रमेश प्रसाईं र कल्पना दाहालको इन्द्रेणीमै ब’स्यो माया प्रेम” हेर्नुहोस भिडियो !
काठमाडौं / एबिसी टेलिभिजनबाट प्रसारित लोकप्रिय कार्यक्रम ‘इन्द्रेणी’ मा रमेश प्रसाईं र कल्पना दाहालले गाएको दोहोरी गीत अहिले चर्चामा रहेको छ । युट्युबमा सार्वजनिक गरिएको केही घन्टामै लाखौंले हेरेको उक्त दोहोरीमा नवराज घोरासैनि, इन्दिरा गुरुङ र मिना प्रसाईंको निकैनै लोकप्रिय गीत “हुम्का चिलिमले” भाकामा रमेश प्रसाईं र कल्पना दाहालले दोहोरी गाएका छन् ।

रमेश प्रसाईं गायक त हैन तरपनि उनको दोहोरी कुनै गायकको भन्दा कम चाहिँ छैन , प्रसाईं पब्लिक स्पिकर नेपालमा बिजेता समेत हुन् । यसअघि पनि रमेश प्रसाईंले इन्द्रेणीमा खिमा रोका मगर सँग “खोटाङ जिल्ला दिक्तेल बजार” बोलको भाकामा दोहोरी गाएका थिए । उक्त दोहोरीलाई पनि युट्युबमा लाखौं पटक हेरिएको छ ।

कोरोना महामारी रोकथामका लागि नेपाल सरकारले जारी गरेको लकडाउनमा पनि विभिन्न गरिब दुखीलाई सहयोग गर्दै अगाडि बढिरहेका इन्द्रेणी टिमले पछिल्लो समय बाढी पहिरो पीडितहरुलाई पनि सहयोग गर्दै आइरहेको छ । रमेश प्रसाईं र कल्पना दाहालको रोचक दोहोरी हेर्नुहोस् । हेर्नुहोस पुरा भिडियोमा :


Your Views
Related News