काठमााडौं । डिशहोमले आफ्ना ग्राहकका लागि ‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ नामक अफर सञ्चालन गरिरहेको छ । यस अफरलाई डिशहोमले दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।

यस अफरमा डिलर दाई मार्फत फन्ड ट्रान्सफरबाट वाार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ भने २ वर्षे रिचार्जमा विक्ली लक्की ड्मा डबल मौका प्राप्त हुनेछ ।

हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु. एक/एक लाख नगद उपहार यस अफर मार्फत जित्नेछन् ।

साप्ताहिक लक्की ड्रको विजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको सिएएस आईडीको आधारमा गरिन्छ ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नं. १०० र रमाइलो टिभीमा साप्ताहिक ड्रकाे प्रत्यक्ष प्रसारण हुनेछ ।

अनलाइन मार्फत ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराइने छ ।

फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेका डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

READ MORE

काठमाडौं। सूचना प्रविधिको तीव्र विकासले उत्पादन विकास र सेवा प्रवाहमा नवीनता, सरलता र सहजता ल्याएको छ । सूचना प्रविधिलाई विभिन्न क्षेत्रमा अंगीकार गर्दै अघि बढ्ने क्रममा हाम्रो अर्थतन्त्रमा वित्तिय सेवा, व्यापार, उत्पादनमा प्रविधिको उपयोग अभिन्न अङ्ग बन्दै गएका छन् ।

यसले अर्थतन्त्रको रुपान्तरण र तीव्र विस्तारमा समेत सहयोग पुर्‍याएको छ । यसै सन्दर्भमा काठमाडौंमा कार्तिक १ गते ‘डिजिटल ईकोनोमी कन्क्लेभ, २०२०’ आयोजना हुने भएको छ ।

ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको कार्यक्रममा डिजिटल ईकोनोमी, यसको भविष्य, सम्भावना र चुनौतीका बारेमा सबै सरोकारवालाबीच छलफल गरिनेछ ।

कार्यक्रममा अर्थतन्त्रको डिजिटाइजेसनको सम्भावना, यसको आगामी बाटो, आवश्यक सकारात्मक नीतिगत हस्तक्षेप तथा डिजिटाइजेसनले सिर्जना गर्ने अवसरका बारेमा सरोकारवालाहरु माझ सघन छलफल हुने आयोजक संस्था ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहन गजुरेलले जानकारी दिए ।

कन्क्लेभमा विभिन्न विषयका विज्ञहरुले उनीहरुको हालसम्मको यात्रा, अनुभव, नियमनकारी निकायहरुद्वारा गर्नुपर्ने नीतिगत व्यवस्था लगायतबारे आफ्ना अनुभव र विचार आदानप्रदान गर्नेछन् ।
वित्तिय सेवा, भुक्तानी सुविधा, ईकमर्श सम्बन्धित नीति, नियममनका व्यवस्था, अभ्यास तथा व्यवसायलाई सहजीकरणका सबन्धमा कन्क्लेभमा छलफल हुनेछ ।

नेपाली ईकमर्श इकोसिस्टमका सबै सरोकारवालाहरुको सहभागिता रहने यस कन्क्लेभले नेपालमा डिजिटल ईकोनोमीका बारेमा नयाँ बहस शुरु गर्ने विश्वास आयोजकको छ ।

नेपालमा डिजिटल भुक्तानी, डिजिटल बैंकिङ, ईलर्निङ र ईकमर्शले क्रमशः व्यापकता पाएको छ ।

कोरोना भाइरस महामारी तथा यसलाई नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी/निषेधाज्ञाले अर्थतन्त्रका प्राय सबै अवयवलाई नराम्ररी प्रभावित पारिरहँदा नेपालमा ईकमर्स र डिजिटल बैंकिङ भने फराकिलो हुदै गएको छ ।

कोरोना महामारीका कारण नेपालीलाई विद्युतीय भुक्तानी प्रणालीका बारे जानकारीका साथै यसको प्रयोगको अनुभव समेत गरायो ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्नुपर्ने बाध्यता सिर्जना गरेको छ ।

घरमै बसी बैंकमा खाता खोल्ने तथा शेयर कारोबार गर्ने, मोबाइलबाटै रकम स्थानान्तरण (ट्रान्सफर) गर्ने, मोबाइल वालेटमार्फत् भुक्तानी गर्ने लगायतका नयाँ सेवाहरुमा नेपालीहरु विस्तारै अभ्यस्त हुदै गएका छन् ।

अनलाइन कारोबार तथा अनलाइन भुक्तानीको बढ्दो प्रयोगले साइबर सेक्युरीटी ईकमर्सको महत्वपुर्ण हिस्सा रहेको तथ्य उजागर गरेको सन्दर्भमा नेपालमा अनलाइन कारोबार हुने/हुनसक्ने ठगीलाई नियन्त्रण गर्न आवश्यक पर्ने कानुनी व्यवस्थाका बारेमा समेत कनक्लेभमा विस्तृत छलफल हुनेछ ।

डिजिटल इकोनोमीबारेको कन्क्लेभ भएकाले यसको आयोजन पनि डिजिटल माध्यमबाटै गरिनेछ ।

कन्क्लेभमा डिजिटल अर्थतन्त्रका सम्भावना र चुनौतीका अतिरिक्त, ईकमर्स, भुक्तानी सेवा र यसको ईकोसिस्टम, डिजिटल बैंकिङ, कोभिड–१९ ले दर्शाएको डिजिटल अर्थतन्त्रको आवश्यकता र अनलाइन शिक्षा जस्ता विभिन्न ६ ओटा सत्रहरु सञ्चालन हुनेछन् ।


Your Views
Related News