काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शनिबार (आज) बाट ५८औं वर्षमा प्रवेश गर्दै छ । २०२० सालको २७ भदौमा स्थापना भएको सरकारी स्वामित्वमा सञ्चालितसाल्ट ट्रेडिङ कर्पोरेसनलेसहज र सुपथ मूल्यमा खाद्य तथा उपभोग्य वस्तु बिक्री गरेर मुलुकको आपूर्ति प्रणालीमा टेवा दिँदै आएको छ ।

साल्ट ट्रेडिङले अहिले कोरोना भाइरस महामारीबीच पनि बाहिरको बजार मूल्यभन्दा सहुलियत दरमा सहज रूपमा उपभोक्ताको घरघरमा खाद्य तथा उपभोग्य वस्तुउपलब्ध गराउँदै आएको छ ।

लामो समय लकडाउन भएर खाना पकाउन समस्या हुने अनुमान गरेका अन्य व्यापारीले आफूसँग भएका ग्यास लुकाएर बढी मूल्यमा बिक्री गर्ने कामसमेत गरेकाथिए । त्यसबेला समस्यामा परेका मुलुकवासीलाई सहज रूपमा ग्यास आपूर्ति गराउन महत्वपूर्ण भूमिका खेलेको साल्ट ट्रेडिङ कर्पोरेसनले बजारमा हस्तक्षेप गर्दै आफूसँग भएको ग्यास सरकारले तोकेको मूल्यमा नै सहज रूपमा उपभोक्ताको घरमा पु¥याएको थियो ।

करिब ६ महिनाभन्दा बढीको लकडाउन र निषेधाज्ञाको असहज अवस्थामा पनि साल्ट ट्रेडिङले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ६ वटा बिक्री कक्ष र चारवटा मोबाइल भ्यानमार्फत खाद्य तथा उपभोग्य बस्तु बिक्री गर्दै आएको छ । अहिले काठमाडांै उपत्यकाको सतुंगल, कालिमाटी, कोटेश्वर, भक्तपुर र कंलकीमा आफ्नो बिक्री कक्ष राखेर साल्ट ट्रेडिङ कर्पोरेसनले निरन्तर सेवा प्रदान गर्दै आएको छ । यसैगरी,चारवटा मोबाइल भ्यानबाट काठमाडौं उपत्यकाभर हरेक उपभोक्ताको घरघरमै सेवा प्रवाह गर्दै आएको छ । उपत्यका बाहिरका सहरमा पनि साल्ट ट्रेडिङले आवश्यक सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी,कृषकलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराइरहेको छ । अहिले अधिकांश किसानले मल नपाएको अवस्थामा जिम्मेवारी पाएका अन्य निकायले समयमा मल आयात गर्न नसकेको भन्दै साल्ट ट्रेडिङ कर्पाेरेसनले मल आपूर्तिलाई विशेष प्राथमिकतामा राखेर अघि बढिरहेको छ । कोरोना महामारीकैबीचमा पनि ३२ हजार मेट्रिक टन रासायनिक मल आयात गरेको साल्ट ट्रेडिङ कर्पोरेसनअझै थप मल आयातको तयारीमा जुटेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले सुरुमा नुन आपूर्तिको जिम्मा पाएको थियो । त्यसबेला नेपालमा नुन आपूर्तिकोकुनै विश्वसनीय संयन्त्र थिएन । सो समय निजी क्षेत्रले नुन आयात गरी बिक्री गर्दै आएका थिए । तर, त्यसरी बिक्री गरिएको नुन गुणस्तरीय थिएन । त्यसमाथि यातायात, भण्डारणलगायत समस्याका कारण आममुलुकवासीलाई सहज र पर्याप्त मात्रामा नुन पु¥याउन सकिने अवस्था थिएन । सोही कठिनाइमध्यनजरगरी तत्कालीन सरकारले यसकर्पोरेसन स्थापना गरेको थियो । सुरुका केही समय नुन आपूर्तिगरेको यस कम्पनीले विस्तारै पछिल्ला वर्षमा आफ्नो व्यवसाय र सेवा विस्तार गरी अहिलेको अवस्थामा आइपुगेको हो ।

स्थापना कालमा नुनको कारोबार थालेको कर्पोरेसनले क्रमशः आफनो लगानीको दायरा विस्तारगरीअहिले अत्यावश्यक खाद्यान्न, ग्यास, चिनी, रासायनिक मल र छापाखानालाई आवश्यक कागजको कारोबारमा समेत अग्र भूमिका निवारण गर्दै आएको छ । हालसाल्ट ट्रेडिङ कर्पोरेसनको चुक्तापुँजी करिब १५ करोड ३५ लाख रुपैयाँभन्दा बढी रहेको छ । यसमा सर्वसाधारणको २१ प्रतिशत सेयर छ भने बाँकी सरकार र अन्य संस्थागत लगानीकर्ताको सेयर रहेको छ । हाल यस कम्पनीको वार्षिक कारोबार करिब १० अर्ब रुपैयाँभन्दा बढीको छ ।

हाल साल्ट ट्रेडिङ कर्पोरेसनले नुन, चिनी, मैदा, पिठो, सुजी, खानेतेल, दाल, चामल, गेडागुडी, मसला, छापाखानालाई आवश्यक कागज, रासायनिक मल, अनुदानको मल (युरिया, पोटास, डीएपी) र खाना पकाउने एलपी ग्यासको कारोबार गर्दै आएको छ ।

साल्ट ट्रेडिङको स्थापना हुनुभन्दा अघि नेपालीले आयोडिनयुक्त नुन उपभोग गर्न पाउँदैन थिए । आयोडिनयुक्त नुनको कमीका कारण त्यसबेला बालबालिकामा गलगाँडको समस्या हुने गथ्र्यो । तर, साल्ट ट्रेडिङले सुुरुकै बेलादेखि नै आयोडिनयुक्त नुन बिक्री गर्न थाल्यो जसका कारण अहिलेसम्म त्यो समस्या न्यूनीकरणमा ठूलो सहयोग पुगेको छ ।
यसैगरी,मुलुकको औद्योगिकीकरण एवं वित्तीय क्षेत्र विस्तारमा पनि साल्ट ट्रेडिङले महत्वपूर्ण योगदान गरेको छ ।

गोरखकाली रबर उद्योग, नेपाल वनस्पति घ्यू उद्योग, हिमालय खाद्य एवं प्याकिङ उद्योग, नेसनल फाइनान्स, सगरमाथा इन्स्योरेन्सजस्ता संस्थाको स्थापनामा पनि साल्ट ट्रेडिङको योगदान महत्वपूर्ण छ । साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरलेमुलुकको औद्योगिकीकरण र वित्तीय क्षेत्रमा कम्पनीको उल्लेखनीय योगदान रहेको दाबी गरे ।


Your Views
Related News