शरीर जति अनमोल छ, उत्तिनै अद्भूत पनि । यो शरीर, जसले अन्नपानी खाएर त्यसलाई उर्जामा रुपान्तरण गर्छ । त्यही उर्जाले प्राण रक्षा गर्छ।अर्को अद्भूत रहस्य त के पनि भने, शरीरका विभिन्न अंग एवं भागमा यस्ता प्वाइन्ट हुन्छन्, जसलाई दबाएर अन्य रोग एवं समस्याको निदान गर्न सकिन्छ ।जस्तो हत्केलामा यस्ता थुप्रै प्वाइन्ट हुन्छन्, जसबाट मिर्गौला, मुटु, कलेजो, फोक्सो आदि अंगमा भएको अवरोध हटाउन सकिन्छ । यसलाई अक्युप्रेसर विधी भनिन्छ । यो सदियौं पुरानो तर वैज्ञानिक प्रणाली हो ।

के हो अक्युप्रेसर विधि ?

अकुप्रेसर विधिमा शरीरमा केही खास विन्दुहरुलाई दबाइन्छ जसले रोगको उपचार गर्छ । हाम्रो शरीरमा हजारौं नशा, धमनी, मांसपेसी, स्नायू, र सयौं हड्डीहरु हुन्छन् । यी सबैचीज मिलेर हाम्रो शरीर बनेको हुन्छ ।कैयौंपटक केही विन्दुहरुमा रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन र त्यसलाई दबाउँदा फेरि त्यो खुल्छ र सहि तरिकाले काम गर्न थाल्छ ।अकुप्रेसर विधिलाई आम भाषामा ‘दबाईबाट होइन दबाएर उपचार गर्नु’ भनिन्छ । केही खास विन्दुहरुलाई दबाउनाले सम्बन्धित रोगमा धेरै लाभ पुग्छ । त्यो रोगको निदान हुन्छ । ती खास विन्दुलाई अक्युपोइन्ट भनिन्छ ।यी चिकित्सा पद्धतीको खोज चीनमा दुई हजार वर्षपहिले गरिएको थियो । अहिलेसम्म विश्वभरमा करोडौं मानिसहरुले यसको फाइदा उठाइरहेका छन् ।विशेषगरि चीन, अमेरिका, भारत, हङकङमा यो पद्धति धेरै प्रचलित छ । हाम्रो देश नेपालमा पनि भर्खरभर्खरै यो उपचार पद्धति सुरु भएको छ । यो विधिमा सम्बन्धित विन्दुलाई लगभग १ मिनेटसम्म औंलाको मद्धतले दबाइन्छ र हल्का मसाज दिइन्छ ।

अकुप्रेसर विधिबाट यस्ता लाभ पाउन सकिन्छ

-यसमा कुनै खर्च हुँदैन । जो कोहीले पनि यसको लाभ लिन सक्छन् ।

-यसमा कुनै किसिमको सर्जरी हुँदैन । यसैले डराउनु पर्दैन ।

-यो विधिको कुनै साइडइफेक्ट हुँदैन ।

-यसले यौनशक्तिलाई बढाउँछ ।

-यसले अनुहारको चाँयापोतोलाई टाढा गर्छ र अनुहारमा निखार ल्याउँछ ।

-पिठ्युमा दुखाई तनाव, डिप्रेसन, शरीरमा हरेक किसिमका दुखाईलाई टाढा गर्छ र भावनात्मक रुपमा मजबुत बनाउँछ ।

-यसले नकरात्मक विचारलाई टाढा गर्छ र सकरात्मक विचार ल्याउँछ ।

-यदि तपाईंलाई औषधिको गोली खान मन छैन भने यो विधि सबैभन्दा उपयुक्त हुन्छ ।

यी हुन् १० महत्वपूर्ण अकुप्रेसर विन्दुहरु

१) पेरिकार्डियम

यो विन्दु हत्केलाबाट १ इन्च तल रहेको हुन्छ । यसलाई दबाउनको लागि टाउको दुखाई, पेटको रोग, बेचैनी, वान्ता हुने जस्ता रोगमा लाभ हुन्छ । गर्भावस्थाको क्रममा हुने उल्टीमा पनि यो लाभकारी हुन्छ ।किमोथेरापी र विकिरणपछि आउने वान्ता, जीउ चिलाउने समस्यामा पनि यसले फाइदा पुर्याँउछ । त्यसैले तपाईंले पनि यसलाई अपनाउनुहोस्।

२) शेन म्यान विन्दु

यसलाई स्वर्गको द्धार पनि भनिन्छ । यो विन्दु कानको उपल्लो हिस्सामा हुन्छ । यसलाई दबाउनाले तनाव टाढा हुन्छ र धुमपानको बानी छुट्छ । यसलाई दबाउनाले सकरात्मक उर्जा पुरै शरीरभर दौडन्छ ।एलर्जी, चिन्ता, डिप्रेसन जस्ता समस्या टाढा हुन्छ । यसलाई बुढीऔंला र चोर औंलाले दबाउनुपर्छ ।

३) जोइनिङ द भ्याली

यो विन्दु हातको बुढीऔंला र चोर औंलाको बीचमा हुन्छ । यसलाई दबाउनाले विभिन्न प्रकारका दुखाई जस्तैः जोर्नीको दुखाई, गर्धनको दुखाई, दाँतको दुखाई, टाउकोको दुखाई, माइग्रेन जस्ता समस्या टाढा हुन्छ।यसलाई दबाउनाले कब्जियतमा राहत मिल्छ। विषाक्त पदार्थ शरीरबाट बाहिर निस्कन्छ । दुखाईको निवारणको लागि यो सबैभन्दा राम्रो विन्दु हो।

४) तेस्रो आँखा

यो विन्दु निदानमा दुवै आँखीभौंको बीचमा रहेको हुन्छ । ठिक त्यही ठाँउमा जहाँ महिलाहरुले टिका लगाउने गर्छन् । यसलाई दबाउनाले थकान दुर हुन्छ ।यस बाहेक निन्द्रा दिलाउन सहायक हुन्छ । स्मरणशक्ति बढाउँछ, टाउकोको दुखाईलाई टाढा गर्छ, आँखामा हुने दुखाईलाई टाढा गर्छ र मानसिक शक्ति प्रदान गर्छ ।

५) सी अफ ट्रेङ्कुलिटी

यो विन्दु छातीको बीचमा रहेको हुन्छ । यसलाई दबाउनाले कैयौं प्रकारका बाधाहरु टाढा हुन्छन् जस्तै बेचैनी, हडबडाहट, चिन्ता, थकान, भावनात्मक समस्याहरु आदी ।यसलाई दबाउनाले मनमा उठ्ने नकरात्मक विचार टाढा भाग्छ । यसलाई अपनाउनको लागि सिधा खडा हुने, मेरुदण्डको हड्डीलाई सिधा राख्ने र दुवै हातको औंला मिलाएर यसलाई दबाउन सकिन्छ ।

६) स्याकरल विन्दु

यो विन्दु कम्मरको माथिल्लो भागमा अर्थात टेल बोनमा स्थित हुन्छ । यसलाई दबाउनाले पेल्भिसमा रक्तसञ्चार सहि हुन्छ । यसले विशेषगरि महिलाहरुमा महिनावारीको दुखाईलाई टाढा गर्छ साथै गर्भाशयलाई आराम दिन्छ ।

७) हेवनली पिलर

यो विन्दु गर्धनको पछाडिको भागमा रहेको हुन्छ जहाँ गर्धन र टाउको आपसमा जोडिएको हुन्छ । आजभोलीको आधुनिक जीवनशैलीको कारण मानिसहरु कम्प्युटर, मोबाईल फोनमा घन्टौंसम्म काम गर्छन् जसले गर्धनमा दुखाई सुरु हुन्छ । यो विन्दुलाई दबाउनाले गर्धनको दुखाईमा धेरै लाभ मिल्छ।

८) बिगर रसिङ

यो विन्दु खुट्टामा बुढी औंला र ठुलो औंलाको बीचमा लगभग २ इन्च माथि हुन्छ । यसलाई दबाउनाले रोग प्रतिरोधक क्षमता बढ्छ । यो विन्दुलाई चोर औलाको मद्धतले दबाउनुपर्छ र दबाउँदा आधा इन्च तलमाथि गर्नुपर्छ । फेरि अर्को खुट्टाको बिगर रसिङ विन्दुलाई पनि दबाउनु पर्छ ।

९) लेग थ्री माइल्स

यो पोइन्ट घुँडा भन्दा करिब ३ इन्च तल हुन्छ । यसलाई दबाउनाले पेटका विभिन्न रोगहरुबाट छुटकारा पाउन सकिन्छ जस्तै अपच, कब्जियत, ग्यासको समस्या, पेटफुल्ने, डायरिया, उल्टी आदी ।यो विन्दुलाई दबाउनाले रक्त सञ्चार राम्रो हुन्छ, स्टामिना बढ्छ र स्वास्थ्यमा निखारता आँउछ।

१०) कमान्डिङ मिडिल
यो पोइन्ट घुँडाको ठिक पछाडि हुन्छ। यसलाई दबाउनाले हाडजोर्नीको समस्या, कम्मर दुखाई, ढाड दुख्ने, साइटिका लगाएतका समस्यामा फाइदा हुन्छ।यो विन्दुलाई आरामले १ मिनेटसम्म दबाउनुहोस् फेरि अर्को खुट्टाको कमान्डिङ मिडिल विन्दुलाई दबाउनुहोस्।

मोटोपन घटाउन चाहनुहुन्छ ? शरिरका यी ५ भाग नियमित दबाउनुहोस्


Your Views
Related News