काठमाडौँ । मानिसको आफ्ना आफ्नै स्वभाव हुन्छन् । ज्योतिष शास्त्रका अनुसार व्यक्ति कुन बार जन्मिएको हो त्यसमा पनि भर पर्ने बताउँछन् ।

आइतबार जन्मिएका व्यक्तिको स्वभाव कस्तो हुन्छ त ?

१) आइतबार जन्मेका व्यक्ति सकारात्मक सोच र निकै विश्वसनीय हुन्छन् ।

२) अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन्।

३) निकै संवेदनशील र कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् ।

४) चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा अत्याधिक हुन्छन्।

५) अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुन्छन् नै तर चाँडै रिसाउने बानीले सहयोग गर्ने व्यक्तिहरु रिसाउने गर्दछन्।

६) पैसावाल हुन्छन् र आफ्नो बलबुतामा नै पैसा कमाउने कोसिस गर्छन्।

७) कनै पनि कुरामा सम्झौता गर्दैनन्।

८) सौन्दर्यलाई मन पराउँछन्, त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरैजसो प्रेम विवाह गर्ने गर्दछन्।

९) आइतबार जन्मनेहरुले रुपरंगमा आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ।

१०) आफ्नो सम्बन्धलाई निकै सम्मान गर्छन्, त्यसकारण झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु छोड्न चाहन्नन्।


Your Views
Related News