विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशकले पछिल्ला केही दिनदेखि युरोपमा कोरोनाभाइरसको संक्रमणको आँकडा हेरेर यसमा निकै गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

 

 

 

हान्स क्लूगले पछिल्लो दुई हप्तामा युरोपका सदस्य देशमा कोरोनाको नयाँ सक्रमितको संख्यामा दोब्बरको वृद्धि भइरहेको बताएका छन् ।

संसारभरी कोरोना संक्रमितको संख्या ३ करोड नाघेपछि उनले सो कुरा बतँएका हुन् ।गत वर्ष चीनबाट सुरु भएको यो भाइरसका कारण हालसम्म ९ लाख ४२ हजार बढीको मृत्यु भएको छ ।

बिहिबार कोपेनहेगनमा बोल्ने क्रममा क्लूगले अघिल्लो हप्ता युरोपभरी ३ लाख नयाँ संक्रमित थपिएको जानकारी दिए । मार्च महिनामा महामारी उत्कृर्षमा पुगेका बेलाभन्दा अहिले संक्रमण बढिरहेको उनले बताए ।‘यो संख्या व्यापक परीक्षणको नतिजा हो तरपनि यो क्षेत्रमा भाइरसको संक्रमण खतरनाक स्तरमा पुग्न लागेको बताउँछ,’ उनले पत्रकारलाई भने ।

यो आँकडालाई हामी सबैले निकै गम्भीर रुपमा लिनुपर्छ ।

यता अस्पतालमा बिरामीको चाप र मृत्युदरमा भने वृद्धि देखिएको छैन यद्यपि, स्पेन र फ्रान्समा संक्रमितको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ ।

हाल विशेषगरी युवावर्गमा कोरोनाको संक्रमण अत्यधिक देखिएको छ । यी संक्रमण ज्येष्ठ नागरिकमा फैलिए, स्थिती थप चिन्ताजनक हुने बताइएको छ ।डब्ल्यूएचओका अनुसार महामारीको सुरुवातदेखि अहिलेसम्म युरोपमा ५० लाख संक्रमित भेटिएका छन् भने २ लाख २८ हजारको मृत्यु भइसकेको छ ।

READ MORE

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

 

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबार (असोज २) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११८ रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५३ रुपैयाँ २६ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४० पैसा र बिक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः


Your Views
Related News