१ आश्विन २०७७, बिहीबार काठमाडौं: प्रधानमन्त्री केपीशर्मा ओलीले भारतीय स’मकक्षी नरेन्द्र मोदीलाई ७० औँ जन्मदिनको अ’वसरमा शुभकामना दिएका छन् । बिहीबार बिहान ट्वी’टरमार्फत् उनले शु’भकामना दिएका हुन् । ‘तपाईँको ज’न्मदिनको शु’भ अ’वसरमा सु-स्वास्थ्य र खुसीको कामना गर्दछु’, प्रधानमन्त्रीले ओलीले भनेका छन्, ‘हामी दुई देशबीचको स’म्बन्धलाई अझ प्र’गाढ ब’नाउन नि’रन्तर लाग्नेछौँ।’ भारतीय प्रधानमन्त्री मोदी १७ सेप्टेम्बर सन् १९५० मा गु’जरातमा ज’न्मिएका थिए ।

उनको ७० औँ जन्मदिनका अ’वसरमा गु’जरात सरकारले विभिन्न यो’जनाहरू घो’षणा गर्दैछ। भारतीय सञ्चार माध्यमका अनुसार रा’ज्य सरकारले किसानलाई प्रो’त्साहनका लागि हरेक महिना स’हयोग अ’नुदान उ’पलब्ध ग’राउने तथा खानेपानी आ’पूर्ति लगायतका यो’जना गु’जुरात सरकारले घो’षणा गर्न ला’गेको हो।

 

 

कोरोना संक्रमण पहिचानमा नयाँ फड्को, रुघाखोकी, ज्वरोभन्दा पहिल्यै देखिन्छ यस्तो लक्षण

काठमाडौं। अहिलेसम्म कोरोनाभाइरसले मानिसको श्वास प्रश्वास प्रणालीमा आक्रमण गर्ने र श्वास प्रश्वास सम्बन्धी लक्षण नै देखिने पत्ता लागेको थियो । कोरोनाभाइरसका प्रमुख लक्षणहरुमा रुघाखोकी, ज्वरो, थकान, फ्लु वा केही किसिमका एलर्जीलाई मानिन्थ्यो । तर, वैज्ञानिकहरुले अनुसन्धान गर्दै जाँदा यसको अर्को नयाँ र अनौठो लक्षण पत्ता लगाएका छन् । रोचक त के भने यो लक्षण श्वास प्रश्वास प्रणालीसँग सम्बन्धित नभइ मानिसको खुट्टामा देखिन्छ ।

युरोपका डाक्टरहरुले कोरोनाभाइरसको संक्रमणपछि उपचार गराइरहेका बिरामीहरुमा यस्तो लक्षण फेला पारेको द सनको रिपोर्टमा उल्लेख छ । नयाँ लक्षणहरुको खोजी गर्नु निकै कठिन प्रक्रिया हो तर युरोपका डाक्टरहरुले यसमा सफलता हात पारेका छन् । सामान्य लक्षणका अलावा डाक्टरहरुले यसअघि गरेको खोजमा भाइरसबाट संक्रमितको सुँघ्ने शक्ति कमजोर हुने र स्वाद पाउने क्षमतामा पनि कमी आउने पत्ता लगाएका थिए । अहिले डाक्टरहरुले भाइरस संक्रमणपछि खुट्टामा देखिने लक्षण पत्ता लगाएका हुन् ।

अहिले भेटिएको नयाँ लक्षण भने निकै दर्दनाक र भयावह छ । कोरोनाभाइरसबाट संक्रमित बिरामीहरुको खुट्टाका औंलाहरुमाथि, औंलाहरुको बीचमा र पैतलामा साना साना रातो वा गुलाफी रंगका घाउहरु भेटिएका छन् । यी घाउहरु बिरामीमा भाइरसको संक्रमण हुँदासम्म देखिएका छन् र बिरामी पूर्णरुपमा स्वस्थ भएसँगै घाउहरु पनि हराएर गएका छन् । यी घाउको लागि छुट्टै उपचारको आवश्यकता भने परिरहेको छैन ।

स्पेनका डाक्टरहरुको संगठन जनरल काउन्सिल अफ कलेजेज अफ पेड्रियाट्रिस्ट (सीजीसीओपी) का अनुसार यी घाउहरु शरीरमा भाइरस भएको संकेत गर्ने प्रमुख लक्षण हो । यसलाई बिरामीलाई भाइरसले ग्रस्त बनाउनुभन्दा पहिलेको प्रमुख लक्षण मान्न सकिन्छ । पेड्रियाटिस्टहरु खुट्टासम्बन्धी रोगका विशेषज्ञ हुन्छन् । सीजीसीओपीका अनुसार यदि खुट्टामा साना साना राता वा गुलाफी घाउहरु देखिएका भाइरसको आक्रमण हुँदैछ भनेर बुझ्नुपर्छ ।

यी घाउहरु देखिएपछि बिरामीमा ती सबै लक्षणहरु देखिन्छन् जो यसअघि कोरोनाभाइरसका मुख्य लक्षण मानिएका छन् । युरोपेली डाक्टरहरुको यो खोजी कोरोनाभाइरसको उपचारमा वरदान सावित हुन सक्छ किनकि यो लक्षण भाइरसले आक्रमण गरेको सुरुवाती चरणमै देखिन्छ र चाँडै संक्रमण भएको थाहा पाउँदा उपचार पनि छिटो सुरु हुने भएकोले बिरामीले भाइरसलाई जित्न सक्ने सम्भावना उच्च हुन्छ ।

सीजीसीओपीले यो नयाँ लक्षणको बारेमा विश्वभरका डाक्टरहरुलाई थाहा होस् र डाक्टरहरु भाइरस संक्रमणको पहिचानका लागि रुघाखोकी र ज्वरोमा मात्र सीमित नहोउन् भनेको छ । सीजीसीओपीका अनुसार यो लक्षण युरोपका अधिकांश बिरामीमा देखिएको छ । जो बिरामीमा यो लक्षण देखियो ती सबै कोरोनाभाइरस संक्रमित थिए ।


Your Views
Related News