बेइजिङ, भदौ २८

चीनको निर्माणाधीन तेस्रो विमानवाहक जहाज यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुमा तयार हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

सो जहाज निर्माणको धेरै काम सकिइसकेको जनाइएको छ।

दुई वर्षअघि चीनले तेस्रो विमानवाहक जहाज बनाउँदै गरेको खुलासा गरेको थियो। यो जहाज चीनसँग हाल रहेका दुई जहाजभन्दा ठूलो हुने बताइएको छ।

चीनसँग हाल लियाओनिङ र स्यान्दोङ नामक दुई विमानवाहक जहाज छन्। लियाओनिङ युक्रेनबाट किनेर अपग्रेड गरिएको थियो भने स्यान्दोङ चीन आफैँले बनाएको थियो।

यी दुवै जहाजका तौल ६० हजार टन थियो भने तेस्रो जहाजको तौल ८० हजार टन हुने बताइएको छ।

त्यस्तै यो जहाज ३ सय २० मिटर लामो हुने जनाइएको छ। एजेन्सी


Your Views
Related News