काठमाडौँ । लियोनेल मेसी विश्वको सबैभन्दा बढी कमाउने फुटबलर बनेका छन् ।

फोर्ब्सले जारी गरेको सर्बाधिक कमाउने फुटबलरको सुचीमा मेसीले आफ्ना सदबहार प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोलाई उछिनेका हुन् ।

मेसीको कुल कमाई १२६ मिलियन अमेरिकी डलर  रहेको छ । जसमा ९२ मिलियन डलर पारिश्रमिक रहेको छ भने विभिन्न ब्रान्डको प्रचार गरे बापत ३४ मिलियन डलर कमाएका छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोको कमाई ११७ मिलियन अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

जसमा ७० मिलियन डलर पारिश्रमिक रहेको छ भने ४७ मिलियन डलर विभिन्न ब्रान्डको प्रचार गरे बापत कमाएका छन् ।

फोर्ब्सको यस सूचिको तेस्रो स्थानमा ब्राजिलका नेइमार रहेका छन् । नेइमारले बार्षिक ९६ मिलियन डलर कमाएका छन् । जसमा ७८ मिलियन डलर पारिश्रमिक रहेको छ भने १८ मिलियन डलर विभिन्न ब्रान्डको प्रचार गरेबापतको कमाई रहेको छ ।

त्यस्तै चौथो स्थानमा फ्रान्सका किलियन एम्बाप्पे रहेका छन् । उनले बार्षिक ४२ मिलियन डलर कमाएका छन्, जसमा २८ मिलियन पारिश्रमिक छ भने १४ मिलियन ब्रान्डको प्रचारबाट कमाएका छन् ।

यस सुचीको पाँचौ स्थानमा लिभरपुलका मोहमद सलाह रहेका छन् । सलाहले बार्षिक ३७ मिलियन डलर कमाएका छन्, जसमा २४ मिलियन डलर पारिश्रमिक छ भने १३ मिलियन डलर ब्राण्डको प्रचार गरे बापत कमाएका छन् ।

त्यस्तै छैठौ स्थानमा फ्रेन्च मिडफिल्डर पाउल पोग्वा रहेका छन् । पोग्वाले बार्षिक ३४ मिलियन डलर कमाएका छन्, जसमा २८ मिलियन डलर पारिश्रमिक छ भने ६ मिलियन डलर ब्राण्डको प्रचारको कमाई रहेको छ ।

त्यसैगरी सातौ स्थानमा फ्रान्सकै एन्टोनी ग्रीजम्यान रहेका छन् । ग्रीजम्यानले बार्षिक ३३ मिलियन डलर कमाएका छन्, जसमा २८ मिलियन डलर पारिश्रमिक छ भने ५ मिलियन डलर ब्राण्डको प्रचारको कमाई रहेको छ ।

यस सुचीको आठौ स्थानमा वेल्सका स्टार ग्यारेथ बेल रहेका छन् । बेलले बार्षिक २९ मिलियन डलर कमाएका छन्, जसमा २३ मिलियन डलर पारिश्रमिक छ भने ६ मिलियन डलर विभिन्न ब्रान्डको प्रचारको कमाई रहेको छ ।

यस सूचिको नवौ स्थानमा पोल्याण्डका स्टार फुटबलर रोबेर्ट लेवानडोस्की रहेका छन् । उनले बार्षिक २८ मिलियन डलर कमाएका छन् । लेवानडोस्कीले २४ मिलियन डलर पारिश्रमिकबाट कमाएका छन् भने ४ मिलियन डलर ब्राण्डको प्रचारबाट कमाएका छन् ।

त्यस्तै दशौ स्थानमा स्पेनका गोलकिपर डेभिड डी गा रहेका छन् । डी गाले बार्षिक २७ मिलियन डलर कमाई गरेका छन, जसमा २४ मिलियन डलर पारिश्रमिक रहेको छ भने ३ मिलियन डलर ब्राण्डको प्रचारको कमाई रहेको छ ।


Your Views
Related News