काठमाडौँ । युट्युबले भारतमा टिकटक प्रतिद्वन्द्वी युट्युब शर्ट्सको बेटा भर्जन परिक्षण गर्ने घोषणा गरेको छ ।

युट्युब शर्ट्समा १५ सेकेन्ड सम्मको भिडियो बनाउन मिल्छ र यसमा टिकटकको जस्तै फिचर पनि रहेको छ ।

जुन महिनामा भारतले चीन संग तनाव बढ्दै गएपछि टिकटक सहित ५८ चिनिया एपहरुमा प्रतिबन्ध लगाएको छ ।

त्यस समयमा भारतमा टिकटकको १२ करोड प्रयोगकर्ता थिए र यो एपको सबैभन्दा ठुलो बजार थियो ।

तर अन्य थुप्रै स्थानीय कम्पनीले टिकटक पछि त्यसको सट्टामा अर्को एपहरु बनाएका छन् ।

अब ती एपहरुको युट्युबसंग प्रतिस्पर्धा हुनेछ ।

युट्युबका प्रोडक्ट म्यानेजमेन्टका अध्यक्ष क्रिस जेफको अनुसार, “ युट्युब शर्ट्स ती क्रिएटर्स र आर्टिस्टको लागि हुनेछ जसलाई मोबाइल फोनको माध्यमबाट छोटो र आकर्षक भिडियो बनाउन चाहन्छन् ।”

यस नयाँ प्लेटफर्ममा मल्टी-सेगमेन्ट क्यामेरा हुनेछ जसलाई भिडियो क्लिप्ससंग जोड्न मिल्छ, स्पिड नियन्त्रण, टाइमर र काउन्टडाउन पनि रहने छ र हातले छोए बिना नै भिडियो रेकर्ड गर्न सकिनेछ ।

प्रयोगकर्तालाई म्युजिक संगै रेकर्ड गर्ने सुविधाको साथमा गितको लाइब्रेरी पनि उपलब्ध हुनेछ ।

जेफको अनुसार, शर्ट्सको प्रगति हुँदै गएपछि यसमा अन्य नयाँ फिचर जोडिनेछ र अन्य बजारमा पनि यसलाई राखिने छ ।

अमेरिकामा टिकटकको स्वामित्व रहेको कम्पनी बाइटडान्सले ओरेकल कम्पनीसंग काम गर्ने घोषणा गरेको छ मतलब अब टिकटकको अमेरिकामा संचालनको अधिकार ओरेकलसंग हुने छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा कारण टिकटक एपमा प्रतिबन्ध लगाउने धम्की दिएका थिए। उनले कम्पनीलाई १५ सेप्टेम्बर सम्मको अल्टिमेटम दिएका थिए, कि त एप बेच्नु पर्ने वा त्यसलाई बन्द गर्नुपर्ने चेतावनी दिएका थिए ।

ट्रम्पको अनुसार, टिकटक प्रयोगकर्ताको डाटा चीन सरकारले प्रयोग गरिरहेको छ ।

भारत सरकारले पनि सोहि चिन्ता व्यक्त गर्दै जुनमा एप माथि प्रतिबन्ध लगाएको थियो ।


Your Views
Related News