वासिंटन : अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा ह्वाइटहाउसमा केही शंकास्पद चिठीहरु आएको बताइएको छ । ती चिठी राष्ट्रपतिका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको नाममा आएका छन् ।

 

अमेरिकी अधिकारीहरुले पछिल्लो साता ह्वाइट हाउस र केही विभागहरुमा विषालु केमिकल सहितको खाम आएको बताएका हुन् । यसअघि पनि यस्ता चिठी आएको भए पनि यस पटक कहाँबाट कसले पठाएको भन्नेबारे स्पष्ट प्रमाण भेटिएको छैन ।

यद्यपि क्यानडाबाट एक महिलाले पठाएको हुनसक्ने आशंका सहित त्यसबारे गोप्य रुपमा छानविन गर्न थालिएको छ । साथै आतंकवादी गतिविधि पनि हुनसक्ने सम्भावना बारे पनि अनुसन्धान गरिने बताइएको छ ।

तर यस्तो गतिविधिलाई ह्वाइट हाउसले राष्ट्रपतिमाथि षड्यन्त्र गरिएको रुपमा व्याख्या गरेको छ । जसका लागि स्थानीय हुलाक प्रणालीको प्रयोग गरिएको ह्वाइटहाउसका अधिकारीले जनाए ।

अमेरिकी मिडियाका अनुसार वासिङटनमा आतंकवादविरुद्धको संयुक्त दस्ताले यस घटनाको जाँच गरेको छ । साथै न्युर्योक प्रहरीले पनि छानविनमा सहयोग गरिरहेको बताएको छ । उनीहरुले छानविन प्रारम्भिक चरणमा भएकाले घटनाबारे यकिन भइनसकेको बताइएको छ ।

२०१८ मा पनि अमेरिकी रक्षामन्त्री जिम म्याटिसलाई यस्ता शंकास्पद खाम अचानक आएका थिए । ती चिठी पठाइएको घटनाको मुद्दा अझै अदालतमा छ । यस्तै २०१३ मा तत्कालिन राष्ट्रपति बाराक ओबामा र एक रिपब्लिकन सिनेटरलाई पनि यस्ता किसिमका खाम आएका थिए ।

READ MORE

उदयपुरमा ४० बेडको कोभिड अस्पताल बन्दै


Your Views
Related News