काठमाडौँ । तपाईको छाला धेरैजसो सुख्खा तथा फिक्का देखिने गर्दछ । मरेको छालाको कारणले गर्दा सुख्खा तथा फिक्का देखिने छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाईले प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ।
५ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउन अप्नाउनुहोस् यी उपाय:
सामाग्रीहरु
१) कागती
२) थोरै नुन
३) चामलको पिठो
४) मह
बनाउने बिधि
पहिलो चरण–सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस।
दोस्रो चरण–यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ। यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नुहोस् ।
त्यसपछि सफा पानीले मुख धुनुहोस। र अनुहारलाई सुक्खा हुन दिनुहोस। अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस् । यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ ।
कपाल झर्ने समस्याले हैरान हुनुहुन्छ ? यी उपायबाट रोक्नुहोस्
के तपाइको कपाल झर्ने समस्या छ ? प्रायः पुरुषहरूमा कपाल झर्ने समस्या हुन्छ । कपाल झर्नुको विभिन्न कारणहरू छन् । वंशाणुगत गुण, अस्वस्थकर खाना, धूमपान, रक्सी लगायतका समस्याले कपाल झर्न सक्छ।
वंशाणुगत गुण
कपाल झर्नुको कारणमध्ये वंशाणुगत गुण एक हो । यदि परिवारमा कसैको कपाल झरेको थियो, आफ्नो बाबु वा आमाको पुस्तामा कसैमा यो समस्या थियो भने यसकारण पनि अर्को पुस्ता वा सन्तानको कपाल झर्ने समस्या हुन सक्छ ।
अस्वस्थकर खाना
अस्वस्थकर खानाले पनि कपाल झर्ने समस्या हुन्छ । जस्तै स् डाइटमा सही मात्रामा पोषण नहुँदा शरिरमा आइरन, भिटामिन ए, प्रोटिन, जिङ्क, क्याल्सियम जस्ता पौष्टिक तत्वको कमी हुनाले कपाल झर्ने समस्या हुन्छ ।
धुम्रपान
चुरोटमा हुने निकोटिनको कारण रगतका नशा साँघुरिन थाल्दछन् । जसको कारण शरीरमा अक्सिजन लेभल कम हुन्छ। यसले शरिरको अंगहरुको साथ कपाललाई पनि असर पुर्याउँछ ।
रक्सी
यदि धेरै मात्रामा रक्सी पिइयो भने शरीरमा टक्सिक पदार्थ बढ्न थाल्छ । आइरन, जिङ्क, पानीमा कमी हुन्छ र कपाल झर्न थाल्दछ
चिन्ता
चिन्ताको कारणले पनि धेरै मानिसहरूको कपाल झर्न थाल्दछ । चिन्ताले शरिरको हर्मोनको सन्तुलन बिग्रन्छ। साथै शरीरको शक्ति अनावश्यक रुपमा नष्ट हुन्छ ।
छालाको इन्फेक्सन
टाउकोको छालामा समस्या छ भने पनि कपाल झर्न सक्छ । चाँया निकै छ भने कपाल झर्ने समस्या निम्तिन सक्छ ।
औषधीको साइडइफेक्ट
ब्लड प्रेशर, डिप्रेसन, मुटु रोग आदीको निदानको लागि प्रयोग गरिने औषधीको साइडइफेक्टको कारण पनि कपाल झर्ने गर्छ
समाधानको उपाय
कपाल झर्ने समस्यालाई वा समाधान गर्न निम्न औषधिको प्रयोग गर्न सकिन्छ स्
प्याज र कागती
टाउकोमा कपाल कम भएको ठाउँमा दैनिक बराबर मात्रामा प्याज र कागतीको प्रयोग गर्न सकिन्छ । कागती लगाएकमो आधा घण्टापछि टाउको पखाल्नुपर्छ ।
हरियो धनियाँ
कपालको जरामा हरियो धनियाँको रस लगाउनुस्। १५ मिनेट पनि पखाल्नुपर्छ । यसले कपाल बाक्लो आउँछ अनि चमक पनि बढ्छ ।
अमला
निमको पात र अमला पानीमा उमाल्नुस्। पानी सेलाएपछि यही पानीले टाउको पखाल्नुपर्छ । हप्तामा कम्तिमा २ पटक यसो गर्न सकिन्छ ।
केरा
केराको पेस्टमा कागतीको रस मिलाइ कपालमा लगाउनुस् अनि आधा घण्टा पनि कपाल धुनुपर्छ ।
बदाम र नरिवल
तेल कपालमा बदाम र नरिवल तेलको प्रयोग गर्नुस्। मसाज गर्नुस्, आधी घण्टा पछि पखाल्नुपर्छ ।