र्सिलोना क्लबका सुपरस्टार खेलाडी लियोनेल मेस्सी फूटबल जगतका दोस्रो अर्बपति बनेका छन् ।
फोर्ब्स पत्रिकाले मेस्सीको कमाइ एक अर्ब डलरभन्दा बढी भएको अनुमान गरेको छ ।

मेस्सी सन् २०२० मा सबभन्दा बढी पैसा लिने खेलाडी बन्ने फोर्ब्सको दाबी छ । उनले ९२ करोड डलर तलब पाउने अनि विज्ञापनहरूबाट ३४ करोड कमाउने अनुमान छ ।

उनले एडिडास, पेप्सी र बडवाइजर जस्ता ठूला ब्रान्डहरूसँग सम्झौता गरेका छन् ।

यसअघि रोनाल्डो फूटबलका डलर अर्बपति बनेका थिए तर मेस्सीले उनलाई दोस्रो स्थानमा धकेलेका छन् । नेयमार तेस्रो स्थानमा छन् ।
मेस्सीले १ अर्ब २६ करोड कमाउँदा रोनाल्डोले यस वर्ष एक अर्ब १७ करोड कमाउने देखिएको छ भने नेयमारले ९६ करोड कमाउने भएका छन् ।
मेस्सीले यसै सीजनबाट बार्सिलोना क्लब छोड्न खोजेको भए पनि सम्झौताको एक प्रावधानका कारण क्लबसँग अदालती विवाद पर्न जाने देखेर एक वर्ष अझै बस्ने निर्णय लिए । अर्को वर्ष फेरि उनले क्लब छोड्ने कुरा झिक्न सक्छन् ।


Your Views
Related News