काठमाण्डौ। निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी स’म्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कु’टपि’ट गर्ने, यातना दिने गरेका घ’टना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घट’ना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घट’ना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डर’ले बाहिर ल्याइदैनन् ।

तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्र’माणित गर्दैछन् । विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’

२०७२ सालको बैशाख २४ गते विनोद र अनिता वैवाहिक सम्बन्धमा बाँधिए । त्यो मागी विवाह थियो । विनोद अहिले २७ वर्षका भ एभने अनिता २४ वर्षकी । उनीहरूको वैवाहिक जीवन राम्रोसंग चलिरहेको थियो । हाँसी खुसी थिए । विहेको २ वर्षपछि छोरी आहानाको आगमनले उनीहरूको खुसी झन् बढ्यो ।

सायद विनोद र अनिताको सुखद् जीवन दैवलाई रुचेन । अनितालाई एक्कासी टाउको दु’ख्ने रोगले सताउन थाल्यो । उनीहरूले चेकअप गराए । चिकित्सकको सल्लाह बमोजिम औषधि खान थालिन् अनिता । औषधिले सायद काम गरेन । उनलाई ब्रेन हेमरेज भयो । त्यो घटनाले विनोदले सारा खुशी र सपना ऐना फुटेसरह टु’क्राटु’क्रामा परिणत भएको महसुस गरे । तर पनि श्रीमतीलाई जसरी पनि बचाउने अभियानमा लागे । श्रीमती बिनाको जीवन अधुरो सोचिसकेका उनले पैंसा, समय, हेरचाह जे–जे आवश्यक पर्छ, सबै जोहो गर्ने अठोट गरे । र लागे राम्रो भन्दा राम्रो उपचारको खोजीमा ।

अनिताको उपचारमा महिनामा १ लाख बढि खर्च हुन्छ, उनको विशेष तागत दिने खाना क्यालोरी र उपचारका लागि । अनितालाई यस्तो नहुनु पूर्व बुटबलमा घर बनाउने योजना थियो विनोदको । तर अब त्यो सम्भव भएन । सात महिनाको अवधिमा २१ लाख खर्च भइसक्यो । घर बनाउन साचेको पैंसा श्रीमतीको उपचारमा खर्च भइरहेको छ । तर पनि उनलाई त्यसमा कुनै लोभ छैन । श्रीमती निको भए यति पैंसा त के ठूलो कुरा भो र भन्छन् ।

“देवीको रुपमा घरमा भित्रिएकी थिइन् । मेरो बुबाआमाले पनि औधी माया गर्नुहुन्छ । अनिताको व्य’वहार पनि निकै मायालु छ” विनोद भन्छन्, “श्रीमान्ले आफ्नी श्रीमतीलाई इज्जत र माया दुवै दिनुपर्छ । श्रीमान्ले माया गरे सबैले माया गर्छन् ।” अनिताको प्रवेशले घर परिवारमा माया, ममता, सुख सबै भित्रिएको बताउने विनादे उनी बि’रामी भएपछि परिवार तितरबितर भयो भन्छन् । बुबाआमा गाउँमा, छोरी फुपूहरूसंग । आफू अनिताको स्यारसुसारमा ।

अनिताका बुबाआमा पनि ज्वाइँसंग निकै खुशी छन् । छोरीले भगवानजस्तो जस्तो श्रीमान् पाएको भन्दै छोरीको लागि आफूहरूलाई कुनै चिन्ता छैन भन्छन् । विनोदको मायाले नै छोरीको स्वास्थ्य अवस्था सुधार भइरहेको भन्दै उनीहरू भन्छन्, “ज्वाइँ होस् हाम्रो जस्तो, श्रीमान् होस् त विनोदजस्तो ।”

अहिलेसम्म देश बिदेश बाट सहयोगी मनहरुले गरेको सहयोगले यो अवस्था सम्म आयौ अझै नौ दस महिना हस्पिटलमै बस्नुपर्ने भएकोले अब कसरी बस्ने हस्पिटल या घर फर्कने यही कुराले पिरोलिरहेको बताउदै अझै पनि देश बिदेशमा रहेका मनकारी दाजुभाइ दिदी बैनिहरु बाट सहयोगको अपिल गरेका छन, आज भने धेरै पछी यि जोडीको मुहार केही खुशी देख्न पाइयो, उनिहरु सङ्ग गरिएको कुराकानी

सबैको जानकारीको शेयर गर्नुहोस !!!


Your Views
Related News