दयाराम ओझा जिल्ला न्यायधि,शरको गन्यमान्य तथा प्रतिष्ठित ब्याक्तित्व।

सर, एउटा भिखारी बूढी हजुरलार्इ भेट्छु भनेर जिद्दी गरिरहेकी छे । कति सम्झाए, पैसा पनि दिए तर मान्दिनँ।’ गार्ड्ले बिन्ती चढायो ।

‘भिखारीलाई पनि लखेट्न सक्दैनस् । अब भिखारीहरूलाई लखेट्न  पनि मनै आउनुपर्ने । निकम्माहरू ।’ दयाराम कड्कियो गार्डमाथि ।

वास्तवमा ऊ अर्कै तनावमा थियो।

उस्को अति प्यारो छोराको अति प्रिय डगी बिरामी थियो,हिजोदेखि केही खाएको थिएन । छोरीले पनि केही खाएकी थिएन, डगीलाई अस्पताल आजै लानुपर्ने म्याडमको उर्दी । उता अदालतमा  अति नै महत्वपूर्ण सुनवाइ थियो, अत बिदा लिनेसक्ने कुनै अवस्था थिएन ।

यता श्रीमतीको गनगन, छोरीको नखरा, उता अदालतको बेवस्ता । दयाराम अनिर्णयको बन्दी बनेको थियो । यसको घानमा पर्‍यो बिचरा गार्ड।

भिखारीहरूको मसँग के काम हुन्छ भेट्ने । जा लखेट ।

लखेट्न पर्दैन दयाराम , म आफै जान्छु , तेरो नासो थियो मसँग त्यही दिऊँ  भनेर मात्र ।’

परिचित आवाज सुनेर जिल्ला न्यायाधिश दयाराम ओझा बाहिर आयो अनि उसको पछिपछि अरू परिवार ।

‘तपाईं ’ विस्मय र आश्चर्यले न्यायधिश महोदयको भिर्कुटी तन्कियो ।

– कस्तो दशा बनाएर बसेको ।

– ल हेर त कस्तो जग हँसाइ बनाएको ।

छोराबुहारीले बस्न ,खान नदिएर घरबाट लखेटे भन्ने देखाउनलाई ।

‘एउटा जिल्ला न्यायाधिश्को आमा भिखारी बनेर हिडिरहेछिन भनेर दुनियाँलाई देखाएको ।’ दयाराम कड्कियो ।

‘होइन दया । यो त मलाई तेरो आमा भनेर कसैले पनि नचिनोस् भनेर यसरी भिखारी जस्तो बनेर हिडेकी हुँ, चिन्ता नगर बाबू , यो शहरमा अहिलेसम्म कसैलाई मैले भनेकी छैन , म तेरो आमा हो भनेर, मलाइ थाहा छ नि , शहरमा तेरो कत्रो इज्जत छ भनेर , अरूले तेरो प्रशंसा गरेको सुनेर खूबै गर्व लाग्थ्यो , आखिर तेरो बाउको सपना तैले पूरा गरिस , धन्यबाद बाबू, हाम्रो आशिर्वाद सदैव तिमीहरूमाथि रहने छ । आमाबाबुलाई अररू के चाहियो र। सन्तानले गरिखाको नै हाम्रो निम्ति सम्पूर्ण हो ।

वृद्धा स्वाँस्वाँ गर्दै बोलिरहेकी थिइन्,‘हातखुट्टाहरू कामिरहेका थिए। साएद बिरामीले थलिएकी थिइन्। उभिन नसकेर त्यहीँ भुइँमा बसिन्। अनि केही सास लिएपछि फेरि बोल्न थालिन्,

जाँदा तेरो सानो छँदाका लुगाहरू लगेकी थिएँ ।  तँलाई सुम्सुमाउन नपाए पनि यही तेरो सानो  छँदाका लुगाहरूलाई माया गरेर मन्को धोको पूरा गर्थे । अब अझै यसलाई सम्हाल्ने तागत रहेन , फाल्न पनि माया लाग्यो, यति राखी दिन्छस् कि भनेर ल्याएको, आमाको नासो सम्झेर यसलाई राखिदे बाबु । यति मेरो बिन्ती मानिदे त बाट अरू केही चाहिन मैले , यसैलाई मेरो दूधको कर्ज सम्झिनु । अँ तेरो बाउ र मेरो फोटो पनि छ झोलामा , हाम्रो अंश सम्झेर राखिदिनु कुनै कुनामा, मेरो मात्र भए त दिने पनि थिइन, तेरो बाउसँगको फोटो भएकोले फ्याक्न सकिन।

बुहारीतिर फर्केर दस औंला जोड्दै बुहारी जानी अनजानीमा मैले तिम्रो मन दुखाएको भए अन्तिम घडी सम्झेर क्षमा गर है । सायद मैले नै तिमीलाई छोरी बनाउन सकिन होला । नातितिर फर्केर आमाबाबुको आज्ञाकारी हुनु, उनीहरूको चित्त कहिले नदुखाउनु है । लगातार बोलेकोले दम अझ बढेर आयो र खोक्न थालिन आमा । उनी बिस्तारै तुलसीको मोठमा गइन अनि मोठमा अडेस लागेर खोक्न थालिन् ।  खकार आएर घाँटीमा अड्कियो अनि उनी सास फेर्न नसकेर घ्यारघ्यार गर्न थालिन् ।  उनको दुवै  हात बिस्तारै आकाशतिर उठ्यो , कसैलाई अठाउन खोजे जस्तो वा कोही उनलाई लिन आएजस्तो भवमा अनि एकैछिनमा उनको  दुवै हात भुइमा खस्यो ।  सबै मौन , कोही केही बोलेनन , सबै अन्योल ।

चौकीदार बल्ल बोल्यो, ‘यी आमा त सधै बिहानबेलुका यहीँ बाटो आउनेजाने गर्नुहुन्थ्यो , गेटबाहिर राखेको सरको नेमप्लेट पुछिदिनुहुन्थ्यो अनि केहीबेर घरतिर हेर्नुहुन्थ्यो र जानुहुन्थ्यो। बल्ल पो बुझें उनले किन यसो गर्थिन भनेर ।

यतिकैमा गेटमा एउटा गाडी रोकियो र केही मानिस  भित्र आए ।

सर हामी दयाराम वृद्धाश्रमका का कर्मचारी आमालाई लिन आएको। उहाँले आफ्नै बलबुता र मिहिनेतले यो वृद्धाश्रम बनाउनु भाको ताकी कोही वृद्धहरू बुढेसकालमा बेसहारा नहोऊन् ।  उहाँको बारेमा कसैलाई  केही थाहा छैन तर उहाँ सबै बेसहारा वृद्धाहरूको प्रेरणा हुनुहुन्थ्यो । क्षमा चाहन्छौं सर उहाको कारण्ले हजुर्लाइ कष्ट भएकोमा । अनी उनीहरूले लिएर गए आमाको पार्थिव शरिरलार्इ सबै मौन । कोही केही बोलेनन।  मेरी आमा हुन् ।  मेरी सासू हुन् ।  मेरी हजुरआमा हुन् । अहँ कसैले भनेन । लाग्थ्यो सबै बेजुबान भएका छन् ।

दयारामले बिस्तारै आमाको झोला खोल्यो । उस्को सानो छदाको उनको मोजा उनिकै काने टोपी सुइटर । साएद आमा आफैले उस्को लागि बुनेकी थिइन। दयारामको आँखा सजल हुँदै गए । आशुको धारलाई परेलिको डिलले रोक्न सकेन अनि बिस्तारै गालातिर बग्न थाले। सबै भन्दा तल एउटा फ्रेम्मा फोटो थियो फोटोमा दुई युगल जोडि थिए अनि काखमा एउटा सानो भुकुल्ले नानी जो सायद दयाराम थियो ।  दयाराम्ले आफुलाइ सम्हाल्न सकेन उ घुक्कघुक्क रुन थाल्यो । आँशुका थोपाहरु एकएक गर्दै फोटोमा झर्न थाले।

सासू बुहारिको झगडाले दिक्क भएको दयारामले त्यो दिन आमालाइ नै गाली गरेको थियो।।नत आफू शान्तिले बस्नुहुन्छ, न हामिलाइ शान्तिसग बस्न दिनुहुन्छ। कुन दिन म नै घर छाडेर गैदिन्छु अनि बस्नु तिमिहरु शान्तिसग । सायद उस्को यो शब्द आमाको मन्मा बिझ्यो । त्यसपछि आमा कता गइन कता कसैले पत्तो पाउन सकेका थिएनन।

सर, म जान लागेको ।

गार्डको आवाजले सबैको ध्यान भन्ङ्ग भयो । गार्ड झोला लिएर अगाडि उभिएको थियो

अब त चाइ काँहाँजान लागेको ।

सर घर जानलागेको आमाको सारै याद आयो तेहि भएर ।


Your Views
Related News