भेरीगंगा नगरपालिका–६ घारीवनका कवीराम खड्काको सेनामा भर्ती भएर देशको सेवा गर्ने लक्ष्य थियो। २१ वर्षको उमेरमै उनी सेनामा भर्ना हुन तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर पुगे।

सेनामा भर्ती हुनका लागि उनी वीरेन्द्रनगरस्थित इत्राम चोकमा आवेदन फारम भर्दै थिए, गोलीको वर्षा सुरु भयो। सेनामा भर्ती हुने सपना देखेका उनका तीन जना साथीले ज्यान गुमाए। कवीराम जीवनभरलाई अपाङ्ग भए।

‘सुरुमा कहाँबाट कस्ले गोली चलायो थाहा नै भएन,’ कवीरामले भने, ‘होसमा आउँदा तत्कालिन विद्रोही माओवादीले गोली चलाएको थाहा भयो।’ माओवादीको गोलीबाट घाइते भएका कवीरामलाई सेनाले सुर्खेत अस्पताल पुर्‍यायो। त्यहाँबाट थप उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँके हुँदै तीन महिना त्रिभुवन शिक्षण अस्पताल काठमाडौंको बेडमा बस्नुप¥यो। डाक्टरले शरीरमा भएका गोली निकाल्दा ज्यान जान सक्ने बताएकाले उनी अहिले पनि शरीरमा गोली बोकेरै बाँचिरहेका छन्।

उपचारका लागि गाउँबाट चन्दा उठाएर सहयोग मागेको उनले बताए। ‘गाउँमा आएर सबैबाट चन्दा उठाउन थाले, सबैले सहयोग गरे,’ उनले भने, ‘सामुदायिक वनले तीस हजार सहयोग गर्‍यो, एक लाखमा घरबारी बेचेर शरीरमा भएका गोली निकाले, रकम अभावभएपछि शरीरका टाँका छिन्चुमा काटेको हो।’ ‘रकम अभावका कारण सुरुमा हामीले निजीमा गएर उपचार गराउन सकेनौँ,’ उनले भने, ‘केही रकमको जोहो गरेर लखनउ गई उपचार गरे, करिब साढे ३ लाखमा शरीरमा भएका सबै गोलि निकाले, अस्पताललाई दिने चार हजार नभएर पछि दिने अनुरोध गरी फर्कियौँ।’ डाक्टरले चार महिना बेड रेष्टको लागि भन्नुभो, तर रकम अभावमा उनी फर्किए।

उनको तल्लो शरीरले काम गर्दैन। ह्वीलचेयरमै बसेर उनी महिनाको ४० हजार बढी कमाउँछन्। घरमै खुद्रा तथा खाद्यान्न पसल छ। कुटानी–पिसानी मिल छ। ६ हजारबाट सुरु गरेको व्यवसाय अहिले ५० लाखमाथिको छ। ‘५ हजार ७ सयबाट व्यापार सुरु गरेको हुँ,’ उनले भने, ‘अहिले पुँजीनै ५० लाखभन्दा धेरै छ।’

नेपाली सेना हुन नपाएपनि देशप्रतिको मायामा कहिल्यै कमि भएन। खाटकै खुट्टामा पांग्रा जोडेर उनी पसल चलाउँछन्। ह्वीलचेयरको सहायताबाट मिल सञ्चालन गर्छन्। मिलबाट मात्र मासिक १५ हजार रुपैयाँ बढी आम्दानी भइरहेको छ। ‘गाउँमा रहेका ८०/९० घरपरिवारको अन्न पिस्ने, पेल्ने र कुट्ने गरिरहेको छु,’ उनले भने, ‘गाउँको सेवा पनि हुने, आम्दानी पनि हुने भएकोले यो बहुउपयोगी माध्यम बनेको छ।’ उनको खड्का पशुपंक्षी फर्ममासमेत यसैबाट चारो तथा दानाहरु उत्पादन गर्दछन्।

उनको सबै कारोबार मात्र करिव अढाई लाख हुन्छ। ‘पसलबाट मात्र मैले एक लाख बराबरको कारोबार गर्छु,’ उनले भने, ‘परिवारको खर्चदेखि छोराछोरीलाई भेटेरीनरी पढाउने सबै आम्दानी यसैबाट भइरहेको छ।’ घरका सदस्यको सहयोगमा उनी मिल मात्र हैन, आफूले पालेका कुखुराको पनि संभार गर्ने गरेका छन्।

भेरीगंगा नगरपालिका पशु विकास शाखामा कार्यरत प्राविधिक विष्णु ढकालको सल्लाहमा पालेका बट्टाई, कुखुरा, बाख्रा तथा अन्य पशुहरुको उपचार गर्छन् । ‘विष्णु सरले राम्रो सल्लाह दिनुहुन्छ, फोनबाटै सल्लाह लिन्छु,’ उनले भने, ‘हालसम्म पशु प्राविधिकहरु घरमै आउन परेको छैन।’ पालेका पशुपंक्षी घरबाटै बिक्री हुन्छन्। उनले बट्टाई र कुखुराको माग अत्याधिक भएपनि पु¥याउन नसकिएको बताए। ‘दुई सयको माग आएमा एक सय मात्र दिईरहेको छु, माग बमोजिम बजारमा सप्लाई गर्न सकिएको छैन,’ उनले भने, ‘बजारलाई स्थानीय उत्पादननै पुर्‍याउने कोशिष जारी छ।’

अहिले उनको घरमा पाँच सयबढी कुखुरा, चार सय बढी बट्टाई छन्। करिव एक हजारको संख्यामा बट्टाईका चल्लाहरु उत्पादन भइरहेका छन्। उनको घरबाटै बधिया भालेप्रति किलो एक हजार रुपैयाँका दरले बिक्री वितरण भइरहेको छ। अन्यलाई सात सय रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको हुन्छ। उनले बाख्रापालन कार्य विस्तार गर्ने प्रयोजनले विभिन्न घाँसबालीहरु विस्तार गरिरहेका छन्। हाल उनले अण्डा ह्याचरिङ्ग गर्ने मेसिनसमेत ल्याएका छन्। जसबाट हप्तामा करिव एक सय हाराहारीमा चल्लामात्र विक्री गर्दछन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले २०७३ बैशाख २० मा उनको मुद्धा लियो। अहिलेसम्म कुनै राहत, क्षतिपूर्ति भने पाएनन्। ‘राज्यले द्वन्द्वकालका घाइते तथा अपाङ्गहरुका लागि क्षतिपूर्ति दिने भनेपछि विवरण लेखायौं,’ उनले भने, ‘अहिले त आयोग पनि छ/छैन, पत्तो छैन।’

 

के मास्क कच्चा खोप हुन सक्छ ?

विश्वले सुरक्षित र प्रभावकारी कोरोना भाइरस खोपको प्रतिक्षा गरिरहेका बेला, अनुसन्धानकर्ताको एक टिमले एक उत्तेजक सिद्धान्त अगाडि सारेका छन् । त्यो हो– मास्कको प्रयोगले केही मानिसलाई ‘कच्चा हिसाब’ ले खोपको काम गरिरहेको छ ।

गत साता मंगलबार न्यु इंगल्यान्ड जर्नल अफ मेडिसिनको कमेन्ट्रीमा प्रकाशित यो अप्रमाणित विचार युगौँदेखि विश्वास गरिँदै आएको धारणा ‘भ्यारिओलेसन’ बाट अभिप्रेरित छ जसअन्तर्गत भाइरससँगको जानाजान संसर्गले शरीरमा एक सुरक्षात्मक प्रतिरक्षा प्रणाली विकास हुन्छ ।

यो धारणा पहिलोपटक विफरविरुद्ध प्रयोग भएको थियो तर जोखिमयुक्त यो अभ्यासले अपेक्षित काम गरेन । तर यसले आधुनिक खोप निर्माणका लागि बाटो खुल्यो । मास्कमार्फत भाइरसको सम्पर्क वास्तविक खोपलाई प्रतिस्थापन गर्ने विषय त होइन तर कोरोना भाइरस संक्रमित जनावर र अन्य रोगसँगका संकलित सूचनाले मास्क प्रयोगकर्ताले सीमित मात्रामा श्वासनलीमा भाइरस छिर्ने मौका दिएका हुन्छन् भन्ने बताएको छ र यो सीमित सम्पर्कले मास्क प्रयोगकर्ता बिरामी हुने संभावना न्यून हुन्छ । अनुसन्धानकर्ता दावी गर्छन्– सानो मात्रामा कीटाणु छिरे पनि यसले शरीरमा रहेका प्रतिरक्षा कोषिकालाई तिन सम्झन र एक भएर परास्त गर्न सहयोग पुग्छ ।

‘तपाईँलाई यो भाइरसले संक्रमण गर्न सक्छ तर लक्षण देखिँदैन’– सो जर्नलमा प्रकाशित लेखकी सहलेखिकासमेत रहेकी क्यालिफोर्निया विश्वविद्यालयकी संक्रामक रोग फिजिसियन डा. मोनिका गान्धी भन्छिन् । ‘तपार्इँले मास्कको प्रयोगले लक्षण नदेखिने संक्रमणलाई बढावा दिनुभएको छ भने यो आफैँ प्रतिरक्षा प्रणाली विकास गर्ने ‘भ्यारिओलेसन’ को एक उपाय हुन सक्छ । तर यसो भन्दैमा यस्तो प्रतिरक्षा प्रणालीको विकासका लागि मानिसले जानीजानी मास्क लगाएर बस्नुपर्छ भन्ने होइन’, उनी भन्छिन्– ‘यो हाम्रो सिफारिस पनि होइन । प्रतिरक्षा प्रणाली विकास गर्ने भनेर जानीजानी रोगीसँगको संसर्गमा गरिने ‘पोक्स पार्टी’ जस्ता गतिविधिलाई हाम्रो स्वीकृति छैन ।

यो सिद्धान्तलाई क्लिनिकल परीक्षणविना प्रत्यक्षरूपमा प्रमाणित गर्न सकिँदैन । परीक्षणमा कोरोना भाइरसले संक्रमण गरेका एवं मास्क लगाएका व्यक्ति र मास्क नलगाएका व्यक्तिको तुलना गर्नुपर्ने हुन्छ जून आफैंमा अनैतिक प्रयोगात्मक अभ्यास हुनजान्छ । अन्य विशेषज्ञले यो सिद्धान्तका लागि थप तथ्यांक र सावधानीपूर्वक गरिने व्याख्या जरुरी रहेको बताएका छन् ।

वैज्ञानिकहरूले एक उत्तेजक तथा अप्रमाणित विचार अगाडि सारेका छन्, त्यो हो मास्कले प्रयोगकर्तालाई सुरक्षित प्रतिरक्षा प्रणाली विकास गर्न चाहिने भाइरस छिर्न दिएको हुन्छ ।  

‘यो ठूलै छलाङ जस्तो देखिन्छ’, जर्नलको सो आलेखमा आबद्ध नरहेकी अरिजोनाकी संक्रामक रोग विशेषज्ञ सास्किया पोपेस्कु भन्छिन् । ‘तर हामीसँग यसलाई समर्थन गर्ने पर्याप्त आधार छैनन्’, उनी थप्छिन् ।

यसलाई फरक हिसाबले लिँदा मानिसहरू गलत तरिकाले ढुक्क हुन सक्ने र यसले उनीहरूलाई यसअघिको भन्दा झन् बढी जोखिममा पार्न सक्ने एकातिर डर छ भने अर्काेतिर मास्क लगाउँदा पनि भाइरस छिर्दारहेछन् भन्ने धारणा विकास भएमा मास्कप्रतिको आमअविश्वास घट्न सक्ने देखिन्छ ।

‘हामी सबैलाई रोकथामका अन्य उपाय अवलम्बन गर्न सुझाव दिन्छौँ’– पोपेस्कु भन्छिन् । त्यो भनेको भीडभाडमा नजानु, भौतिक दूरी कायम गर्नु र हात नियमितरूपमा धुनु हो । यी सबै अभ्यासले एकअर्कालाई प्रतिस्थापन गर्दैनन् ।

कीटाणुसँगको सीमित सम्पर्कले आफैँ प्रतिरक्षा प्रणाली विकास गर्ने ‘भ्यारिओलेसन’ सिद्धान्तका दुईटा प्रमुख धारणा छन् । पहिलो हो, थोरै संख्यामा हुने भाइरसको संक्रमणले गंभीर रोग लाग्दैन र सामान्य लक्षण तथा लक्षण नदेखिनेखाले संक्रमणले अन्ततः दीर्घकालीन प्रतिरक्षा प्रणालीको विकास हुन जान्छ । यो धारणालाई बल पु¥याउन यसअघिका रोगजनक अन्य कीटाणुका उदाहरण छन् तर केही महिना मात्र अध्ययन भएको कोरोना भाइरसको सम्बन्धमा यसका लागि ठोस प्रमाण छैनन् ।

मुसा प्रजाति ‘हम्सटर’ मा भएको एक अध्ययनले रोग र औषधिको डोजमा सम्बन्ध देखिएको छ । यो वर्षको सुरुमा अनुसन्धानकर्ताले चीनमा गरेको एक अध्ययनले सर्जिकल मास्कले बनेका खोरमा राखेका मुसालाई कोरोना भाइरस संक्रमण नभएको देखिएको थियो । तर जति मुसालाई कोरोना भाइरसको संक्रमण भएको थियो, तिनीहरू मास्कविनाको खोरमा रहेका अन्य मुसा भन्दा कम स्तरमा बिरामी भएका थिए ।

यो नतिजा मानिसमा पनि मिल्ने केही अवलोकन अध्ययनले देखाएका छन् । भीडभाड हुने स्थानमा व्यापकरूपमा मास्क प्रयोग हुँदा संक्रमणको दर ज्यादै न्यून देखिएको छ । भाइरस छिर्नबाट मास्कले सबै मानिसलाई जोगाउन सक्दैन तर बिरामी हुने संभावनालाई न्यून पार्छ । अनुसन्धानकर्ताले सामुन्द्रिक जहाज तथा खाद्य प्रशोधन कारखानामा शान्त र लक्षणविहीन महामरीको उदाहरण संकलन गरेका छन् जहाँ अधिकांशले मास्क लगाएका थिए ।

यसैगरी औषधिको डोज र लक्षणको सम्बन्ध स्थापित गर्न इन्फलुएन्जा तथा क्षयरोग लाग्दा मानिसको श्वास प्रणालीमा आक्रमण गर्ने कीटाणुका बारेमा उपलब्ध तथ्यांक संकलन गरिएको थियो । ‘तर दशकौँका अनुसन्धान हुँदाहुँदै पनि हावाको माध्यमद्वारा सर्ने संक्रमणको विषय अझै रहस्यमय छ’– इमोरी विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ तथा खोप विशेषज्ञ ज्योथी रंगराजन भन्छिन् । त्यसो किन भने एक व्यक्तिलाई संक्रमित गर्न कति मात्रा (डोज) आवश्यक हुन्छ भनेर एकिन गर्न सकिन्न– उनी थप्छिन् । सरदर मात्रा निर्धारण भए पनि यो मानिस मानिसमा फरक हुन्छ । यसलाई वंशानुगत गुण, व्यक्तिको प्रतिरक्षा प्रणाली र श्वासनलीको संरचनाले पनि असर पारेको हुन्छ ।

यसैगरी कीटाणुसँगको सीमित सम्पर्कले आफैँ प्रतिरक्षा प्रणाली विकास गर्ने ‘भ्यारिओलेसन’ सिद्धान्तका दोस्रो धारणा के हो भने मास्कले शरीरमा प्रतिरक्षा प्रणाली विकास गर्न आवश्यक मात्रा भाइरस प्रवेश गर्न दिन्छ । यो पनि त्यति सजिलो विषय होइन । पछिल्ला केही अध्ययनले कोभिड–१९ का सामान्य लक्षणले सुदृढ प्रतिरक्षा प्रणालीको विकास गर्ने संभावना देखाएका छन् तर दीर्घकालीन प्रतिरक्षा विकास हुन्छ/हुँदैन भन्नेमा थप अध्ययन आवश्यक छन् । ‘समग्रमा यो सिद्धान्तका केही राम्रा गुण छन्’, कोलम्बिया विश्वविद्यालयकी भाइरस विशेषज्ञ डा. एन्जेला रसमुस्सेन भन्छिन्– अझै पनि यसमा धेरै सन्देह छन् ।

उनी थप्छिन्– ‘हामीले याद गर्नुपर्ने विषय के हो भने वास्तविक संक्रमण भन्दा खोप कम खतराजन्य हुन्छन्, त्यही कारणले ‘भ्यारिओलेसन’ को अभ्यास अन्ततः अप्रचलित हुन जान्छन् ।’ खोपको आविष्कार हुनुअघि चिकित्सकले विफरका घाउका पाप्रा तथा पीपलाई स्वस्थ मानिसको छालामा दल्थे । यसले त्यस्ता व्यक्तिलाई हुने संक्रमण अन्यलाई भन्दा कम गंभीर हुने थिए । ‘तर मानिसलाई अन्ततः विफरको संक्रमण हुन्थ्यो र ‘भ्यारिओलेसन’ का कारण मानिसको मृत्यु हुन्थ्यो’– डा. रसमुस्सेन भन्छिन् । खोप भन्दा फरक रहेको ‘भ्यारिओलेसन’ ले अन्यलाई संक्रमण गर्ने खतरा रहिरहन्थ्यो ।

डा. गान्धी ‘भ्यारिओलेसन’ का यी सीमा रहेको स्वीकार गर्छिन् । ‘खोप पर्खिरहेको बेलामा बिरामी नभइकन प्रतिरक्षा प्रणालीको विकास हुन सक्छ भने त्यो संभावनालाई किन अस्वीकार गर्ने ?’– उनी प्रश्न गर्छिन् ।


Your Views
Related News