मिनरल्सले हड्डी बलियो बनाउनुका साथै मांसपेशीलाई दुरुस्त राख्न मद्दत गर्छ । शरीरमा मिनरल्सको पुर्ति भएमा हर्मोनले प्रभावकारी ढंगले काम गर्न सक्छ । मांसपेशीको संकुचन नियन्त्रण गर्न तथा शरीरमा एसिडको मात्रा सन्तुलन कायम गर्न पनि मिनरल्सको ठूलो योगदान हुन्छ ।

मिनरल्सकै कारण शरीरको तरल पदार्थ सञ्चालित हुन्छ । यसले उच्च रक्तचाप, हृदयको गति, नाडीको गतिलाई नियमित राख्छ । शरीरमा पोटासियम नामक मिनरल्सको कमी भएमा मांसपेशी कमजोर हुने तथा वाकवाकी लाग्ने गर्छ । नरिवल पानी, केरा, दूध, माछा तथा दाल यसको राम्रो स्रोत मानिन्छ । यी खानेकुराको सेवनले मात्र पनि शरीरलाई थुप्रै  लाभ हुन्छ ।


Your Views
Related News