सेलेना मारी गोमेज एक अमेरिकी गायिका, अभिनेत्री र निर्मात्री हुन्। बालबालिकाहरूको लागि बनाइएको टेलिभिजन कार्यक्रम “बार्नी र फ्रेन्ड्समा” देखा पर्दा उनले एलेक्स रुसोको चरित्रले उक्त डिज्नी च्यानलको टेलिभिजन सीरीज विजार्ड अफ वेभर्ली प्लेसमा अभिनय मार्फत व्यापक पहिचान पाएकि थिइन् जुन सन् २००७ देखि २०१२ सम्म चार सिजनसम्म लागि प्रसारण भएको थियो।

उनको पूर्व ब्यान्ड सेलेना गोमेज एण्ड द सिनसँग उनले ब्यान्डको प्रकाशित एलबमहरू मध्ये, किस एण्ड टेल (२००९), अ इयर्स विथआउट रेन (२०१०) र व्हेन द सन गोज डाउन (२०११) लाई बिलबोर्ड २०० चार्टको शीर्ष १० मा पुगाउन सफल भएका थिए। एकल कलाकारको रूपमा, उनका दुईवटा एल्बमहरू स्टार्स डान्स (२०१३) र रिभाइभल (२०१५) बिलबोर्ड २०० को शीर्ष स्थानमा पुगेका थिए। उनका प्रकाशित गीतहरू मध्ये “कम एण्ड गेट इट”, “द हट वान्ट्स ह्वाट इट वान्ट्स”, “गुड फर यु”, “सेम वल्ड लभ”, “हेन्ड्स टु माइसेल्फ”, चार्लि पथसँग “वि डन्ट टक एनिमोर”, र काइगोसँग “इट एन्ट मी” लगायतका ७ वटा गीतहरू बिलबोर्ड हट १००को शीर्ष १० मा पुग्न सफल भएका थिए। बिलबोर्डको एक प्रतिवेदन अनुसार, सेलेना गोमेजले ७ मिलियन भन्दा बढी एल्बमहरू र २२ मिलियन भन्दा बढी एकल गीतहरू बिक्री गरिसकेकी छिन्।

गोमेजको अभियनय कार्यकाल, एनदर सिन्ड्रेला स्टोरी नामक सन् २००८ को अमेरिकी हास्य चलचित्रबाट शुरु भएको थियोे जहाँ उनि प्रमुख भूमिकामा रहेकी थिइन्। त्यस्तै उनले अन्य चलचित्रहरू जस्तै: प्रिन्सेस प्रोटेक्सन प्रोग्राम (२००९), विजार्ड अफ वेभर्ली पलेस:द मुभी (२००९), रमोना एण्ड बिजस (२०१०), मोन्टे कार्लो (२०११), स्प्रिङ ब्रेकर्स (२०११), गेटवे (२०१३) र सन् २०१६ मा द फन्डामेन्टल्स अफ केरिङमा अभिनय गरिसकेकी छिन्।

होटल ट्रान्सलिभेनिया चलचित्रमा उनले माभिस नामक एक चरित्रको रूपमा आफ्नो स्वर दिएकी थिइन्। गोमेजले सन् २०१० मा केमार्टको माध्यमबाट आफ्नै कपडा लाइन र सन् २०१३ मा आफ्नै शीर्षकमा रहेको अत्तर जारी गरेकि थिइन्। सन् २०१७ मा उनले “सेलेना ग्रेस” नामक हाते झोला एक सीमित-संस्करण सङ्ग्रह जारी गरिन् जुन उनले कोच, इङ्क सहयोगमा नमुना बनाएकी थिइन्।

उनले वर्षौ सम्म विभिन्न दानी संस्थाहरूसँग काम गरेकी थिइन् जसले गर्दा उनी मात्रै १७ वर्षको उमेर छँदा युनिसेफको सदस्य बन्न पुगेकी थिइन्। गोमेज सामाजिक सञ्जाल इन्स्टाग्राममा अक्टोबर २०१८ सम्म सबैभन्दा बढी पछ्याइएकी प्रयोगकर्ता थिइन् र अक्टोबर २०१८ पछि उनलाई उछिन्दै पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सबैभन्दा बढी पछ्याइएका प्रयोगकर्ता बन्न सफल भएका थिए। गोमेजले उनको कार्यकालमा, अहिलेसम्म विभिन्न पुरस्कारहरू हात पारेकी छिन् जसमा उनले १ पटक एएलएमए अवार्ड, १ पटक अमेरिकी म्युजिक अवार्ड, १ पटक एमटिभी भिडियो म्युजिक अवार्ड, १ पटक पिपुल्स चोइस अवार्ड, २ पटक बिलबोर्ड वुमन इन म्युजिक अवार्ड र १८ पटक टिन चोइस अवार्डहरू हात पार्न सफल भएकी थिइन्।

यिनै सेलिब्रेटी जसले पाइन्टमै पिसाब फेरिन् भन्दा अचम्म लाग्न सक्छ । सुन्दरी सेलेना गोमेजले एक पटक पाइन्टमै पिसाब फेरेको बताएकी छिन् ।विभिन्न घटनाले चर्चामा आइरहने सेलेनाले पाइन्टमै पिसाब फेरेको बताएपछि फेरी एकपटक चर्चाको विषय बनिन् । बेलायतको एउटा रेडियोसँगको कुराकानीमा उनले यसको खुलासा गरेकी हुन् ।

सेलेना केही दिनपहिले एड सरिनको कन्सर्टमा जान लागेकी थिइन् । तर बिचैमा ट्राफिक जाममा परिन् । त्यहीबेला उनलाई जोडले पिसाबले च्याप्यो । बीच बाटोमै आर्लिएर कता शौचालय खोज्दै हिँड्दै हिँड्नु रु च्याप्दाच्याप्दै पनि उनले पाइन्टमै पिसाब खुस्काइन् । उनी मुस्किलले कन्सर्टमा पुगिन र आफूलाई हलुका पारिन् ।

READ MORE

अनसन बसेका डा गोबिन्द केसी यस्तो देखियो गम्भीर समस्या, अहिले आइसियुमा

काठमाडौ । चिकित्सा शिक्षा सुधारका लागि बर्षौदेखि सरकारसँग माग राख्दै आमरण अनसनमा उत्रनुभएका डा. गोविन्द केसी ७ दिन देखि जुम्लामा १९ औं पटक आमरण अनसनमा बस्नु भएको छ । दुईबर्ष अघि नेपाल सरकारले डा. केसीसँग चिकित्सा शिक्षा सुधार गर्ने बचनबद्धताका साथ गरेको सम्झौता अहिले सम्म कार्यान्वयन नगरेको भन्दै बिषम परिस्थितिमा पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेका कारण पुनः आमरण अनसन बस्न बाध्य भएको उहाँले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उहाँ १२ बुद्धे माग अघि सार्दै गत भाद्र २९ गतेदेखि जुम्लामा आमरणअनसन बस्नुभएको थियो । उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँको स्वास्थ्य परिक्षण गरिरहनुभएका चिकित्सकहरुले डा. केसीलाई तुरुन्त अस्पताल भर्ना गरी उपचार शुरु नगरे जे पनि हुन सक्ने बताएका थिए । तर डा. केसीले भने आफु जनताका लागि म र्न तयार तर सरकारसँग माग पुरा नभएसम्म अस्पताल पनि नजाने र कुनै सम्झौता पनि नगर्ने भन्दै आउँनुभएको थियो ।

शनिबार राति करिब पौने एघार बजे प्रहरीले डा. गोविन्द केसीलाई ज ब र ज स्ती उठाएर अस्पताल पुर्यायो । १९ औं सत्याग्रहको घोषणा गरेको सातौं दिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियु कक्षमा डा. केसीलाई राखिएको छ । डा।केसीले भने माग पुरा नगर्न सरकारले अ प ह र ण शैलीमा आफुलाई उठाएर अपताल लगेको बताउँदै आउँनुभएको छ ।

डा. केसीले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले अ प ह र ण गर्न लगाएको आरोप लगाउँदै भन्नुभयो उनिहरुलाई मेरो स्वास्थ्यको ख्याल लाग्छ भने हाम्रा मागहरु पुरा गरिदिए भयो नि । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रदेश सरकारले द म न गरेको समेत आरोप लगाउनुभयो । प्रधानमन्त्री जनता प्रति उत्तरदायी भएको भए सम्झौता वमोजिमका मागहरु पहिले नै पुरा हुन्थे ।


Your Views
Related News