काठमाडौँ । पछिल्लो समय कम्प्युटर वा मोवाइलको स्क्रिनमा धेरै हेर्ने तथा हानिकारक, प्रदूषणयुक्त हावाका कारण धैरै मानिसको आँखाको दृष्टिमा समस्या देखिने गरेको छ।

यस बाहेक पाचन विकार, अन्तुलित खानपान, भिटामिन ए को कमी जस्ता कुराले पनि आँखाको दृष्टि कमजोर बनाइरहेको छ।

आँखाको दृष्टि कमजोर भएका कारण खान, बस्न, हिँड्न, पढ्न, हेर्न, काम गर्न असहज हुने गर्दछ। त्यसैले आँखाको दृष्टि कमजोर हुनबाट जोगिने र कमजोर दृष्टिलाई फिर्ता कसरी ल्याउने भन्ने बारेमा केही जानकारी दिदैछौँ।

आँखाको दृष्टि कमजोर हुनबाट जोगिन यी विधि अप्नाउनुहोस्

धूलो, धूँवा, चहकिलो प्रकास, हानिकारक वायु आदिबाट आँखालाई जोगाउनुपर्छ । यसका लागि चस्मा लगाउन सकिन्छ ।

१) आँखा आसपासको भागलाई सधै सफा राख्नुपर्छ । खासगरी सुत्नुअघि आँखा सफा पानीले धुनुपर्छ ।

२) मधुमेह, उच्च रक्तचापले पनि आँखाको दृष्टि कमजोर बनाउँछ, त्यसैले मधुमेह, रक्तचाप नियन्त्रण राख्नुपर्छ ।

३) आँखामा जथाभावी औषधी नराखौं ।

४)कमसल खालको चस्मा लगाउनु हुन्न ।

५) आँखामा कुनै बस्तु पस्यो भने रगड्नु हुँदैन।

कमजोर दृष्टि फिर्ता ल्याउन अप्नाउनुहोस् यी उपाय

१) आँखाको दृष्टि कमजोर भएकाले हरेक दिन गाजरको जुस सेवन गर्नुपर्छ । हरियो एवं ताजा सागपात आफ्नो खानामा सामेल गर्नुपर्छ ।

२) खानामा भिटामिन ए अनिवार्य सामेल गरौं । गाजर, सुन्तला, मेवा, पहेंलो रंगको सब्जी, पालक, धनियाँ, माछा, अन्डामा भिटामिन ए बिद्यमान हुन्छ ।

३) मोतियाबिन्दुको समस्या भिटामिन सिको कमीले हुनेगर्छ । त्यसैले भिटामिन सि प्राप्त गर्नका लागि सुन्तला, कागति, गोलभेडा, गोभी जस्ता खानेकुरा सेवन गर्नुपर्छ ।

४) बदाम, ओमेगा ३ फ्याटी एसिड, भिटामिन इ र एन्टि अक्सिडेन्टयुक्त खानेकुराले दृष्टिमा सुधार ल्याउँछ ।

५) पिसेको सुकुमेललाई दुधमा राखेर उमाल्ने । यसलाई राती पिउने गर्नुपर्छ, जसले आँखालाई स्वस्थ्य बनाउँछ ।


Your Views
Related News