एजेन्सी । बलिउडकी क्वीन कंगना रनौत वाई सिक्योरिटी र मुंबई पुलिसको सुरक्षाको साथमा मुम्बईबाट मनालीकालागी प्रस्थान गरि सकेकी छन् । त्यसै क्रममा उनी घरबाट मुंबई एयरपोर्टकोलागी जाँदै गर्दा बाटोमा शिवसेना केही प्रर्दशनकारीहरुले उनको बाटो छेक्ने कोसिस गरि रहेका थिए भने । अर्कातिर अभिनेत्री कंगनाका समर्थकहरुको उत्तिकै भिड देख्न सकिन्थ्यो ।

मुम्बई आउनु पुर्व कंगनाले छाटो समयकालागी आफु मुम्बई आएको बताएको हुनाले बीएमसीले उनलाई होम क्वारेन्टाइन राख्नबाट छुट दिएको थियो । कंगना सेप्तेम्बरको ९ तारिकमा मुम्बई पुगेकी थिईन् । शिवसेनासंगको विवादकै कारण उनी मुम्बई पुगेकी थिईन् ।


Your Views
Related News