काठमाडौँ । हाम्रो शरिरको अंग वा त्यसमा आएका परिवर्तन हाम्रो स्वास्थ्य अवस्थाका बारेमा शंकेत दिने गर्दछन्। जस्तै आँखा रातो हुनु वा चिलाउँनु आँखाको संक्रमण हुन्छ भने जिब्रोको रंगले पनि स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने गर्दछन्।

त्यसैगरी कानबाट निस्किने कानेगुजीबाट पनि स्वास्थ्य अवस्थाका बारेमा थाहापाउन सकिन्छ। आज हामी तपाईलाई कानेगुजीबाट आफ्नो स्वास्थ्य अवस्था कसरी थाहा पाउने भन्ने बारेमा जानकारी दिदैछौँ।

यसरी थाहा पाउनुहोस् कानेगुजीबाट स्वास्थ्य अवस्था

१) कानेगुजी कत्ले खालको भयो भने अनि तपाईंको कानको प्वाल सुक्खा हुने र एक्जेमा रोग लाग्ने गर्दछ। यो रोग उपचार गर्दा ठिक हुन्छ।

२) कानेगुजी पहेंलो, हरियो, कालो वा सेतो भयो भने तपाईंको कानमा संक्रमण भएछ भनी बुझ्नुहोस्। कानेगुजीको प्राकृतिक रंग हल्का सुन्तला र गाढा खैरो हो।

३) व्यायाम गरेपछि कानमा अलिकति पसिना आउँछ । तर कानबाट लगातार पसिना चुहिन थाल्यो भने तत्काल चिकित्सककोमा जानुहोस् । यो संकेत अनुसार तपाईंलाई कानको दीर्घरोग लागेको हुने सक्छ।

४) कानेगुजी बाक्लो, सुक्खा र कालो भयो भने तपाईं बूढो हुँदै जानुभएको संकेत हो। तर जवानीमै यस्तो भयो भने चिकित्सकको परामर्श लिनुपर्छ।

५) तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण भएको हुन सक्छ।

६) कानेगुजी गनायो भने कानमा संक्रमण भएको हुनसक्छ।

७) कानेगुजी नै निस्केन भने चिकित्सकको परामर्श लिनू। यो केराटिटिस ओब्टुरान्स नामक रोगको लक्षण हो।


Your Views
Related News