काठमाडौं : कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न सरकारलाई आ’ग्रह गरेका छन् । कलाकार श्रेष्ठले सोमबार मध्यराति सामाजिक स’ञ्जालमार्फत सरकारलाई त्यस्तो आ’ग्रह गरेका हुन् ।

उनले एउटा सांसद वा मन्त्रीले जिल्लाको एक क्षेत्रबाट मात्र चुनाव जित्ने तर कुलमान देशका ७७ मध्ये जुन जिल्लामा जुनसुकै पार्टीबाट उठे पनि सांसदको चुनाव जित्छन् भन्दै सरकारले बेलैमा निर्ण’य गरोस् भन्दै आ’ग्रह गरेका छन् ।

हिमाल देखि तराई, मेची देखि महाकाली, जुनसुकै जिल्लाका जनताले कुलमानलाई रुचाएको र नेपालको जुनसुकै कुनाबाट चुनाव लडे पनि कुलमानले जित्ने श्रेष्ठको भनाई छ।
उनले लेखेका छन्, “एउटा जिल्लाको मत प्राप् गरे पछि कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई नेतृ’त्व दिन योग्य हुन्छ।

तर मेचीदेखि महाकाली हिमालदेखि तराई सतहत्तरै जिल्लाका तीन करोड जनताका आत्मादेखि रुचाइएको एउटा नाम हो श्री कूलमान घिसिङ । जो नेपालको ७७ जिल्लामध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टिबाट चु’नाव ल’डेमा आँखा चिम्लेर नि’र्बाचित हुने नि’श्चीत देखिन्छ।” जनताको मन जित्ने नजित्ने हो भने जनादेशलाई सम्मान गरेर कुलमानलाई पुन’र्नियुक्त गर्नुपर्ने उनको भनाई छ।

फेसबुकमा उनी लेख्छन्,”आमजनताको मतलाई अ’योग्य ठानेर बेवास्ता गर्न सकिन्छ। तर ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने नि’र्णय गरिएमा जनता ले जिन्दगी भर चि’त्त दु’खाउने छन्। लौ है आद’रणीय नेताज्यूहरु जनताका तर्फ’बाट यहाँहरुलाई एक पटक सम्झाई दिने मेरो धर्म हो ।

जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वबिबेक र कर्म हो । अर्को एउटा कुरा कुलमानजी जस्तो सही व्यक्तिलाई प्राधि’करणको प्रमुख प’दमा नियुक्ती गर्रेर देशलाई लोड’सेडिङमु’क्त गराइदिनुहुने आदरणीय मन्त्रीज्यू र कुलमानजीलाई साथ दिनु हुने कर्मचा’रीलगायत सम्पूर्ण महानुभाबहरुलाई पनि जनताले धन्यबाद दिएका छन् है।”श्रेष्ठले फेसबुकमा थप लेखेका छन्।


Your Views
Related News