शरीरमा सेतो दाग भएर चिन्ता गर्ने युवतीहरू धेरै छन्। युवतीहरू मात्रै होइन युवादेखि बयस्कहरूमा पनि शरीरमा आउने सेतो दागले हीनताबोध गर्ने गरेका छन्।

नेपालको जनसंख्याको करीब १० प्रतिशत मानिसमा सेतो दुबीको समस्या रहेको धुलिखेल अस्पतालका छाला तथा सौन्दर्य विशेषज्ञ डा धर्मेन्द्र कर्णले लोकान्तरलाई बताए।

उनका अनुसार सेतो दुबी फैलिने र नफैलिने गरी दुबई प्रकारका हुन्छन्। फैलिने सेतो दुबी शरीरको कुनै भागबाट शुरु भई विस्तारै शरीरभरि नै फैलन्छ भने, नफैली सेतो दुबी शरीरको कुनै भागमा मात्रै हुने गर्छ।

यस कारण आउँछ सेतो दाग

छाला रोग तथा सौन्दर्य रोग विशेषज्ञ डा। कर्णका अनुसार शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी भएमा शरीरमा सेतो दाग आउने गर्छ ।

कसैमा वंशाणुगत गुणका कारण सेतो दुबी आउने गर्छ भने कसैलाई बढी डर, तनावमा रहने मानिसमा सेतो दुबी आउने डा कर्ण बताए। सोता दुबी रोग नभए पनि मानिसहरूले सुन्दरतामा कमी महसुस गरी उपचार गराउने गरेको उनले बताए।

‘सेतो दाग कुनै रोग होइन। यसले शरीरमा कुनै असर गर्दैन। उपचार गर्नैपर्छ भन्ने छैन्,’ डा कर्णले भने, ‘तर शरीरमा आएको दागकै कारण हीनताबोध महसुस हुन्छ। आत्मश्विासमा कमी आउँछ भने दाग हटाउन समयमा नै उपचार गर्नुपर्छ।’

यसरी गरिन्छ सेतो दुबीको उपचार

सेतो दुबीको उपचार सामान्यतया तीन किसिमले गरिन्छ। औषधि सेवन, फोटो थेरापी र अप्रेसन बाट सेतो दुबीको उपचार हुने गरेको डा कर्णको भनाइ छ।

औषधिको प्रयोग

सेतो दुबीको उपचारका लागि खाने र दागमा लगाउने औषधि हुन्छ। सेतो दागलाई निको पार्न दाग नभेटिएसम्म औषधि सेवन गर्नुपर्छ। सेतो दागको उपचारका लागि चिकित्सकले अनुमति दिएको औषधि सेवन गरी, औषधि खाएको दुई घण्टापछि घाममा बस्नुपर्ने हुन्छ।

औषधि सेवनले दुई महिनादेखि चार महिनासम्ममा दाग हराउन थाल्ने र विस्तारै निको हुँदै जाने डा. कर्णको भनाइ छ। उनले भने, ‘सेतो दुबीको उपचार जति छिटो गर्‍यो, उति छिटो निको हुन्छ। जति कम उमेर भयो, त्यति छिटो निको हुने गर्छ।’

अनुहार, ढाड, छाती, पेट, कम्मरमा भएको सेतो दाग छिटो निको हुने र हत्केला र पैतालामा भएको दाग निको हुन समय लाग्ने उनले बताए ।

फोटो थेरापी

फोटो थेरापी भनेको अत्याधुनिक प्रविधिको प्रयोगबाट प्रकाशको किरणद्वारा उपचार गर्ने विधि हो।

फोटो थेरापीमा कृतिम सूर्यको किरण वैज्ञानिक तरिकाबाट उत्पन्न गराई सेतो दाग भएकाहरूको शरीरमा प्रयोग गरिन्छ। फोटो थेरापीले छालाको प्रतिरोधात्मक क्षमतालाई नियन्त्रण गरी शरीरको दाग मेटाउन सहयोग पुर्‍याउँछ।

फोटो थेरापी गराउँदा शुरुमा हप्तामा ३ पटकदेखि क्रमशः दुईपटक गरिन्छ। दाग हराउँदै गएपछि हप्तामा एकपटक मात्रै प्रयोग गरिने र किनो भएपछि गर्नु पर्दैन।

सेतो दुबीको उपचार औषधि सेवनबाट नभएमा फोटो थेरापीबाट गर्न सकिने डा कर्णले बताए। फोटो थेरापी गर्न सहज हुने भएकाले मानिसहरूमा यसको प्रयोग गर्न चाहने मानिस बढी रहेको उनको भनाइ छ।


Your Views
Related News