काठमाडौँ । खगोलशास्त्रीहरुले शुक्र ग्रहमा जीवन हुनसक्ने अनुमान गरेका छन् । शुक्र ग्रहको वायुमण्डलमा पाइएको एक ग्याँसको अधारमा खगोलशास्त्रीहरुले यस्तो अनुमान गरेका हुन् ।

उनीहरुले शुक्र ग्रहको बादलमा सुक्ष्म जीव तैरिरहेको हुनसक्ने बताएका छन् ।

फस्फिन नामको ग्याँस, जुन एक यस्तो अणु हो, जो एक फस्फोरसका कण र तीन हाइड्रोजनका कण मिलेर बनेको हुन्छ ।

पृथ्वीमा फस्फिनको सम्बन्ध जीवनसँग भएकाले यस्तो अनुमान अगाडी आएको छ । पेंगुइन जस्ता जनावरको पेटमा पाइने सुक्ष्म जीवसँग जोडिएको र कम अक्सिजन हुने क्षेत्रमा पाइने किसिमको माइक्रो ब्याक्टोरियाले अक्सिजनको उपस्थितिमा उत्सर्जित हुने गर्दछ ।

बेलायतको कार्डिफ युनिभर्सिटीका प्रोफेसर जेन ग्रिव्स र उनका सहकर्मीले यस बारेमा एउटा प्रश्न खडा गरे पछि यसबारेमा प्रश्न उठेको हो । उनीहरुले शुक्र ग्रहमा कारखानामा समेत बनाउन सकिने फस्फिनको कारखाना पनि छैन र निश्चित रुपमा त्याँहा कुनै पेंगुइन पनि छैन । यदि त्यसो हो भने ग्रहको ५० किमीको साथ माथि यो ग्याँस किन र कसरी छ ?

नेचर एस्ट्रोनमी नामको जर्नलमा एक रिपोर्ट प्रकाशित गर्दै प्रोफेसर ग्रीव्स र उनको टिमले यो प्रश्न उठाएका हुन् ।

साथै उनले शुक्र ग्रहको सतहमा पाइएका अणु कुनै प्राकृतिक र नन बायोलोजिकल माध्यमबाट समेत बन्न सक्ने वा बनेको हुनसक्ने तर्फ पनि इंगित गरेका छन् । उनीहरुले पूर्ण रुपमा शुक्रमा जीवन हुनसक्ने दाबि भने गरेका छैनन् तर उनीहरुले यस सम्भावनालाई अरु अध्ययन गर्नुपर्ने र पत्ता लगाउनु पर्ने औल्याएका छन् ।

ग्रिव्ससहितको खगोलशास्त्रीहरुको टिमले हवाईस्थित जेम्स क्लेर्क म्याक्सवेल टेलिस्कोपबाट गरेको अध्ययनमा यो कुरा पत्ता लगाएका थिए । तर उनीहरुले यसलाई चिलीमा रहेको एटाकामा लार्ज मिलिमिटर/सबमिलिमिटर एरीबाट अध्ययन गरेर थप पुष्टि गरेका थिए ।

यसबाट उनीहरुले फस्फिनको स्पेक्ट्रल सिग्नेचर पत्ता लगाएका थिए, जसबाट शुक्र ग्रहका बादलमा ठुलो संख्यामा यस्तो ग्याँस रहेको अनुमान उनीहरुले गरेका हुन् ।

ग्रिव्सले आफ्नो क्यारियरमा ब्रमाण्डमा कहिँ पनि जीव खोज्नेमा रुचि रहेको बताउदै यो पछिल्लो सम्भावनाको बारेमा सोचेर राम्रो महसुस गरिरहेको बताएका छन् ।

किन चासो बढ्दै छ ?

शुक्र ग्रहमा जीवनको सम्भावनालाई अन्य ग्रहको तुलनामा कम सम्झिदै आइएको थियो । शुक्र ग्रहमा कार्बनडाइअक्साइडको मात्रा बढी रहेको छ । यँहाको वातावारणमा ९६ प्रतिशतसम्म कार्बनडाइअक्साइड रहेको बताइन्छ । यस ग्रहमा वायुमण्डलिय  दबाब पृथ्वीको तुलनामा ९० गुणा बढी रहेको छ ।

साथै यसको सतहको तापमान कुनै ओभनमा रहेको पिजाकै जस्तै ४०० डिग्री सेल्सियस भन्दा बढी रहेको बताईन्छ । त्यसैले यस ग्रहमा जीव पाइएपनि ५० किमी माथि रहेको आशा गर्न सकिन्छ । तर अहिलेसम्म यस ग्रहमा जीवन हुने विषयलाई भने नकार्दै आइएको छ ।

शुक्र ग्रहको अध्ययनका लाफी २०३० को दशकमा एक सम्भावित फ्ल्यागशिप मेशीन पठाउने योजनामा अमेरिकाले काम गरिरहेको छ । यो नाशाले पठाउने सबै भन्दा सुक्ष्म र महँगो फ्ल्याग्सिप मेशी हो । जसले शुक्र ग्रहमा रहेको बादलको बीचमा रहेर अध्ययन गर्ने छ ।

यस अघि रुसले सन १९८५ मा भेगा बेलुन पठाएको थियो, जसले सल्फ्युरिक एसिडबाट बच्न आसपासमा टेफ्लान छरेको थियो  ।


Your Views
Related News