भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी महिनाको सुरूतीर कोरोनाभाइरस विरुद्धको खोप आउने आशा व्यक्त गरेका छन्।
उनले बिहीबार भने– आगामी वर्ष सन् २०२१ को सुरूतिर नै यो खोप हामीले प्राप्त गर्ने धेरै सम्भावना रहेको छ।
यस कार्यका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै सुक्ष्म रुपमा निगरानी गरिरहेको जानकारी दिए।
बिहीबार उनले अर्को वर्षको सुरूवातदेखि नै भारतमा पनि यो खोप प्राप्त हुने र देशभरि नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन्।
उनले विश्वका अरु देशहरुले जस्तै भारतले पनि खोप निर्माणको काममा निकै प्रयास गरिरहेकोले आगामी वर्षको सुरू तिरबाटै यो खोप भारतमा उपलब्ध हुनसक्ने बताए।
READ MORE
नेइमारमाथि दुई खेलको प्रतिबन्ध
फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमारमाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ।
दोस्रो हाफको इन्जुरी टाइममा दुवै टिमका खेलाडीबीच झगडा भएको खेलमा नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड दिइएको थियो।
सुरुमा चार खेलाडीलाई रातो कार्ड दिँदा नेइमारलाई भारमार्फत रिप्ले हेरेपछि कार्ड दिइएको थियो।
रिप्लेमा नेइमारले मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई टाउको पछाडि हातले हानेको देखिएको थियो।
नेइमारले पछि सामाजिक सञ्जालमार्फत गोन्जालेजले रंगभेद गरेको आरोप लगाएका थिए। रंगभेदको विषयमा लिग वानले छानविन गर्ने जनाएको छ।
नेइमारले लगाएको आरोप गोन्जालेजले अस्वीकार गर्दै आएका छन्।
खेलमा रातो कार्ड पाएका चार खेलाडीमाथि पनि प्रतिबन्ध लगाइएको छ। जसमा पिएसजीका डिफेन्डर लेभिन कुर्जावालाई ६ खेलको प्रतिबन्ध लगायएको छ। यस्तै लिएन्द्रो पेरेडेसलाई पनि दुई खेलको प्रतिबन्ध लगाइएको छ।
मार्सेलीका जोर्डन अमाभीलाई तीन खेल र डरियो बेनेडेटोलाई भने एक खेल मात्र प्रतिबन्ध लगाइएको छ।
यता लिगमा लगातार दुई खेलमा पराजित भएको पिएसजीले तेस्रो खेलमा भने जित हात पारेको छ।
पिएसजीले बुधबार भएको तेस्रो खेलमा मेट्जलाई १–० गोलले हरायो।