घोराही, भदौ २४ । दाङ घोराहीको एक दम्पत्तिको सन्तान पाउने लामो चाहना पुरा भएको छ । झन्डै विहे गरेको झन्डै ३० वर्षपछिको सन्तान पाउने अभिलाषा पुरा भएको हो । घोराही निवासि दानबहादुर केसी र डिला कुमारी थापाको सन्तानको रहर पुरा भएको छ । सन्तान बनाउने तिव्र इच्छाका वावजुद उनि भारतको दील्ली सम्म पुगे । नेपालका विभिन्न अस्पतालमा टेस्टु्युव वेविका लागि गएपनि केसि दम्पत्तिले भारतको इन्दीरा हस्पीटलमा पुगेर टेस्ट्युव वेवि(आइभिएफ) बनाए ।

भारतवाट टेस्ट्युव वेवि बनाएर फर्किएको केसि दम्पत्ति सन्ताको तिव्र अभिलाषामा थियो । लामो उमेरसम्म पनि वच्चाको गर्भ नरहेपछि सन्तानको लागि केसि दम्पत्ति विभिन्न अस्पताल पनि पुगे । उमेर र शारीरीक जोखीमका कारण पनि ४८ वर्षिय महीलालाई सन्तानको जन्म दिन धेरै नै समस्या । विभिन्न रोगसंग जुधेर ति महीलाले बुधवार घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यकृयाद्वारा जुमल्याहा छोराको जन्म दिइन् ।

दुवै वच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालमा भेटिएका जुमल्याहा वच्चाका अभिभावक केसिले निकै खुसि देखीन्थे । उनले लामो समयपछि सन्तानको रहर पुरा भएको भन्दै खुसि देखीन्थे । २०५० सालमा केसिले विहे गरेका थिए । प्रतिष्ठानका डिन, प्र्रसुति रोग विशेषज्ञ डा. बसन्त लामीछानको चिकित्सक टोलिले शल्यकृया गरेर वच्चाको जन्म दिईएको हो । उमेर र विभिन्न शारीरीक समस्याका कारण सफल शल्यकृया भई महीलाले वच्चा जन्माउन सफल भएको भन्दै डा. लामीछानेले कोरोनाको कहरको वेला आफुले दायित्व पुरा गर्न पाएको खुसि लागेको सुनाए । ‘उमेर एक त ४८ वर्ष, महीनावारी सुक्ने समय, त्यसमा पनि विभिन्न शारीरीक समस्याका कारण यो केश अलि जटिल नै थियो–डा. लामिछाने भन्छन्– अस्पतालमै शल्यकृया गराउने परीवारको आत्मविश्वास भएकै कारण मैले यो केशमा अघि बढेको हो, रिफर गर्न पनि सकिन्थ्यो, त्यही यो महामारीको वेला परीवारले नै यही नै उपचार गर्छौ भनेर सहमति दिएपछि आफै उत्साहीत भएर सफल अप्रेसन गरीयो ।’ उनले उमेरको हिसावले पनि यो जटिल प्रकारको अप्रेसन भएको पनि बताए । ‘यो केशमा मैले पढ्दा खेरी पढेका रोगहरु सबै मिल्दोजल्दो देखीयो, पाठेघरमा ८ देखी ९ सेन्टिमीटरको ट्युमर मासु पलाएको थियो, छिटो वेथा नलागोस भनेर पाठेघरको मुख पनि वानेको थियो– लामीछानेले थपे–‘जिउचिलाउने देखी थाइराइडसम्मका रोगवाट सुत्केरी महीला पिडित हुनुहुन्थ्यो, त्यसमा पनि यो कोरोनाको महामारीको वेला उपचार गर्ने अर्को चुनौति थियो, महीलाका परीवारका मानिस त सके सम्म काठमान्डौ नै लैजान चाहनुहुन्थ्यो, पछि कोरोनाको महामारी सहीत सबै कुराले अस्पतालमै उपचार गराउन राजि भएपछि अप्रेसन पनि सफल भयो, स्वस्थ दुई वच्चालाई महीलाले जन्म दिनु भयो, एउटा ब्यक्तिको सन्तान पाउने आशा लामोसमयपछि पुरा भयो, हामि यसैमा खुसि छौ, यो दायित्व निर्वाह गर्न पाएकोमा मलाई पनि राम्रै लागेको छ ।’

उनले एनेस्थेसिया, वाल रोग विशेषज्ञसहीत अन्य चिकित्सकसहीत रगतको पनि ब्यवस्थापन गरेर यो अप्रेसन सफल भएको बताए । अस्पतालले नवजात वच्चाको एउटाको तौल २ किलो ५० ग्राम र अर्को वच्चाको तौल २ किलो ३०० ग्राम रहेको जनाएको छ । करीव ५–६ महीनादेखी डा. लामीछानेसंग ति महीलाले चेक गराउदै आएकि थिइन् । वच्चाका अभिभावक केसिले आफुले स्थानिय स्तरमा यो जटिल प्रकारको अप्रेसन गरेर सन्तानको इच्छा पुरा गरीदिएकोमा अस्पताल र चिकित्सकलाई धन्यवाद दिए । आफुलाई पछिल्लो अल्का हस्पीटलको घटनाले ठुला चिन्ता लागेपनि तर, स्थानिय अस्पताल र यहाँका चिकित्सकलाई विश्वास गरेर सफल अप्रेसन गरीदिएकोमा आफु धेरै नै खुसि भएको केसिले बताए । उनले आफ्नो परीवारलाई यहि अप्रेसनका लागि काठमान्डौको ग्रान्डी, मेडिसिटि लगायतका अस्पतालहरुमा कुरा गर्दा असाध्यै महङ्गो भनेको र यो महामारीको वेला धेरै नै समस्या हुने भएपनि दाङकै अस्पतालमा यसखालको अप्रेसन हुँदा सकारात्मक शन्देश प्रवाह भएको बताए । उनले ग्राण्डीमा औषधि उपचारवाहेक यही अप्रेसन खर्च मात्रै १ लाख ४५ हजार र मेडिसिटिले एउटा वच्चाको अप्रेसन गर्दा २ लाख २० हजार खर्च लाग्ने भनेको पनि उनले सुनाए । ति महीलाले एउटा वच्चा ९ बजेर १३ मिनेटमा र अर्को वच्चा ९ बजेर १६ मिनेटमा जन्म दिएकि थिइन् ।


Your Views
Related News