पछिल्लो समयमा हार्ट अट्याकका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको । मानिसको जीवनशैली र खानपानका कारण पनि मानिसमा मुटु सम्बन्धी रोगको खतरा बढ्दै गएको चिकित्सकहरु बताउछन् । अस्वस्थ खानपान, तनाव, व्यायामको कमी आदिले मानिसमा हार्ट अट्याकको समस्या बढ्दै गएको छ ।
मुटुको मांशपेसीलाई रगत प्रवाह गर्ने तीनवटा नली हुन्छ । तीमध्ये कुनै नली बन्द भएको अवस्थामा मानिसमा हार्ट अट्याक हुन्छ । कुनै एक नली बन्द भएको अवस्थामा शरीरको विभिन्न अंगहरुमा रगत पुग्दैन र मानिस वेहोस् हुन्छन् ।
हार्ट अट्याकको कारण यस्तो छ
–वंशागुगत गुण
–धूम्रपान सेवन
–मोटोपना
–अत्याधिक तनाव
–आलस्यता
हार्ट अट्याकको लक्षण
–रिंगाटा लाग्ने
– ढाड,कुम वा बङगारा धेरै दुख्ने
–छाती धेरै दुख्ने
–छाती भारी हुने
–श्वास फेर्न गाह्रो हुने
हार्ट अट्याक भइहाले के गर्ने ?
–हृदयघातको लक्षण देखिएमा व्यक्तिलाई तुरुन्त नजिकको अस्पताल लैजानुपर्छ
– शान्त रहन आग्रह गर्ने
–कपडा कसिएको छ भने खुकुलो पार्ने
हार्ट अट्याकबाट कसरी बच्ने ?
–उच्च रक्तचापको समस्या भएमा नियमित औषधि सेवन गर्ने
– सुगर नियन्त्रण गर्ने
–धुम्रपान नगर्ने
– फलफुल तथा सागसब्जी खाने
–हरेक वर्ष मुटु परीक्षण गर्ने
–परिवारमा कसैलाई हार्ट अट्याकको समस्या छ भने समयमै आफू पनि सचेत रहने