काठमाडौँ । हाम्रो घर गाउँमा सजिलै पाइने चिज हो कोइला। कोइला घरमा खाना पकाउन प्रयोग गरिने गरिन्छ।

अहिले शहर बजारदेखी गाँउसम्म नै खाना पकाउन ग्यासको प्रयोग गरिन्छ। तर धेरैजसो गाउँघरमा अझै पनि दाउराबाट खाना पाकाउने गरिन्छ।

हेर्दा सामान्य लाग्ने कोइला निकै उपयोगी छ। यसको सहि उपयोग गर्न सकेमा यसबाट धेरै फाइदा लिन सकिन्छ।

अंगार भनेर पनि चिनिने कोइलाको प्रयोगले दाँत चम्काउन पनि सहयोग गर्छ। तपाइको दाँत पहेलो भएर हैरान हुनुहुन्छ भने यसको प्रयोगले दाँत सफा हुन्छ।

कोइलाले दाँत मात्र होइन छाला पनि चम्किलो बनाउँछ। हाम्रो छालालाई सफा र स्वस्थ राख्न यसले धेरै सहयोग गर्छ।

यसको प्रयोगले अनुहारको भित्रसम्म ब्ल्याकहेडलाई जरैदेखि उन्मूलन गर्छ। यसको प्रयोगले अनुहारको चमक बढाउँने र पोतो तथा डन्डीफोर हटाउने काम गर्छ।


Your Views
Related News