बलिउडका महानायक अमिताभ बच्चन सधैं आफ्ना का’र्यहरूका कारण चर्चामा रहन्छन्। अमिताभ सामाजिक सञ्जालहरूमा निकै सक्रिय पनि रहन्छन्। अमिताभ आफ्ना पोस्टहरूका माध्यमबाट कहिले जानकारी, त कहिले सन्देश दिइरहेका हुन्छन्। पछिल्लो समय अमिताभले ट्वीटरमा एउटा जानकारीमूलक पोस्ट लेखे। जसका कारण अमिताभलाई फ्यानहरूले ट्रो’ल गर्न थालेका छन्। फ्यानहरूले ट्वीटरमा महानायक होइन महालायक ट्रे’न्ड नै चलाएका छन्।

वास्तवमा अमिताभले ट्वीटरमा एउटा साउन्डसम्बन्धी दि’लचस्प जानकारी सेयर गरेका थिए। अमिताभले गरेको ट्वीट यस्तो थियो।
“अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा तेज आवाज ३ हजार मिल टाढासम्म सुनियो। यसका तरङ्गहरूले ग्लोबको ३ चक्कर लगाए। यो ध्वनि तरङ्ग पुरानो ज्वा’लामुखी क्रीकोटाबाट निस्किएको थियो। २७ अगस्टका दिन सो पर्वत फा’ट्यो। ३१० डेसिबल। मान्छेको कानको ड्र’म १५०- १६० डेसिबलमा फाट्छ।”

अमिताभको तर्फबाट यो ट्वीट जानकारीमूलक त छ नै। तर जनताहरूलाई यो म’न परेन। किनभने महानायकले देशमा चलिरहेका मु’द्दामा केही बोलेका छैनन्। सुशान्तको मा’मिला, कंगनामाथि महाराष्ट्रा सरकारले गरेको व्य’वहार आदिको बारेमा अमिताभले केही नबोलेको जनताहरूलाई कत्ति म’न परेको छैन। देशका यी ज’ल्दाबल्दा मु’द्दामा किन ठुला स्टार चुप छन् ? यो कसैले बुझ्न सकेको छैन।

यिनै जनतामध्ये एक हुन्, अभिनेता सेखर सुमन। जसले लगातार सुशान्तको न्यायको निम्ति आवाज उठाइरहेका छन्। सिनियर बच्चनको माथिको ट्वीट देखेर सेखर सुमनले लेखे, ” दुनियाँमा रेकर्ड गरिएको सबैभन्दा तेज आवाज सुशान्तका फ्यानहरूको हो। ती फ्यानहरूले सुशान्तलाई न्याय दिलाउन यति ठुलो आवाजमा गर्जे कि यसका ध्वनि तरङ्गहरूले ग्लोबका लाखौँ चक्कर लगाए। अझै पनि लगाइरहेका छन्।”

सेखरको यो ट्वीटपछि जनताहरूले अमिताभमाथि निशाना लगाइरहेका छन्। महानायक होइन महालायक हुन् भन्दै ट्रोलहरू बनाएर बिग बि को वि’रोध गरिरहेका छन्।


Your Views
Related News