मुम्बई : बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ।
समाचारअनुसार दुवैविरुद्ध सुनको अफर प्रकरणमा एक लगानीकर्ताले ठगीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन्। एनआरआई सचिन जोशीले खार पुलिसमा हालै शिल्पा दम्पतीविरुद्ध उजुरी दिएका हुन्। उजुरीमा शिल्पा दम्पती आबद्ध सतयुग गोल्ड प्रालिले ठगेको जोशीले आरोप लगाएका छन्।
अभिनेत्री शिल्पाले आरोप झुटो र आधारहीन भन्दै खण्डनसमेत गरेकी छन्। ‘सत्य चाँडै बाहिर आउनेछ’, उनले भनिन्, ‘सतयुग गोल्ड प्रालिले समयमा आफ्ना उपभोक्ताको अर्डर पूरा गर्छ। हामीले एक किलो सुन डिपोजिट पनि गरेका थियौं। बरु त्यसको पैसा सचिन जोशीले तिर्न बाँकी छ।’
READ MORE
उदयपुरमा ४० बेडको कोभिड अस्पताल बन्दै
उदयपुर : कोभिड अस्पताललाई स्थायीत्व दिन चौदण्डिगढी नगरपालिकाले स्थायी संरचनाको सुरुवात गरेको छ । आपत्तकालिन अबस्थामा जिल्लाका आठवटै स्थानीय तहको सहयोगमा अस्थायी संरचनाबाट उपचार केन्द्रको सुरुवात गरेको नगरपालिकाले स्थायीरुपमा अस्पताल भवनको निर्माण सुरु गरेको हो ।
नगरपालिकाले सुरुवातीचरणमा उदयपुर जिल्ला कोरोना भाइरसकको इपिसेन्टर बन्न पुगेपछि जिल्लामा संक्रमितको उपचारकालागि आइसोलेसन सेन्टर तयार गरी सेवा सुचारु गर्दै आएको थियो । संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले दुई सातायता आधुनिक डिजाइनको सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण कार्य सुरुवात गरेको मेयर खगेन्द्र राईले जानकारी दिए ।
३ करोड १२ लाख रुपैयाँ लागतमा नगरपालिकाले स्टिल फ्रेम स्टक्चरको अस्पताल भवन निर्माण सुरु गरेको उनले बताए । १४ कोठाको अस्पताल भवनमा ४० वेड रहने व्यावस्था मिलाइएको छ । छिमेकी जिल्ला खोटाङ्ग, ओखलढुंगा र सोलुखुम्बु जिल्लाका संक्रमितलाई समेत लक्षित गरी स्थानीयस्तरमै उपचार गर्ने उद्देश्यले अस्पताल निर्माण गरिएको मेयर राईले बताए ।
‘अस्पताल ८ वेड भेन्टिलेटरसहित सुविधा सम्पन्न हुनेछ,’ उनले भने, ‘ट्रिटमेन्ट प्लान्टसहितको पानी प्रशोधन केन्द्र रहने अस्पतालमा छुटै ओपिडिको व्यवस्था गरिएको छ।’ जिल्लाका कोरोना सक्रमित विरामी उपचारका लागि धरान, बिराटनगर पुग्दा थप पीडामा परेको, वेवास्ता गर्ने गरेको, कतिपय अवस्थामा ठाउँ छैन भन्दै अपमानित ढंगले फर्काउन थालेपछि भवन निर्माण सुरु गरिएको उनको भनाइ छ ।
उपचारका लागि बाहिर जानु नपरोस् र उपचार अभाव ज्यान नगुमोस् भन्ने उद्देश्यले अस्पताल निर्माण गरिएको उनले बताए । आगामी कार्तिक १४ गतेसम्म सम्पन्न हुनेगरी निर्माण कम्पनीसग सम्झौता गरिएको नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईले बताए । अस्पताल धुलिखेल ‘सुसम आदित्य’ रेग्मीकन्ट्रक्सन जेभीले २ करोड ६८ लाख रुपैयाँमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको हो ।
अस्पताल निर्माणक लागि उदयपुरका ४ नगरपालिका कटारी, त्रियुगा, चौदण्डीगढी र वेलकाले १५/१५ लाखका दरले ६० लाख रुपैयाँ, ४ गाउँपालिका रौतामाई, उदयपुरगढी, ताप्ली र लिम्चुङवुङले १०/१० लाखका दरले ४० लाख समेत १ करोड रुपैयाँ लागानी गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।
त्यसैगरी स्वीस सरकारको डेढ करोड रुपैयँ सहयोग रहेको नगर प्रमुख राईले बताए । उनले बाँकी अपूग रकमका लागि स्रोत खोज्ने काम भइरहेको बताए । अस्पतालका लागि प्रदेश र संघीय सरकारको समेत सहयोग प्राप्त हुनेमा विश्वास लिएको उनले बताए ।
अस्पताल निर्माण सुरु भएको तीन सातामा मुख्य भवनको प्लिन्ट विम सम्मको कार्य सम्पन्न भइसकेको छ । ‘मुख्य भवनको प्लिन्ट विम, सेप्टिक टयाङक र अण्डर ग्राउण्ड वाटर टयाङक निर्माण ५० प्रतिशत काम भइसकेको छ ।’ अहिले स्टिलको कार्य (मोडने/जोडने) काम सकिएको र अब राख्ने काम हुँदै गरेको उनले बताए ।
निर्धारित समयमै काम सम्पन्न गरि भवन हस्तारणन्तरण गरिने कम्पनीकाका प्रतिनिधि अमृत खडकाले बताए । ‘अस्पताल निर्माणको काम निर्धारित समयमै सकिन्छ,’ उनले भने, ‘कोरोन संक्रमण रोकथामा तथा नियन्त्रणका लागि अस्पताल निर्माण गरिएकाले निर्धारित समयमै काम सक्नु हाम्रो पनि दायित्व हो ।’
अस्पताल निर्माण भइरहेकै स्थानमा अहिलेपनि आइसोलेसन केन्द्र संचालन गरिएको छ । २५ जना संक्रमितलाई उपचार गर्न सकिने आइसोलेसनमा अहिलेसम्म ५५ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएको नगरपालिकको स्वास्थ्य शाखाले जनाएको छ । जिल्लामा हालसम्म १ सय १८ जना संक्रमित छन् ।