असोज ४, २०७७ आजभन्दा ठीक चार वर्ष अगाडि अन्धकारको साम्राज्य हटाएर देशलाई उज्यालो दिन उदाएका थिए कुलमान। उनी नेपाल विद्युत् प्राधिकरणमा प्रमुख कार्यकारीको पदबाट आउनुअघि उनको नाम कमैमात्र सुनिन्थ्यो। चार वर्षे समयावधि सकिएर बिदा हुनु सामान्य प्रक्रिया हो तर यसलाई नागरिक समाजले सामान्य मानेन।

किनकी, नेपाल विद्युत् प्राधिकरण अब कुलमान र उज्यालोको पर्यायले परिचित भइसकेको छ।  कुलमान अघि त्यो संस्थामा कसरी, कसले, कसलाई, के को आधारमा नियुक्ति गर्थ्यो नियुक्ति गर्नेले नै जाने होलान्। जुन संस्थाले लामो समय नागरिकलाई अन्धकारमा राख्‍न सफल भएको थियो, त्यहाँ कुलमानको प्रवेशपछि मात्र उज्यालो पाएर अन्धकारको युग अन्त्य भएको सबैले महसुस गरे। यसको मर्म अन्धकारमा पढ्न बाध्य विद्यार्थी, अँध्यारो भान्छामा काम गर्न बाध्य गृहिणी, राइस कुकरको भात आधा पाक्दै गर्दा बत्ती गएर छोराछोरीले स्कूल छुटाउनुपर्ने अवस्था, लोडसेडिङ कार्यतालिका घरका ठाउँ ठाउँमा टाँसेर समय समयमा नजर लगाउन बाध्य हुनुपर्ने अवस्था भोगेका कर्मचारी र व्यवसायी सबैको नजरमा कुलमान उज्यालोका पर्याय हुन्।

आफ्नो कार्यकाल सकिएपछि बिदा हुनु नौलो कुरा होइन तर कुलमानलाई बिदा गर्न सबैलाई कठिन हुनुको कारण हो कुलमानको ठाउँमा अर्को कुलमान उदाउन सक्छन् भन्‍ने विश्वास धेरैलाई छैन। कुलमान नै चाहिएको पनि होइन, हामीलाई उज्यालो चाहिएको हो। तर कुलमानकै ठाउँमा आउने व्यक्तिले पनि उज्यालो दिन सक्छ भन्‍ने विश्‍वास कसरी गुम्यो? यो सरकारको कमजोरी, काम गर्ने शैली, कर्मचारी नियुक्तिको प्रवृत्ति, कुशल व्यवस्थापनको अभाव र भ्रष्ट आचरणको बिगबिगीप्रतिको प्रश्‍न र अविश्वास हो।

कुलमान अघि त्यो संस्थामा कसरी, कसले, कसलाई, के को आधारमा नियुक्ति गर्थ्यो नियुक्ति गर्नेले नै जाने होलान्। जुन संस्थाले लामो समय नागरिकलाई अन्धकारमा राख्‍न सफल भएको थियो, त्यहाँ कुलमानको प्रवेशपछि मात्र उज्यालो पाएर अन्धकारको युग अन्त्य भएको सबैले महसुस गरे। कुलमानले जे गरे एक्लै गरेनन्, उनको समूह मिलेर गर्यो, कुलमानले केवल व्यवस्था र प्रणालीलाई नागरिक मैत्री बनाएर काम गरे जुन कुरा उनले स्वयं उल्लेख गर्दै आइरहेका छन्। तैपनि कुलमान किन लोकप्रिय बन्‍न सफल भए जवाफ एकएक गरेर दिन सकिन्छ। ऊर्जाको सदुपयोग एकपटक मुल्लानसरुद्दिन घोडा चढेर सहरतिर जाँदै थिए।

 

 

बीच बाटोमा घोडा टक्क अडियो र बोल्यो-ओहो कस्तो गर्मी! मुल्ला अचम्ममा परे, घोडा मानिस झैं बोल्दै छ। यताउता हेरे कोही देख्दैनन्। घोडाको आवाज मानिसकै जस्तो सुनेर उनी पत्यारै गर्न सकिरहेका थिएनन्।  नजिकै एउटा कुकुर थियो। मुल्लाले कुकुरलाई सोधे- तिमीले सुन्यौ यो घोडाले बोलेको?’ कुकुर फेरि मानिस झैं बोल्यो-अँ, यो घोडा सधैं मौसमको बारेमा बोलिरहन्छ तर काम केही गर्दैन। उसले बोलेर परिवर्तन केही भएको होइन। मुल्ला अब अरु चकित परे, यी जनावरहरू कसरी मानिस झैं बोलिरहेछन्? पतञ्‍जलि योग सूत्रमा ओशोले बडो प्रस्ट तरिकाले बताउनु हुन्छ -मानिस पनि यस्तै छन् यो छ,  त्यो छ, यो गर्छु,  त्यो गर्छु बोल्छन् तर काम गरेर देखाउँदैनन्। ऊर्जा जति बोलेर नै खेर फालेका छन्। ऊर्जाको पहिचान र चुहावटलाई कहिल्यै ख्याल गरेका छैनन्। हो, कुलमानले भने चुहावट भएको ऊर्जाको सदुपयोग गरी जनतालाई उज्यालोमा राख्‍न सफल भएका मात्र हुन्।  सरकारी संस्थानमा कुन पद खाली हुन्छ, कसको सरुवा या पदावधि सकिन्छ, त्यहाँ को आउँछ खासै चासोको विषय हुँदैन नागरिकको लागि।

किनकि त्यहाँ जसले काम गर्छ, उसको मर्जीले, स्वार्थले गर्छ भन्‍ने बुझाइ आम नागरिकको छ। तर, कुलमानको पुनरागमन किन चाहे नागरिकले ? किनकि उनको ऊर्जाले बोल्ने मात्रै काम गरेन, त्यो ऊर्जा व्यवहारमा उतारे, नागरिककै हितमा सदुपयोग गर्न सफल भए। ऊर्जाका पर्याय कुलमान  संसारको सृष्‍टि, मानवीय र अस्तित्वगत जति पनि क्रियाकलाप छन्, ती सबै ऊर्जाका परिणाम हुन्। बिना ऊर्जा केही पनि सम्भव छैन। हरेक माध्यमबाट ऊर्जाले नै काम गरिरहेको छ।  भएको ऊर्जालाई सही तरिकाले अधिकतम रुपमा प्रयोग गर्ने या भएको ऊर्जालाई प्रयोग नगरी चुहावट हुन दिने त्यो व्यक्तिको प्रवृत्तिमा निर्भर गर्छ।  नेपालको प्रसङ्गमा ऊर्जा र कुलमान एक अर्काका पर्याय हुन् भन्दा अनुपयुक्त हुँदैन।

किनकी उनले आफ्नो ऊर्जालाई देश र जनताको कल्याणमा लगाएर एउटा नयाँ आयामले देश र जनताको हित हुने काम गरे। उनीभन्दा अगाडिका कर्मचारीले जस्तो देश र जनतालाई अन्धकारमा राख्ने कुचेष्टा गरेनन्, जनतालाई ठग्ने, भ्रष्ट आचरणजस्ता काममा आफ्नो ऊर्जा लगाएनन्।

उनले विद्युत् अभावको मार खेपिरहेका जनताबाट व्यापक समर्थन मात्र प्राप्त गरेनन्, विद्युत् माफिया, कमिशनखोर एवम् विद्युत् प्राधिकरणका भ्रष्ट कर्मचारीलाई जनतासामु प्रस्तुत गर्ने  काम पनि गरे।  कुलमानको यो भित्री ऊर्जाले जनताको भलो हुने काम गर्यो भने हाम्रै विद्युत् ऊर्जाको हामीले नै उपयोग गर्ने अवसर पायौं। जलश्रोतको धनी देशका बासिन्दालाई बत्तीमुनिको अँधेरो झैं सधैं अन्धकारमा बाँच्न विवश प्रतिकूलतालाई अनुकूलतामा परिणत गर्न सफल भए। सामान्य रुपले हेर्दा उनले नयाँ केही गरेका छैनन्। एउटा कर्मचारीले निभाउनुपर्ने कर्तव्य र दायित्व नेपाली जनताप्रति निभाएका छन् त्यो पनि एक्लै होइन आफ्ना सहयोगी कर्मचारीकै सहयोगमा तर पनि सबैका लागि एक महान नायक बन्‍न सफल भए। संख्यात्मक होइन गुणात्मक काम कुलमानले आफ्नो चार वर्षको कार्यकालमा ३४ अर्ब नोक्सानमा रहेको विद्युत् प्राधिकरणलाई ५ अर्ब संचित नाफामा पुर्‍याउनुको साथै १८ घण्टासम्म भइरहेको लोडसेडिङ अन्त्य गरे।

एसियाली विकास बैंक, विश्व बैंक, युरोपियन इन्भेष्टमेन्ट बैंक, केएफडब्लु, नोर्याड, जाइका, इन्डियन एक्जिम बैंक, एसियाली पूर्वाधार लगानी बैक, आदि बैंकहरुको करिब २ खर्बभन्दा बढीको लगानीमा काम भइरहेकोमा प्राधिकरण आन्तरिक श्रोतबाट मात्रै प्रत्येक वर्ष करिब १० अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने चाँजो मिलाए।

३ अर्बको हाराहारीमा विभिन्न सहायक कम्पनीहरूमा स्वपुँजी लगानी गर्न सक्ने अवस्थामा पुर्‍याए।  उनले प्राधिकरणको सम्पत्तिको मूल्यांकन सुरु गराए। ‘उपयुक्त स्थानमा उपयुक्त व्यक्ति’ भन्‍ने अवधारणाका आधारमा जिम्मेवारी दिन सुरु गरे। प्राधिकरणले ग्राहकलाई दिने सेवामा सुधार गर्न, विद्युत् चुहावट नियन्त्रण, विद्युत् महसुल बक्यौता असुली, विद्युतीकरण लगायतलाई मुख्य मानक मानी ग्राहक तथा वितरण केन्द्र प्रमुखसँग कार्य सम्पादन सम्झौता सुरु गरे। यसबाट चुहावट नियन्त्रण, विद्युतीकरण, सेवाप्रवाह लगायतमा सुधार हुनपुग्यो।  सामान्य रुपले हेर्दा उनले नयाँ केही गरेका छैनन्।

एउटा कर्मचारीले निभाउनुपर्ने कर्तव्य र दायित्व नेपाली जनताप्रति निभाएका छन् त्यो पनि एक्लै होइन आफ्ना सहयोगी कर्मचारीकै सहयोगमा तर पनि सबैका लागि एक महान नायक बन्‍न सफल भए। प्राधिकरणभित्र आर्थिक एवं प्रशासनिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइसाथ लागू गरे।

प्राधिकरणको संस्थागत सुधार एवं पुनर्संरचना गर्न र क्षमता एवं दक्षता अभिवृद्धि गर्न संस्थागत विकास योजना लागू गर्नमा पनि उनको महत्त्वपूर्ण भूमिका रह्यो।​उनले भन्दै आएका छन् यो मैले एक्लै गरेको होइन, मैले नेतृत्व लिएका कारणले सबैको सहयोगमा सम्भव भएको हो। नेतृत्व क्षमता, व्यवस्थापकीय कुशलता, प्रणालीगत संरचना, विश्वसनीयता, निष्ठावान् र इमानदारिता यतिले मात्रै लोकप्रिय हुँदोरहेछ व्यक्ति, त्यसको उदाहरण हुन पुगे।  परिवर्तनका पर्याय  ‘तमसोमा ज्योतिर्मय’ अन्धकारबाट उज्यालोका परिवर्तनकार हुन् कुलमान। किनकि योभन्दा अगाडि यो सम्मान कसैले हात पार्न सकेनन्।

राज्य व्यवस्थादेखि लिएर कयौं परिवर्तन भोगिसकेको देशले नागरिकको सहयोग र मूल्याङ्कनकै आधारमा परिवर्तन ल्याउन सफल भएको भन्‍ने कुरालाई बिर्सनु हुँदैन।  कयौं पद र स्थानमा कृपावादको नाममा पटकपटक नातावादले प्रश्रय पाइरहँदा अनुकरणीय काम गर्ने कुलमान फेरि दोहरिनुपर्छ कि पर्दैन ? यो नागरिकको आवाज र सामाजिक मूल्यांकन हो।  हामीलाई एउटा कुलमान होइन सयौं कुलमान चाहिएको छ। प्रत्येक क्षेत्रको सुशासनका लागि सबै स्थानमा कुलमानरूपी प्रशासनिक नेतृत्वको खाँचो छ, तर पनि नागरिक समाजले कुलमानको विकल्प नै नदेख्ने गरी विकास भएको प्रणालीबारे एकपटक सोच्नुपर्ने समय आएको हो।  विचौलिया, दलाली, र भ्रष्टाचारलाई चुनौती स्वरूपको माग हो, कुलमानको माग। कुलमान व्यक्तिको रूपमा होइन, उज्यालोको पर्यायका रूपमा चाहिएको हो नागरिक समाजलाई।


Your Views
Related News