काठमाडौं । आफ्नो स्वाथ्य जीवनशैलीलाई लिएर सधैं चर्चामा रहने बलिउड अभिनेता अक्षय कुमारले एक नयाँ खुलासा गरेका छन् । उनले हालै आफूले दैनिक रुपमा गहुँत पिउने गरेको खुलासा गरेका हुन् ।

अक्षयले ‘इन टु द वाइल्ड’ को आफ्नो विशेष एपिसोडको विषयमा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्ससँग एक इन्स्टाग्राम लाइभ सेसनमा भाग लिएका बेला यस्तो कुरा बताएका हुन् ।

यस शोमा उनलाई प्रस्तोता बेयर ग्रिल्सले हात्तीको गोबरबाट बनेको चिया पिलाएको क्लिप अहिले भाइरल भइरहेको छ । त्यस विषयमा कुरा गर्दै अक्षयले धेरैजसो मानिसलाई हात्तीको गोबरबाट बनेको पेय पर्दाथ पिउन एउटा चुनौती लाग्न सक्छ तर मेरा लागि यो सामान्य कुरा थियो भन्ने अभिव्यक्ति दिएका हुन् ।

यसबारे ग्रिल्सले तपाईंको यो कसरी गर्न सक्नुभयो भनेर प्रश्न सोधेका थिए । यो प्रश्नको जवाफमा अक्षयले भने, ‘आयुर्वेदिक कारणले म दैनिक गहुँत पिउँछु त्यसैले यो मेरो लागि रत्तिभर पनि कठिन थिएन । ’

यसबारे बेयरले भने, ‘मेरो कार्यक्रममा आउने थुप्रै पाहुनाले यस्तो गर्न सक्दैनन् । जब मानिसहरु चर्चित हुन्छन् तब उनी आफ्नो कम्फर्ट जोनबाट बाहिरको काम गर्न बन्द गर्छन् किनभने उनीहरु कमजोर देखिन डराउँछन् तर अक्षय कुनै पनि कुराका लागि तयार थिए ।’

‘इन टु द वाइल्ड’ को यो एपिसोड ११ सेप्टेम्बरमा डिस्कभरी प्लमिा प्रसारित हुनेछ र १४ सेप्टेम्बरमा डिस्कभरी च्यानलमा प्रसारित हुनेछ । यो वर्षको सुरुवातमा मैसुरुको बान्दीपुर टाइगर रिजर्भमा यसको सुटिङ गरिएको थियो ।


Your Views
Related News