नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुले क आसपासका क्षेत्रमा पर्यटनलगायतका गतिविधि अगाडि बढाउन भारतले ‘आर्थिक सबलीकरण’ को नीति अघि सार्‍यो
सैन्य गतिविधिका लागि सहज हुने गरी पूर्वाधार निर्माणलाई पनि तीव्रता
नयाँदिल्ली — नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक आसपासका क्षेत्रमा आवादी बढाउन भारतले पर्यटन तथा अन्य पूर्वाधार निर्माण अगाडि बढाउने भएको छ । लद्दाख क्षेत्रमा चीनसँग सीमा विवाद कायमै रहेका बेला भारतले चीन र नेपालसँगका सीमावर्ती गाउँहरूलाई लक्ष्य गर्दै यस किसिमका आर्थिक सबलीकरणको नीति अघि सारेको हो ।
व्यास र कुटीलगायतका गाउँमा पर्यटन प्रवर्द्धन र अन्य पूर्वाधार विकासका कार्यक्रम सुरु गर्ने भारतको तयारी छ । त्यस क्षेत्रमा पर्यटक लक्षित गतिविधिलाई खुकुलो पार्दै लगिने भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सीमावर्ती क्षेत्रमा आर्थिक र पर्यटकीय गतिविधिले नागरिकको उपस्थिति बढ्दा सुरक्षा निकायलाई सूचना प्राप्त गर्न सहज बन्ने र सीमा क्षेत्रमा हुने अतिक्रमण रोकिने बुझाइ भारत सरकारको छ ।

भारतले चीन र नेपालसँगको सीमावर्ती राज्य उत्तराखण्डका विभिन्न गाउँलाई इनर लाइन परमिट (आईएलपी) बाट बाहिर राख्ने भएको छ । आईएलपी क्षेत्र प्रवेश गर्न केन्द्रीय गृह मन्त्रालयको स्वीकृति चाहिन्छ । यस विषयमा उत्तराखण्डका पर्यटनमन्त्री सत्पाल महाराजले केन्द्रीय पर्यटनमन्त्री प्रल्हाद पटेलसँग करिब दुई महिनाअघि औपचारिक छलफल गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसमा केन्द्र सरकारले सकारात्मक जवाफ दिएको भारतीय अंग्रेजी दैनिक ‘द इन्डियन एक्सप्रेस’ ले उल्लेख गरेको छ ।

स्रोतका अनुसार भदौ अन्तिम साता महाराजले मन्त्री पटेललाई सीमा क्षेत्रमा रहेका पर्यटकीय र धार्मिक स्थलहरूको सूची समेटेर औपचारिक पत्र नै लेखेका थिए । पहिलो चरणमा उत्तरकाशीको नेलोङ उपत्यका, हनोल, तिउनी, देहरादूनको चक्रता, चमोलीको महादेव मन्दिरलाई समावेश गरिएको छ । उत्तराखण्ड सरकारले आईएलपीलाई खुकुलो पारिएको खण्डमा सीमावर्ती दुर्गम गाउँहरूमा होमस्टेको विकास हुने र त्यसले त्यहाँका स्थानीय नागरिकलाई विस्थापित हुनबाट रोक्ने महाराजले दाबी गरेका छन् ।

दोस्रो चरणमा भने कुटी र व्यास गाउँ र आसपासको क्षेत्रलाई समावेश गरिने भएको छ । ‘नेपालसँगका सीमावर्ती गाउँहरूमा पनि अतिक्रमण देखिएको छ र केही विदेशी सीमावर्ती गाउँहरूमा बस्न थालेका छन् र स्याटलाइट फोनको प्रयोग पनि बढेको छ,’ महाराजलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ, ‘आदिवासी क्षेत्रमा समेत आईएलपीलाई खुकुलो पार्ने माग उठिरहेको छ ।’

कुटी र व्यास गाउँ नयाँ राजनीतिक नक्साअनुसार नेपालभित्रै पर्छन् । सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाएर नेपालले गत जेठ ७ मा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । निसान छापमा नक्सा सच्याउन संविधान संशोधनसमेत गरियो । नयाँ नक्साअनुसार लिम्पियाधुरासम्मकै गाउँहरू नेपालभित्र पर्छन् । कालापानी क्षेत्रमा भारतले सात दशकदेखि आफ्नो सैनिक पोस्ट राखेको छ । भारतले भने नेपालको नयाँ नक्सा मान्य नहुने बताउँदै आएको छ ।

नक्सा प्रकाशन गरे पनि नेपालले सीमाबारे छलफल गर्न धेरैपटक आग्रह गरिसकेको छ । तर भारतले बेवास्ता गर्दै आएको छ । उल्टो नेपालले आफ्नो नक्सामा समावेश गरेको क्षेत्रमा पनि आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेको छ । सैन्य गतिविधिका लागि सहज हुने गरी पूर्वाधार निर्माणलाई पनि तीव्रता दिएको छ ।

यसअघि गत वैशाख २६ नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंक रोड भारतका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए । त्यसप्रति नेपालले आपत्ति जनाएको थियो । त्यसयता नेपाल र भारतबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । त्यसपछि पनि भारतले आफ्ना तर्फबाट पूर्वाधार निर्माणको कामलाई रोकेको छैन ।

उत्तराखण्ड सरकारले सीमावर्ती क्षेत्रमा सञ्चारसुविधा विस्तार गर्नेसम्बन्धी निर्णयसमेत गरेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार त्यसका लागि राज्यसरकारले सीमावर्ती क्षेत्रमा मोबाइल फोनको टावर राख्न अनुदान दिने निर्णय गरिसकेको छ । लद्दाखको सीमामा चीनसँग तनाव बढ्दै गएपछि नेपालसँगका सीमावर्ती क्षेत्रमा सडक, हेलिप्याडलगायतका भौतिक पूर्वाधार निर्माणदेखि टेलिफोनका टावर ठड्याउने काम पनि अघि बढाइएको छ ।

नेपाली भूमिसमेत समेटेर पूर्वाधार निर्माण गर्ने भारत सरकारको तयारीबारे दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले प्रतिक्रिया जनाउन चाहेनन् । ‘हाम्रो भूमि कहाँसम्म हो भन्ने नक्साले प्रस्ट पारिसकेको छ । त्यसैले यस विषयमा भन्नुपर्ने केही छैन,’ उनले भने ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार केही साताअघि मात्र उत्तराखण्डका मुख्य मन्त्री त्रिवेन्द्रसिंह रावत र इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबी) का महानिर्देशक एसएस डेसवालबीच सीमावर्ती क्षेत्रमा बसोबास बढाउने, सडक, मोबाइल र विद्युत् आपूर्ति र पर्यटकीय गतिविधि प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । उत्तराखण्ड राज्य सरकारले भारतीय स्थल सेना र वायु सेनाको उपस्थितिलाई पनि थप बलियो बनाउन विभिन्न निर्णयहरू गरेको समेत भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । जसअन्तर्गत राज्य सरकारले चमोली, पिथौरागढ र उत्तरकाशीमा भारतीय वायु सेनाका लागि एअर डिफेन्स रडार जडान गर्न सहमति जनाएको छ । भारतीय वायु सेनाले एअरस्ट्रिप निर्माणको प्रस्तावसमेत गरेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

यस विषयमा ११ सेप्टेम्बरमा वायु सेनाका मध्य कमाण्ड प्रमुख एअर मार्सल राजेश कुमार र उत्तराखण्डका मुख्यमन्त्री रावतबीच छलफल भएको समेत पत्रिकाले उल्लेख गरेको छ । उत्तराखण्डमा बन्ने एअरस्ट्रिप जहाजलाई इन्धन र हातहतियार ओराल्न उपयोगी हुने बताइएको छ । यी पूर्वाधारको प्रमुख लक्ष्य चीनसँगको सीमावर्ती क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउनु रहे पनि नेपालसँगको सीमामा समेत निगरानी बढाउनु रहेको सहजै बुझ्न सकिन्छ । नेपालले नयाँ राजनीतिक नक्सा प्रकाशन गरेयता दार्चुलासँग जोडिएका सीमावर्ती क्षेत्रमा भारतीय पक्षले बढाएको हवाई गस्तीले पनि त्यसलाई पुष्टि गर्छ ।

READ MORE

प्रहरीले नै डाक्यो पञ्‍चायती

धान खेतमा माछा नमार्न भन्दा कुटिएपछि आफ्नो गर्भ तुहिएको भन्दै सञ्जुले न्यायका लागि जिल्ला प्रहरीमा उजुरी दिइन् तर प्रहरीले भने मेलमिलापका लागि पञ्चायती डाक्यो । आफू कानुनी कारबाही हुनुपर्ने पक्षमा रहेको भन्दै उनले मिल्न अस् वीकार गरिन् ।
मलाई नै पो प्रमाण ल्याउन भन्छन्, प्रमाण जुटाउने काम मेरो हो कि प्रहरीको ? – पीडित महिला

सप्तरी — छिमेकीको ‘कुटपिटबाट गर्भ तुहिएपछि’ न्याय माग्दा प्रहरीले नै पञ्चायती बोलाएर कुरा मिलाउन खोजेपछि सप्तरी लौनियाकी एक महिला विलखबन्दमा परेकी छन् ।‘मेरो गर्भमा रहेको बच्चाको के दोष ?,’ सप्तरीको तिलाठी कोइलाडी–२ लौनियाकी २५ वर्षीया सञ्जुदेवी मण्डलले बिहीबार दिउँसो भक्कानिँदै भनिन्, ‘मेरो तुहिएको बच्चा कसले ल्याइदिन सक्छ ?’

गत साउन १९ को बिहान स्थानीय सफिद मन्सुरी र उनका छोरा सदिकले खेतमा गएका बेला कुटपिट गरेका कारण आफ्नो गर्भ तुहिएको उनको दाबी छ । टोलभन्दा पश्चिम नहरको छेउमा रहेको खेतमा लगाइएको धान बालीमा पशुचौपाया चराएको तथा बाली मासिने गरी माछा मारेको देखेपछि आफूले धान क्षति हुने गरी किन माछा मारेको भन्दा बाबुछोराले आफूलाई निर्घात कुटपिट गरेको उनको भनाइ छ । ‘जेनतेन खेतमा रोपाइँ गरेको थिएँ, धानको बोट भर्खर चलेको थियो, त्यो बेला बोट मडारिने गरी माछा मारेको देख्दा मन रोयो,’ उनले भनिन्, ‘त्यही विषयमा भन्दा मलाई कुटपिट गरियो ।’

कुटपिटपछि आफू घर आउँदा अत्यधिक रक्तस्राव भएको उनले सुनाइन् । ‘धेरै रगत बगेपछि म उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज गएँ तर कोरोना संक्रमणका कारणले अस्पताल बन्द थियो,’ उनले भनिन्, ‘त्यसपछि म माइती गएँ, त्यहाँ स्थानीय औषधि पसलबाट औषधि किनेर खाएँ ।’ अस्पताल खुलेपछि जाँच गराउँदा आफ्नो गर्भ तुहिएको स्वास्थ्यकर्मीले बताएको उनले सुनाइन् । ‘अस्पतालमा मलाई भिडियो एक्सरे गर्न भने,’ उनले भनिन्, ‘रिपोर्टमा गर्भ तुहिएको देखियो ।’

उपचार गरेर फर्केपछि वडाध्यक्षलगायत समाजका अगुवाहरूलाई आफूमाथि भएको अन्यायबारे सुनाइन् । वडाध्यक्षले कानुनी उपचार खोज्न सुझाए । तर गाउँका अन्य केहीले भने पञ्चायती डाकेर गाउँमै समस्या समाधान गर्न भने । पञ्चायतीले निसाफ दिलाउला भन्ने आशा सञ्जुलाई भएन । ‘मेरो गर्भको बच्चा संसारमा आँखा नखोल्दै मारियो,’ उनले भनिन्, ‘यो अपराधलाई पञ्चायतीले कहाँ न्याय दिन सक्छ ?’

गाउँमा भएका अपराध गाउँमै मिलाउन खोज्ने पञ्चायतीलाई जोड बलले छल्दै सञ्जुले जिल्ला प्रहरी कार्यालय सप्तरीमा पीडकमाथि कारबाही होस् भनी उजुरी दिएकी थिइन् । त्यसउपर प्रहरीले कानुनी कारबाही चलाउला भन्ने सञ्जुलाई लागेको थियो । तर, त्यसविपरीत प्रहरीले नै पञ्चायती गुहारेपछि न्याय पाउने उनको आसमा बज्रपात भएको छ । ‘तिलाठी भन्सारस्थित प्रहरी चौकीबाट पञ्चायती बस्न आउन मलाई भनियो,’ उनले भनिन्, ‘त्यहाँ पुग्दा मलाई कुट्ने र अरू पाँच–सात जना पुरुषहरू पनि थिए । सुरुमा कुटपिट गरेको उनीहरूले स्विकारेनन्, पछि एक–दुई थप्पड हानेपछि हो भने ।’ आफू कानुनी कारबाही हुनुपर्ने पक्षमा रहेको भन्दै सञ्जुले मिल्न अस्वीकार गरिन् ।

Your Views
Related News