असोज १, २०७७ म्याग्दी : देख्दै डरलाग्दा अक्करे भीर। भीरको टुप्पोमा रसी (परङ) बाँधेर रसीकै सहाराले झुण्डिइ महको चाका भएको ठाउँमा मह शिकारी पुग्दै गरेको दृश्य अत्यन्त रोमाञ्चक र डरलाग्दो हुन्छ।  त्यसमाथि अलिकति असावधानि भयो भने लडेर र भीर मौरीले चिलेर ज्यानै समेत जान सक्ने जोखिम रहन्छ।

तर, यस्तै जोखिममा अभ्यस्त भएका छन् म्याग्दीका मह शिकारीहरु। यतिबेला म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुइनेमंगलेका अधिकांश अग्ला भीर पहरामा मह शिकारको याम शुरु भएको छ। मह शिकारीहरु डोरीको सहायताले भीर मौरीको गोला भएको देख्दै डरलाग्दो भीरमा झुण्डिएर मह काटीरहेका छन्। तल बसेर हेर्दा अत्यन्तै त्रास र रोमाञ्चक लाग्ने यो दृश्यले मुटको धड्कन बढाउँछ।

​ ​वसन्त र शरद क्रतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्त क्रतुमा बेशी र शरदमा लेकमा पुगेर भीरमह निकाल्ने गरिन्छ। आङ सिरिङ्ग हुने हिमाल जस्तै अग्लो कहालीलाग्दो पहरामा स्थानीय युवा रेशम र जीवन छन्त्यालको टोली ज्यानको बाजी राखेर भीरमौरीको महको सिकार गर्दै आएका छन्। ​ तुर्लुंङ डोरीमा झुन्डिएर वर्षैपिच्छे मह सिकार गर्दै आएका युवाले यसलाई पुख्यौली पेसा र परम्परा ठान्छन्।

अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकारमा निस्किएका युवाहरु करिब तीन महिना जंगलमै बिताउँछन्। मह शिकारबाट स्थानीय यूवाले मनग्य आम्दानीसँगै परम्पराको समेत संरक्षण गरेको स्थानीय चित्र छन्त्यालले बताए।  भीर मह काढ्दा परङमार्फत गएका शिकारीले गोलामा धुवाँ झोस्ने भएकाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने हुन्छ।
कुइने मंगलेका ३९ वटा साना–ठुला भीर पहरामा भीर मौरी पाइन्छ।

ठूलो भीरमा १ सय घार, रुम भन्ने ठाउँमा ६०, जिर्जा भिरमा ५० पन्थेडम्बार भीरमा ४० घारसम्म निकालेको मह ब्यापारी समेत रहेका चित्र छन्त्यालले बताए।  मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन्। एक समूहले भिरको माथीबाट तल भुईंसम्म डोरी झुन्डाउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन्।

ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरी खर्चिनुपर्ने उनले बताए। झण्डै १५ सयदेखि २५ सय मिटरको उचाईका पहरामा यसबर्ष करिब २ हजार लिटर मह निकालिएको छ।  मह निकाल्ने स्थानीय भाषामा भिरौटेलाई ब्यापारीले दैनिक ३ हजार, मह तान्ने टाउकेलाई १८ सय, मह छान्ने सिपालुलाई १५ सयसम्म ज्याला दिने गरेका छन्। बजारमा मह प्रतिलिटर रु दुई हजारमा बिक्री हुुन्छ।  अन्तर्राष्ट्रियस्तरमा यसको माग उच्च छ। एक सिजनमा ज्याला, राजश्व, अन्य ब्यवस्थापन गरी करिब २५ लाखभन्दा बढी खर्च हुन्छ भने  मह विक्रि गरेर ४० लाखको हाराहारीमा आम्दानी हुने मह व्यापारीहरु बताउँछन्।

ठूलो भीरमा १० र सानोमा ६ जनाको जनशक्ती ब्यवस्थापन गर्नुपर्छ। बस्तीबाट धेरै टाढा विश्वकै सातौं अग्लो धौलागिरी हिमालको फेद आसपासका क्षेत्रमा पछिल्लो समय भीरमौरीको बथान बढ्दै गएकाले उत्पादनमा बृद्धि भएकाले संरक्षणमा समेत विशेष ध्यान दिने गरेको पुराना भिरमह शिकारी रिबहादुर विकले बताए।

‘भिरमौरीसँगै धेरै बर्ष खेलियो,‘अहिले यूवाहरु कस्सिएका छन्’विकले भने। उनले जिल्लामै सबैभन्दा धेरै भिरमह पाइने कुईनेमंगले भएको बताए। भीरमह खोज्दै धेरै ठाउँमा पुगेका विकले तल्लो भन्दा माथिल्लो क्षेत्रका जंगलमा पाइने मह राम्रो हुने बताए। ठूलाठूला पहरा साथै खोलानालाको वरिपरि रहने भीर महको सुटिङमा यसअगाडी जापानी टोली समेत हेलिकप्टरमा पुगेको थियो।

विगतमा आमा समुह, यूवा क्लवमार्फत अनुमति लिएर भीर मह खोज्दै जंगल जानेले पछिल्लो समय वडा कार्यालयले राजश्व संकलन गरी गाउँपालिकामा पठाउने गरेको वडा अध्यक्ष गमन छन्त्यालले बताए।  ‘विदेशी पर्यटकलाई तान्ने गरी प्रचारप्रसार गर्दछौ,‘यस वर्ष कोरोनाको जोखिमले आउन सकेनन्’ छन्त्यालले भने। उनले कुईनमंगलेलाई ‘हनी हन्टिङ’ का लागि नेपालकै प्रख्यात ठाउँको रुपमा चिनाउन चिनियाँ, जापानी र कोरियन समुहले समेत सघाउने प्रतिबद्धता जनाएको बताए।

आकाशमा उड्ने चरो समेत बस्न नसक्ने ठाउँमा युवाहरु डोरीको सहायताले पुग्ने गरेको दृष्यले विदेशी पर्यटकलाई आर्कषित गर्ने वडा अध्यक्ष छन्त्यालको भनाई छ।  कुईनेमंगले बाहेक गूर्जा, लुलाङ, चिमखोला, दग्नाम, उत्तरी क्षेत्रमा दाना, शिख, हिस्तानको दोसल्ले लगायतका स्थानमा भीर मह पाइन्छ। गुलियो र स्वादिलो हुने भीर मह विशेषगरी यौनबद्र्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधी मानिन्छ। वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ ।

भीर मह खाँदा जति स्वादिलो र रसिलो हुन्छ,यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नु पर्ने हुन्छ।  यसरी भीरमा आफ्नो ज्यानको बाजी लगाएर निकालिने महबाट शिकारीहरुले आकर्षक आम्दानी पनि गरिरहेका छन्। स्वास्थ्यलाई एकदमै फाईदाजनक मानिने भीरमहको माग जति स्थानीय बजारमा छ, त्यो भन्दा दोब्बर अन्तराष्ट्रिय बजारमा छ। विभिन्न किसिमका औषधी बनाउन यसको प्रयोग बढी भएको पाईएको छ। ‘महको चाका वरिपरी माहुरी घेरिएर बसेका हुन्छन्, विशेष प्रकारको धुवाँ लगाईदिएपछि मौरी भाग्छन्, त्यतिबेला मह निकाल्ने शिकारीले विशेष ध्यान पुर्‍याउनुपर्छ।’

मह शिकारी छन्त्यालले भने। जब परङ मार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रुख र ओडारमा लुक्छन्। माहुरीहरु अन्यत्रै भागेपछि मात्र उनीहरु बाहिर आउँछ अनि मह निकाल्न सजिलो हुन्छ। मुख्य शिकारीले विशेष प्रकारको हतियार प्रयोग गरि निकालेको मह एउटा भाँडालाई डोरीको सहायताले भुईसम्म ल्याउने गरिन्छ। ‘मह निकाल्न सकियो भने बजारको खासै समस्या हुदैन, व्यापारिहरु जँगलमै आईपुग्छन्। बजारमा महको प्रतिलिटर दुई हजार रुपैयाँमा जति पनि बिक्री हुुन्छ। अन्तराष्ट्रिय स्तरमा यसको माग उच्च छ, यहाँबाट कोरियामा धेरै मह जाने गरेको छ, अब यसलाई थप व्यवसायिकरण बनाउँदै लैजानुपर्छ’ म्याग्दीका  मह शिकारी ओमबहादुर जुग्जालीले भने।

READ MORE

रुसले भारतलाई कोभिड-१९ को १० करोड डोज खोप दिने
मस्को : रुसमा कोरोनाभाइरस विरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले भारतको डा. रेड्डी लेबोरेटोरीजलाई १० करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ।

कोषले रुसमा स्पुतनिक भी नामको खोप विकास गरेको छ।  कोषद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपको क्लिनिकल परीक्षण र खोप वितरणका लागि कोष र विश्वविख्यात औषधि उत्पादक कम्पनी डा रेड्डीबीच सम्झौता भएको उल्लेख छ। कोषले भारतीय नियामक निकायबाट अनुमति पाएलगत्तै स्पुतनिक खोपको आपूर्ति गरिने बताएको छ।

डा. रेड्डीका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जीभी प्रसादले रसियाली खोपका सन्दर्भमा सहकार्य गर्न पाएकामा खुशी लागेको बताएका छन्। उनले भारतीय नियामक निकायहरुका आवश्यकतालाई दृष्टि गरी तेस्रो चरणको परीक्षण गरिने बताउँदै भारतमा कोभिड-१९ विरुद्ध लड्न स्पुतनिक भी खोप विश्वासिलो विकल्प हुने विश्वास व्यक्त गरे।

रसियाली कोषका प्रमुख कार्यकारी किरिल डिमिट्रिभले भारतीय औषधि उत्पादक कम्पनीसँग सहकार्य गर्न पाएकामा खुशी लागेको बताए। डा. रेड्डीले विगत २५ वर्षदेखि रुसमा औषधि उत्पादनका कार्यमा निकै प्रतिष्ठा कमाएको कम्पनी रहेको बताउँदै किरिलले यो भारतमै पनि अग्रणी औषधि निर्माता कम्पनी रहेको जानकारी दिए।

कोरोनाभाइरसका कारण भारत अहिले सर्वाधिक असर परेको मुलुकका रुपमा देखिएको छ। यहाँ कोरोना संक्रमितको संख्या ५० लाख नाघिसकेको छ। रुसको स्वास्थ्य मन्त्रालयले गत असष्ट ११ मा स्पुतनिक भी लाई औपचारिक रुपमा मान्यता दिएको छ।


Your Views
Related News