भाद्र २७, २०७७ | कपिलवस्तु

बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर आगामी असोज दोस्रो साताबाट खुला गरिने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकको प्रमुख पयर्टकीय स्थल लुम्बिनीस्थित मायादेवी मन्दिर असोज दोस्रो साताबाट सर्वसाधारणका लागि खुला गरिने तयारी भईरहेको बताउनुभयो ।

मायादेवी मन्दिरको अवलोनका लागि लुम्बिनी पुगेको मन्त्री भट्टराईले सम्भवत असोज १५ गतेबाट खुला गर्ने तयारी स्वरुप गृहकार्य सुरु गरेको जानकारी दिनुभयो । मायादेवीसँगै मुलुकका अन्य धार्मिक, ऐतिहासिक र सांस्कृतिक स्थल स्वदेशी तथा विदेशी पर्यटकका लागि खुला गर्ने तयारी थालेको उहाँले बताउनुभयो ।

लुम्बिनी विकास कोषले मायादेवी मन्दिर सञ्चालन गर्न सुरक्षा मापदण्ड निर्देशिका बनाएर मन्त्रालय पेश गरेको छ । मन्त्री भट्टराईले लुम्बिनीका थाई, म्यान्मार, चिनियाँ, कोरिया, अमेरिका र जर्मनका बिहार, मन्दिरको समेत अवलोकन गर्नु भएको थियो ।

त्यस्तै, लुम्बिनीमा निर्माणाधिन ५ हजार जना क्षमताको सभा हलको पनि अनुगमन गर्नु भएको थियो । मायादेवी मन्दिरको अवलोकन सँगै मन्त्री भट्टराईले पूजाआजा समेत गर्नु भएको थियो ।


Your Views
Related News