हाम्रो शरीरमा किड्नी अर्थात मृगौलाले रगत सफा गर्ने काम मात्र गर्दैन, पानीको सहीस्तर कायम राख्ने र हर्मोन स्रावित गर्ने काममा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

त्यसैले मानव शरीरका लागि किड्नीको महत्वपूर्ण स्थान छ । त्यसैले यसलाई स्वस्थ राख्नु जरुरी छ। त्यसका लागि यो आठ कुरामा ध्यान दिनु आवश्यक छः

मृगौला फेल हुनुको अर्थ हो मृगौलाले काम गर्ने दर १५ प्रतिशतभन्दा कम हुनु । मृगौला फेल हुनु केही दिन पहिला शरीरले केही संकेत दिन थाल्दछ । त्यसलाई बेवास्ता गर्नु हुँदैन ।

यी हुन् मृगौला फेल हुने संकेत

बान्ता आउनु र खानाको स्वादमा कमी आउनु

मृगौला फेल हुने क्रममा शरीरमा विषाक्त पदार्थहरु बढ्छ जसले गर्दा बान्ता हुन्छ । र खानाको स्वाद पनि बिग्रिन्छ ।

एडेमा

एडेमाको पहिलो चरणमा केवल खुट्टा सुनिन्छ । यसकारण यो हुन्छ कि किड्नीले शरीर बाहिर पानी निकाल्न सक्दैन । यसले शरीरमा पानी जम्मा गरेर राख्छ ।

एनिमिया

किड्नीको एक मुख्य काम शरीरमा राता रक्तकोष निर्माणलाई व्यवस्थित बनाउँछ । दुर्भाग्य जब मृगौला फेल हुन सुरु गर्छ राता रक्तकोष निमार्णमा कमी आउँछ जसकारण एनिमिया हुन्छ ।

हेमेट्युरिया

जब मृगौला फेल हुने प्रकृयामा पुग्छ, पिसाबमा रगत देखापर्छ । किड्नीमा समस्या हुँदा मानिसहरुमा विभिन्न प्रकारका समस्याहरुको सामना गर्नुपर्छ । जस्तै भ्रम, मतिभ्रम र मुड परिवर्तन ।

पिसाब कम आउनु

माथिका लक्षणका साथै पिसाब कम आउँछ भने किड्नीको समस्या भएको छ भनेर अनुमान भने लगाउन सकिन्छ ।

फिँजजस्तो पिसाब आएमा

यदि पिसाबमा फिँज देखिएमा किड्नीको पहिलो लक्षणको संकेत हो । चिकित्सकका अनुसार शरीरबाट प्रोटिन निक्लनुको कारण यस्तो हुन्छ । त्यसपछि किड्नीको दोस्रो लक्षणमा शामिल हुन्छ ।

भोक कम लाग्नु

शरीरमा अवाञ्छित पदार्थ आवश्यकभन्दा बढी जम्मा हुँदा यस्तो खाले लक्षण महशुस हुने गर्छ । चिकित्सकका अनुसार मृगौला बिरामीहरुमा यस्तो लक्षण आएमा दोस्रो चरणमा पुगको भन्ने बुझिन्छ । यस्तो लक्षण देखा परेमा चिकित्सकको सल्लाह लिनु उचित हुन्छ ।

श्वास९प्रश्वासमा समस्या

जब मृगौलाको अवस्था खराब हुन थाल्छ, फोक्सोमा तरल पदार्थ जम्छ जसकारण सास लिन असुविधा हुन्छ । एनिमियाका कारण शरीरमा अक्सिजनको कमी हुन जान्छ जसले गर्दा पनि सास लिन कठिन हुन्छ ।

छालामा असामान्य रुपमा डाबर आउनु

किड्नीमा समस्या हुँदा शरीरमा विभिन्न प्रकारका डाबरहरु आउँछ । शरीरमा विषाक्त पदार्थ जम्मा हुने हुँदा छालामा रेसा तथा डाबर आउँछ ।

दिसामा रगत देखिनु

दिसामा रगत देखिएमा पनि कहिलेकाहीं किड्नी फेल हुने संकेत गरिन्छ ।

मृगौला बचाउन के गर्ने रु

सक्रिय रहनुस्

जब तपाई दैनिक जीवनमा सक्रिय रहनु हुन्छ तब ब्लड प्रेसर नियन्त्रित रहन्छ । र, तपाई मधुमेहजस्ता रोगको टपेटमा आउनबाट पनि बच्न सक्नु हुन्छ । करिब ३० प्रतिशत घटनामा मृगौला फेल हुनुको कारण मधुमेह पाइएको छ।

मधुमेहको स्तर

रगतमा ग्लुकोजको स्तर बढ्नुले मधेमेह जस्ता रोगको खतरा त बढ्छ नै, यसबाट किड्नीका आन्तरिक नलिकाहरु पनि नष्ट हुन सक्दछ। यी नलिकाहरुमा हानी पुग्दा त्यसले रक्तप्रवाहलाई राम्रोसँग फिल्टर गर्न सक्दैन ।

ब्लड प्रेसर बढ्न नदिनुस्

उच्च रक्तचाप किड्नी फेल हुनुको अर्को मुख्य आम कारण हो । उच्च रक्तचापबाट पनि रक्त नलिकाहरुको भित्तामा हानी पुग्दछ । स्वस्थ मृगौलाका लागि रक्तचाप पनि १४०/९० एमएमएचजीभन्दा बढी हुनु हुँदैन।

स्वस्थ आहार

खानपानको महत्वलाई कसरी पो नजरअन्दाज गर्न सकिन्छ। फलफूल, सागपात र फाइबरयुक्त खानेकुराबाट तौलका साथसाथै किड्नीको स्वास्थ्य पनि राम्रो रहन्छ। खानामा नुनको मात्रालाई पनि कमभन्दा कम गर्ने कोशिस गर्नु जरुरी छ।

तरल पदार्थ लाभदायी

शरीरबाट हानिकारक पदार्थलाई बाहिर निकाल्नका लागि किड्नीलाई तरल पदार्थको माध्यम आवश्यक हुन्छ । दिनमा कम्तीमा पनि डेढदेखि दुई लिटर पानी पिउनु आवश्यक छ। र, शारीरिक रुपले बढी सक्रिय रहनेहरुले योभन्दा बढी पानी पिउनु जरुरी छ। यही जसले डायलासिस गराउने गरेका छन्, उनीहरुले कम पानी आवश्यक हुन्छ ।

चुरोट बन्द

रक्त प्रवाहहरुलाई नष्ट गर्नमा धुम्रपानको ठुलो हात हुन्छ । यसका कारण रगत राम्रोसँग फिल्टर हुन सक्दैन । चुरोट छोड्दा अरु पनि कयौ प्रकारका फाइदा हुन्छन्,जसका बारेमा हामी अक्सर कुरा गर्ने गर्दछौ ।

पेनमिलर औषधि सेवनमा रोक

यदि लामो समयसम्म पीडानिरोधक औषधि सेवन गर्ने हो भने पनि यसबाट किड्नीमा नराम्रो असर पर्दछ । यदि कसैको मृगौला पहिलाबाटै केही कमजोर छ भने उनीहरुले पेनकिलर औषधिबाट निकै खतरा हुन सक्दछ । यस्ता औषधिहरु चिकित्सकको सल्लाहपछि मात्रै लामो समय सेवन गर्नु उपयुक्त हुन्छ ।

वर्षेनी मृगौला जाँच

हरेक वर्ष कमसेकम एकपटक आफ्नो मृगौलाको स्वास्थ्यमा ध्यान दिनुस् । विशेषगरी ६० वर्षभन्दा माथिको उमेरमा व्यक्ति वा मोटोपन, मधुमेह, उच्च रक्तचाप र परिवारमा कसैको किड्नी फेल भएको वंशानुगत रोग छ भने झनै नियमित जाँच जरुरी मानिन्छ।

किड्नी फेल भएको प्रारम्भिक लक्षणहरु साधारण रगत जाँच वा पिसाव जाँच गरेर थाहा पाउन सकिन्छ, बेलैमा रोग पत्ता लागेको खण्डमा उपचार पनि सफल हुन सक्दछ । त्यसैले तपाई पनि आफ्नो किड्नीको स्वास्थ्यबारे सधैं सचेत रहने गर्नुस्।

पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्


Your Views
Related News