंगलाको अफिस खण्डका केही भाग ध्वस्त गरिदियो । निक्कै द्रूत गतिमा भएको यो कार्वाहीलाई कभर गर्न मिडियामा मान्छे पनि ठूलो संख्यामा उपस्थित थिए ।

कंगनाका वकिल रिजवान सिद्दीकीले मुम्बई उच्च अदालतमा स्टे अर्डरको याचिका दायर गरेका थिए । त्यसको बावजुद महानगरपालिकाले कारबाहीलाई अगाडि बढायो । जब उच्च अदालतले स्टे अर्डर जारी गर्‍यो, त्यतिन्जेल महानगरपालिकाले तोडफोड सकिसकेको थियो ।

कंगनाका वकिलले न्यायाधीश एसजे काठवलिया र रियाज छागलाको इजलासमा याचिका दायर गरेका थिए । याचिकामा ‘अवैध, मनमानी र दूर्भावनापूर्ण’ तोडफोडमाथि रोक लगाउन माग गरिएको थियो । महानगरपालिकाका अधिकारीहरुले कंगनाको कार्यालयका अधिकांश भाग ध्वस्त गर्दिएका थिए । यो काम देशका सबै न्यूज च्यानलले देखाइरहेका थिए । वकिल सिद्दीकीका अनुसार उच्च अदातलमा पैरवी शुरु हुँदा करिब ४०% हिस्सा तोडफोठ भइसकेको थियो ।

मुम्बई उच्च अदालतले महानगरपालिकाद्वारा गरिएको यो तोडफोडलाई ‘अत्यन्तै दूर्भाग्यपूर्ण’ भनेको छ । उच्च अदालतले भनेको छ– ‘यो प्रष्ट छ कि यो अनाधिकृत कार्य रातारात भएको हैन । तर स्थित हेर्दा यस्तो लाग्छ कि महानगरपालिका अचानक आफ्नो निन्द्राबाट ब्युझियो । निवेदिकामाथि नोटिस जारी गर्‍यो, त्यतिखेर जब उनी राज्यभन्दा बाहिर थिइन । २४ घण्टाभित्र उत्तर दिन भनियो । उनलाई अरु कुनै थप समय उलपब्ध गराइएन । २४ घण्टा पूरा हुने बित्तिकै कारबाही अगाडि बढाइयो ।’

उच्च अदातलले अगाडि भनेको छ, ‘यदि महानगरपालिकाले यस शहरका सबै अनfधिकृत निर्माणमाथि यसरी नै काम गर्थ्यो भने आज यो ठाउँको स्थिति नै विल्कुल भिन्न हुन्छ ।’

मुम्बई फर्किने बित्तिकै कंगनाले एक भिडियोमार्फत् मुख्यमन्त्री उद्धव ठाकरेलाई ‘तँ’ भनेर सम्वोधन गर्दिइन् ।

उनले भनिन्, ‘उद्धव ठाकरे, तँलाई के लाग्छ कि तैले फिल्म माफियासँग मिलेर मेरो घर तोडफोड गरेर मसँग निक्कै ठूलो बदला लिइस् ? आज मेरो घर टुटेको छ, भोलि तेरो घमण्ड टुट्ने छ । यो समयको पैया हो, याद राख्नु समय सधै एकनास हुँदैन ।’

कंगनाले अगाडि भनिन्, ‘तिमीले ममाथि एक गुन लगाएका छौं । मलाई थाहा थियो की कश्मिरी पण्डितहरुमाथि के भएको थियो, तर आज म त्यो महसुस गर्दैछु । आज म यो देशलाई वचन दिन्छु म केवल अयोध्याबारे मात्र हैन, कश्मिरमाथि पनि एक सिनेमा बनाउँछु । मलाई थाहा छ कि ममाथि जे भयो यसको कुनै अर्थ छ, मतलब छ । उद्धव ठाकरे, यो जुन क्रुरता यो जुन आतंक ठीकै भयो कि मैमाथि भयो । किनकी यसको कुनै अर्थ, कुनै मतलब छ । जय हिन्द, जय महाराष्ट्र ।’

बुधबारको भिडियो सन्देशमा कंगना निक्कै दृढ र उग्र देखिएकी थिइन् । उनले आफ्नो अफिसलाई निक्कै राम्रो गरी सजाएकी थिइन् । तर महानगरपालिकाले उनको सपनाको संसारलाई केही घन्टामै ध्वस्त पारिदियो । कंगनाको अफिसमा त्यतिखेर तोडफोड शुरु भएको थियो जब उनी मुम्बई उड्नका लागि चन्डीगढ पुग्न हिमाञ्चल प्रदेशको सडकमार्ग हुँदै जाँदै थिइन् । उनलाई मिनेट-मिनेटमा फोनमा मुम्बईमा भएको तोडफोडको खबर र तस्बिर मिलिरहेको थियो ।

कंगनाले त्यतिखेरै एक ट्वीट गरिन्, ‘आउ उद्धव ठाकरे र करण जौहरको गिरोह, तिमीहरुले मेरो अफिस तोड्यौं, अब मेरो घर पनि तोडफोड गर । मेरो अनुहार र शरीर पनि तोडफोड गर । म दुनियाँलाई यो देखाउन चाहन्छु कि पर्दा पछाडिको तिमीहरुको काम के हो । म मरुँ वा बाँचु म तिमीहरुलाई बेनकाब गरेरै छोड्छु ।’

उनले अर्को एक ट्वीटमा भनेकी छन्, ‘यिनीहरुले आज मेरो घर भत्काएका छन्, भोलि तपाईहरुको पनि भत्काउन सक्दछन् । सरकार आउँछन्, जान्छन् तर जब कुनै आवाजलाई हिंस्रक तरिकाले दबाउने चलन बन्छ, यस्ता घटना सामान्य बन्न पुग्दछन् । आज एउटा मान्छेलाई जिउँदै चितामा जलाइदैछ, भोलि हज्जारौंलाई जलाउन सक्छन् । म गलत थिइनँ, मेरा दुश्मनहरुले यो सिद्ध गर्दिएकी मेरो मुम्बई आज पिओके भएको छ ।’

निसन्देह कंगनामाथि गरिएको कारबाही एक प्रतिशोधपूर्ण कारबाही हो । महानगर अधिकारीहरुको शीर उच्च अदातलको टिप्पणीले झुकेको हुनुपर्दछ । कंगनाले यसअघि नै भनेकी थिइन्, ‘कसले मेरो के उखाल्न सक्दछ, उखाल ।’

शिवसेनाले उनको अफिस उखाड दियो । उनीहरुलाई थाहा थियो कि अदालतले स्टे अर्डर गर्नेछ । त्यही कारण थियो कि उनीहरुले केही घण्टाभित्रै तोडफोड गरे ।

मैले कंगनाको त्यो साँच्चै सुन्दर कार्यालय देखेको थिए । उनले आफ्नो घर र अफिसलाई मन र मेहनतले सजाएकी थिइन । विशेष गरी इन्टेरियर्स साँच्चै सुन्दर थियो । महानगर अधिकारीहरुलाई थाहा थियो कि उनीहरु जे गर्दै छन्, अदालतको सम्भवित निर्णयको विरुद्धमा गर्दैछन् । उनीहरुले अदालती प्रक्रियालाई ढिलो पार्न सक्नेसम्म सबै प्रयास गरेका थिए ।

शिवसेनाको लामो समयदेखिको बदला लिने तरिका यही हो । शिवसेनाले यो सहन सक्ने कुरा थिएन कि कंगनाले उसको सुप्रिमो उद्धव ठाकरेलाई व्यक्तिगत तवरले हमला गरुन् । उनीहरु कंगनासँग हिसाबकिताब बराबर गर्ने मनसायले अधैर्य थिए । जब कंगनाले मुम्बईलाई पाकिस्तान शासित कश्मिरसँग तुलना गरिन्, तब उनीहरु झन व्यग्र भए ।

शिवसेनाका मान्छे भन्न थालेका थिए की यदि वालासाहब ठाकरे जिउँदो हुन्थे त कंगनालाई यति बोल्ने अनुमति पनि दिँदैनथे । शिवसेनाको नेतृत्वमा गठबन्धन सरकार थियो । उनीहरुले कंगनाको भनाईलाई ठूलो चुनौतिको रुपमा लिए । कंगनामाथि कुनै न कुनै प्रकारले बदला लिने सोचे । त्यसरी कंगनाको कार्यालय तोडफोड गर्ने योजना बन्यो ।

कंगनाले पनि थोरै संयम गर्दा हुन्थ्यो । तोडफोडलाई बाबरसँग तुलना गर्नु, मुम्बईलाई पिओकेसँग तुलना गर्नु, मुख्यमन्त्रीलाई ‘तँ’ भनेर सम्वोधन गर्नु र श्रीरामको नारा लगाउनु अलिक धेरै नै हो । यिनै कुरा अलिक शालिन ढंगले पनि राख्न सकिन्थ्यो ।

पूर्वमुख्यमन्त्री देवेन्द्र फन्डनबीस नेतृत्वको भाजपा–शिवसेना गठबन्धनको सरकारको बेला महानगरपालिकाले शाहरुख खानको मन्नत बंगलाको एक बाहिरी भाग ध्वंस्त पारेको थियो । इमारन खान र कपिल शर्मालाई तोडफोड गर्ने सूचना दिएको थियो । महानगरपालिकाले विगतमा पनि यस्ता कारबाही गरेको छ ।

तर बुधबार कंगनाको बंगलामा जुन कारबाही गरियो, त्यो राजनीतिक प्रतिशोधको कारबाही नै हो । त्यो अचानक थियो । बदलाको भावनाले प्रेरित थियो । यसको उद्देश्य हिसाबकिताब बराबर गर्नु थियो । यस्तो कारबाही र हिसाबकिताब लोकतन्त्रका लागि राम्रो हैन ।


Your Views
Related News