विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गर्ने पर्वतारोही निर्मल पूर्जा संविधान दिवसको अवसरमा पदकबाट विभूषितको सूचीमा परेका छन्। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पूर्जालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा किर्तिमय राष्ट्रदिप पदकबाट विभूषितको घोषणा गरिएको हो।

गतवर्षको बैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गरेका पूर्जाले म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गर्ने पहिलो म्याग्देली समेत हुन्।

उनले धौलागिरी हिमालमा विना अक्सिजन आरोहण गरेका थिए। विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरी किर्तिमानी कायम  गरेका थिए। विभूषित पूर्जाले आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ।

त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ। हालसम्म विश्वमा कुनैपनि आरोहीले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड छैन। आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरी चर्चा कमाएका पूर्जाको नाममा करिब आधादजर्न किर्तिमानी छन्।

को हुन् पुर्जा?

बाल्यकालनमा समेत गाउँघरमा अग्ला रुख चढ्ने गरेका पूर्जाले आधारभुत तहको शिक्षा चितवनमा अध्ययन गरेका थिए। गाउँ नजिकै रहेका ठूला पहाडमा डोरीको सहायतामा उक्लिने गरेका पूर्जाले बाल्यकालदेखि नै दौडसहितका कार्यक्रमहरुमा सक्रियता देखाउने गरेका थिए। सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए।

कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए। क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए।

उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन्। अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी वर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन्। गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए।

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए। उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत ब्यवस्थापनमा सघाउने गरेका छन्।

READ MORE

डा. केसीको स्वास्थ्यलाभको कामना गर्दै जुम्लामा दिपप्रज्वलन

चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा ६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यलाभको कामना गर्दै जुम्लामा दिपप्रज्वलन गरिएको छ। जिल्ला सदरमुकाम खलंगाको बालमन्दिर नजिकै जुम्लाका युवा, नागरिक समाज र डा. केसीका समर्थक तथा शुभचिन्तकले दिप प्रज्वलन गरेर स्वास्थ्य लाभको कामना गरेका हुन्।

सडकमा ‘हामी गोविन्द केसीको समर्थक’ लेखेर दिपप्रज्वलन गरेका हुन्। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत डा. केसीलाई तत्काल अस्पताल लैजान माग गरेका हुन्। उनले भने,‘डा. केसीको स्वास्थ्य अवस्था गम्भीर छ। दिनानुदिन स्वास्थ्य विग्रदै गइरहेको छ। सरकार संवेदनशिल बनिरहेको छैन। यो जतिको सरकारी गैरजिम्मेवारी केही पनि होइन।’

डा. केसीको स्वास्थ्य सुधारका लागि सरकारलाई दिप्रज्वलन गरेर दवाव सिर्जना गरिरहेको नागरिक समाज जुम्लाले जनाएको छ। डा. साप जनताको स्वास्थ्य अधिकारका लागि लडिरहेका छन्। सरकार जनताको माग प्रति उदासिन छ। अध्यक्ष महतले थपे,‘केसीलाई मर्न दिदैनौँ। सरकारले समयमै अस्पतालसम्म लगेर ज्यान बचाउनुपर्छ।’

जिल्लास्थित युवा क्लव, सर्वसाधारण सबैले डा. केसीको सत्याग्रहमा समर्थन जनाएका छन्। नागरिक समाज जुम्ला र युवाहरुले डा. केसीको सत्याग्रहको पक्षमा हस्ताक्षर संकलन गरिरहेका छन्। डा. केसीको सहयोगी महेन्द्रबहादुर कार्कीका अनुसार सत्याग्रह स्थलमा पनि समर्थकहरुको निकै भिड लाग्ने गरेको छ। सरकार डा. केसीको सत्याग्रह प्रति बेखवर बनिरहेको छ। तर जुम्ली जनता र डा. केसीको समर्थक सुभेच्छुक सबै जिम्मेवारीपूर्वक साथ दिइरहेका छन्।’

डा. केसी गाउँगाउँमा पुगेर नागरिकको स्वास्थ्य उपचारमा खटिएका छन्। विशेषज्ञ सेवा पाउन नसकेकालाई गाउँमै सेवा दिए। सर्वसाधारणको घरघरमा मिठोमसिनो खाए। युवा नेता तथा समाजसेवी लक्ष्मण शाहीले भने,‘डा. केसीले सर्वसाधारण प्रति गरेको सेवा निकै अनुकरणीय रहेको बताए। उनले भने,‘पहिलो चरणमा हस्ताक्षर संकलनको काम भयो। त्यसपछि दिपप्रज्वलन गरेर स्वास्थ्य लाभको कामना गरियो। डा. केसीको स्वास्थ्यमा खेलबाड हुँदै गए सडकमा उत्रेर संघर्षका कार्यक्रम गर्न बाध्य हुनेछौँ।’

डा. केसी अनसन बसेको बाबिरा मन्दिर र बालमन्दिरमा एकै साथ हस्ताक्षर संकलन कार्य भइरहेको छ। डा. केसीको अनसन प्रति निजी क्षेत्रको पनि समर्थन छ। कोराना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै सामाजिक तथा ब्यक्तिगत दूरी कायम गरेर मात्र डा. केसीलाई भेट्ने व्यवस्था मिलाइएको छ। ६ मिटर टाढाबाट डा. केसीलाई भेट्ने व्यवस्था मिलाइएको छ।


Your Views
Related News