काठमाडौँ । पछिल्लो चार दशकमा विश्वको वन्यजन्तु जनसंख्यामा करिब ६८ प्रति कमी भएको छ ।

बुधवार विश्व वन्यजन्तु संरक्षण कोष (डब्लुडब्लुएफ) ले सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार वन्यजन्तुको जीवन निकै संकटमा परको छ ।

द लिभिंग प्लानेट २०२० नामको उक्त प्रतिवेदनको अनुसार , सन् १९७० देखि सन् २०१६ को बीचमा चार हजार तीन सय ९२ संरक्षित प्रजातिका जनावर, चरा, माछा तथा अन्य जीवजन्तुको विनाश भएको छ ।

मिलियन वर्षमा पहिलो पटक पृथ्वीमा वन्यजन्तुको जनसंख्या कम भएको बताइएको छ ।

ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्र विश्वको सबैभन्दा ग्रसित क्षेत्र हुन् जहाँ ९४ प्रतिशत जनावरको मृत्यु भएको छ ।

यस्तो हुनुको कारण, घासे जमिनको कमी, सभाना, जंगल र ओसिलो जमिन नष्ट हुँदै जानु, वन्यजन्तुको अधिक प्रयोग, क्षेत्रमा बाहिरबाट अन्य जनावरको आगमन तथा वतावरणमा परिवर्तन रहेको छ ।

मानव जातिले विश्वको ७५ प्रतिशत भूभाग ओगटेका छन् । विश्व वन्यजन्तु संरक्षण कोषको अनुसार पर्यावरणको विनासले एक मिलियन प्रजाति, पाँच लाख जनावर, र पाँच लाख किरा को मृत्यु भइसकेको छ ।

मानिसद्वारा अहिले सम्मको सबै भन्दा अधिक प्रकृतिको विनास भएको छ । जसमा सबै ध्यानाकर्षण हुनु जरुरी रहेको छ ।

मानिसहरुले आफ्नो खाना उत्पादन, खाने शैली र वातावरण प्रदुषण र प्रकृति कसरी जोगाउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने प्रतिवेदनमा बताइएको छ ।

प्रतिवेदनमा उध्योग तथा कारखानाको विकासले  ८५ प्रतिशत जलजीवहरुको प्रजाति नै लोप भएका छन् ।

सन् १९७० को तुलनामा हेरक वर्ष चार प्रतिशतले वन्यजन्तुको संख्यामा कमि हुँदै गएको छ ।

विश्व वन्यजन्तु संरक्षण कोष (डब्लुडब्लुएफ) को पुरा रिपोर्ट यँहा क्लिक गरेर पढ्न सकिन्छ 

‘ताजा पानीका जैविक विविधता सबै भन्दा अधिक हराउदै गएका छन् ।’ विश्व वन्यजन्तु संरक्षण कोषको प्रमुख वैज्ञानिक रेबिका शा बताउछिन् ।

उनी भन्छिन्, ‘यो निकै चिन्ताजनक बन्दै गएको छ र हामीले थुप्रै प्रयासहरु गरेका छौ तर नतिजा उत्साहजनक छैन, यसको मुख्य कारण भनेको मानिसको गतिबिधि नै हो । अहिलेको २१ औं सताब्दीको जीवनशैलीले गर्दा पृथ्वीको जैविकक्षमता ५६ प्रतिशत सम्म उपभोग भइरहेको छ त्यसैले ग्रहको जीवन प्रदान गर्ने क्षमता कम हुदै गएको छ ।’

यसले विश्वव्यापी खानामा प्रभाव परेको छ । शा भन्छिन्, ‘मानिसहरुले वन्यजन्तुको बसोबासयुक्त क्षेत्रलाई खेतियोग्य जमिनमा परिवर्तन गर्दा उनीहरुको बासस्थान नै उजाडिएको छ ।’

वातावरण परिवर्तन भन्दा पनि मानिसको गतिबिधिले जैविकविविधतामा कमी हुँदै गएको कारण विश्वका प्रमुख नेताहरुले यस विषयमा योजना बनाउनुपर्ने अवस्था आएको छ ।

वन्यजन्तुको बासस्थान बिनास भएको कारण अर्को महामारी हुने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

साथै पृथ्वीको अझ बिनासको कारण मानिसहरुले झन् धेरै समस्या झेल्नु पर्ने बताएका छन् ।

शा भन्छिन्, ‘वन्यजन्तुको संरक्षणमा कमि र अत्याधिक प्रयोग भएको कारण जनावरमा लाग्ने रोग मानिसमा सरेको हो, कोभिड-१९ त यस प्रक्रोपको शुरुवात मात्र हो ,मानिसले आफ्नो खानाको फुड-चेन बिगार्दा थुप्रै नराम्रो प्रभाव पर्नेछ ।’


Your Views
Related News