काठमाडौँ । जब माया प्रेमको कुरा चल्छ तब युवायुवतीले फिल्मको कुरालाई आफ्नो प्रेम सम्बन्धमा दर्शाउने गर्छन्।
फिल्ममा देखाइएका दृष्यलाई लिएर प्रेम सम्बन्धलाई फलो गर्ने गर्छन्। फिल्मलाई नै युवा युवतीले प्रेमलाई प्रभावित पार्ने चक्करको रुपमा लिन्छन्। मन मिल्न समय लाग्दैन् तर मन जित्न भने अवस्य समय लाग्छ।
यस्तै प्रेमीकालाई आफ्नो मायामा प्रभावित पार्नको लागि युवाहरुले धेरै गल्ती गर्ने गर्छन्। जसको कारण पछि पश्चातपको पिडा सहन बाध्य हुन्छन्। हेरौ केके हुन् त युवाहरुले युवतीलाई प्रेममा पार्न गर्ने गल्तीहरु।
१) केही हदसम्म मात्रै प्रेमीकाको तारिफ गर्नुहोस्ः युवतीहरुलाई कसैले राम्रो भनेर तारिफ गरेको खुब मनपर्छ। तर हरेक समय उनीहरुको तारिफ नगर्नुहोस्। जब तपाईले युवतीको हरेक समय तारिफ गर्नुहुन्छ तब उनले यो खुसीलाई गलत तरिकाले बुझेकी हुन्छिन्।
२) छुने कोसिस गर्नुः यदि तपाई युवतीसँग कुरा गर्दा उनलाई छुने कोसिस गर्ने । युवतीको हात समाउने, उनको नजिक जाने जस्ता कार्य गर्नुभयो भने उनले तपाईलाई गलत तरिकाले बुझ्ने छिन् ।
३) ओभर फ्रेन्डली हुनेः युवतीहरुले कसैलाई सजिलै विश्वास नगर्ने भएकाले सुरुवातमै उनको साथी बन्न चाहनुहुन्छ भने सम्झनुहोस् तपाईले गल्ती गरिरहनुभएको छ । यसरीी उनलाई कहिल्यै प्रभावित पार्न सक्नुहुन्न ।
४) सधै मिठा–मिठा कुरा गर्नेः हरेक समय युवतीसँग मायाले कुरा गर्ने मिठा मिठा कुरा गर्नुमा फरक हुन्छ । तपाई जसलाई मन पराउनुहुन्छ उनलाई त्यही कुराले प्रभावित गर्नुहास् । तर उनलाई प्रभावित गर्न हरेक समय मिठा मिठा कुरा गरेको युवतीहरुले मन पराउँदैनन् ।
५) आफ्नो बारेमा बढाई चढाई कुरा गर्नेः युवतीहरुलाई आफ्नो बसमा पार्नको लागि अधिकांस युवाहरुले आफ्नो बारेरमा बढाइ चढाई कुरा गर्ने गर्छन् । तर युवतीहरुले तपाईको बारेमा जुन कुरा थाहा पाउँछिन् तब सम्बन्ध बिग्रन थाल्छ।