दस वर्षे जनयुद्धका कारण १७ हजार नेपालीले ज्यान गुमाए । कयौं अङ्गभङ र बेपत्ता भए । कति बुवाआमाको काख रित्तियो, धेरै बालबालिका टुहुरा भए । दस वर्षसम्म विकासका काम ठप्प भए भएका संरचना पनि ध्वस्त भए ।

यो सबैको क्षती एकातर्फ र अहिले मुलुकमा जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले यस युद्धको क्षेतिपुर्ती तिर्न सक्छ त ?

जनयुद्धका सबै पक्ष गलत छन् भन्ने पनि छैन । जनयुद्धका कारण मुलुकमा केहि ठुला परिवर्तन पनि भए । तर जनयुद्धमा आफ्नो ज्यान हत्केलामा राखेर तत्कालीन सरकारसँग अहोरात्र लडेका र परिवर्तनका निम्ति आफ्नो सर्वस्व गुमाएका ति नागरिकको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ ।

जनयुद्धकै कारण द्वन्द्व पीडित या विभिन्न बहानमा नक्कली पीडितहरुले अकुत सम्पत्ति आर्जन गरेकै छन् । तर, वास्तवि पीडित खान लाउन संषर्षरत छन् ।

तत्कालीन समयमा राज्य पक्षबाट लडेका सिपाहीहरुको अवस्था संतोषजनक भएता पनि तत्कालीन समयमा विद्रोही मानिने माओवादी पक्षबाट लडेका योध्दाहरुको अवस्था निकै नाजुक र दयनीय छ । यसको एक उदाहरण हुन्, अहिलेको धुर्कोट गाउँपालिका वडा नम्बर सात वाग्लाका धनिश्वर गिरि (मुक्तिराम) गिरी ।

वि. सं. २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले तत्कालीन गुल्मीको वाग्ला गाविसको चौतारा भन्ने स्थानमा आयोजना गरेको सांस्कृतिक कार्यक्रमबाट प्रभावित भएर गिरि माओवादीमा प्रवेश गरेका थिए ।

“हामी दरबारका तीन पाले राप्रपा ,काङ्ग्रेस एमाले ” भन्ने गितले नै उनलाई माओवादीमा लाग्न प्रेरणा दियो ।सास्कृतिक समुहमा आबद्ध रह्दै माओवादी लाई सहयोग गर्दै उनि अघि बढिरहेका थिए ।
२०६० साल असोज २५ गते दाङको भालुवनङको लडाइमा उनि माओवादीको भान्सेको रुपमा काम गरेको बुझिएको छ । त्यस युद्धका पुर्व माओवादी लडाकु भरत पौडेल भन्छन् “त्यो युद्ध हाम्रो आंशिक जित हो । तर, हामिले धेरै क्षती व्यहोरेका हौँ । “

हाम्रा कयौँ स्वास्थ्यकर्मी ,भान्से तथा कायम लडाकु योद्धालाई सेनाले मारेको थियो । धनिश्वर गिरि त्यस युद्धमा बच्न सफल रहे ।

यस्तो छ उनको जेल जिवनको यात्रा ।

गिरिको अहिले मानसिक अवस्था ठिक छैन । उनले विगत बिर्सिसकेका छन् । तर, उनिसँगै पक्राउ परेका र हिरासतमा बसेका उनकै सहकर्मी झविन्द्र भण्डारीसँग हामिले सम्पर्क गरेका थियौँ ।

तत्कालीन गाउँ सरकारको जनसरकार प्रमुखको कार्यभार सम्हालेका भण्डारी र गिरिलाई एकै दिन २०६० साल पुस १८ गते नेपाल प्रहरी र सेनाको टोलिले गिरफ्तार गर्यो । भण्डारीलाई आफ्नै घरबाट गिरफ्तार गरिएको र गिरिलाई घरदेखि माथि चौतारा भन्ने स्थानबाट गिरफ्तार गरिएको भण्डारी सम्झन्छन् ।

गिरफ्तारपछि ६ महिनासम्म हरेक प्रकारका यातना सहँदै गुल्मी स्थित नेपाली सेनाको ब्यारेकमा आफ्नो समय बिताए भने एक वर्षसम्म जिल्ला कारागार गुल्मीमा बसे । करिब १८ महिनाको जेल र नेपाली सेनाको हिरासतको बसाईपछि पोखरा लगिएको भण्डारीले सल्लेरी खबरलाई बताए ।

६ महिना पोखरा कारगारपछि भण्डारी २०६२ साल पुस १३ गते रिहा हुँदै खुल्ला आकाशको अनुभूति गरे । भने गिरिलाई २०६२ साल चैतमा मात्रै रिहा गरियो ।

झविन्द्र भण्डारी भन्छन्, ‘उहाँको मानसिक सन्तुलन पहिले देखि नै राम्रो थिएन । हिरासत र जेल काटेपछि अवस्था झनै बिग्रियो । तर, उनका छिमेकीले भने पहिला मानसिक अवस्था ठिक भएको र जेल जिवन काटे पछि बिग्रिएको बताउँछन् ।

बुबाआमा गुमाईसकेका गिरी अहिले ४१ वर्षका भए भने अविवाहित नै छन् । उनका एक जना दिदि र एक भाइले विवाह गरिसके ।

आफ्नो जिवनको अमुल्य समय युद्ध र परिवर्तनका लागि दिएका गिरीलाई अहिले दुई छाक खान समेत मुस्किल छ । राहतको नाममा एक पटक २० हजार र अर्को पटक २५ हजार पाएको रकम लिन उनले अस्वीकार गरेको उनका सहयोद्धा भण्डारी बताउँछन् ।

एक/ दुई महिना भनौं वा दुई/ चार वर्ष जेल काटेका नेताले परिवर्तनको लागि जेल काटेको भन्दै खुल्ला मञ्चबाट भाषण ठोक्दै मन्त्री–सांसद्को पदमा रजाइ गरेका छन् । त्यहाँसम्म पुग्न नसकेकाले पनि विभिन्न पीडितको बाहनामा धनसम्पत्ति आर्जन गरेकै छन्। तर, जनयुद्धका यी वास्तविक पीडितले कहिले पाउछन् राहत र कहिले गर्छन् परिवर्तनको अनुभूति ?

READ MORE

काँग्रेस र प्रहरीबीचको झडपमा जिल्ला सभापति श्रेष्ठ घाइते

५ असोज, गुल्मी – नेपाली काङ्ग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा आज झडप भएको छ । पार्टी कार्यालय, बिपी स्मृति भवन क्याम्पसरोडबाट निकालिएको -याली भीमचोक, पुतलीबजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडितर्फबाट प्रशासन कार्यालयभित्र जान खोज्दा प्रहरीसँग झडप भएको हो ।

झडपमा काङ्ग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, काङ्ग्रेस क्षेत्र नम्बर २ ‘क’ का सभापति पूर्ण केसी, नेता श्रीप्रसाद भलामीलगायत घाइते भएका छन् । झडपमा दुई प्रहरीसहित छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार रेसुङ्गा नगरपालिका वडा नम्बर १२ मा रहेको रानीपोखरी निम्नमाध्यमिक विद्यालय भत्किएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत काम हुने गरी चारकाठे भवनको काम गर्नका लागि रु ७० लाख ४० हजार बजेट विनियोजन भएको र बजेटको कार्यान्वयनका लागि विद्यालयमा सर्वदलीय तथा सर्वपक्षीय भेलाको आयोजना भएकामा साउन ९ गतेको भेलाले पुरानो भवन भत्काउने र साउन २५ गतेको भेलाले विद्यालय व्यवस्थापन समितिको रेखदेखमा नयाँ भवनको निर्माण शुरु गर्ने निर्णय भएको थियो ।

व्यवस्थापन समितिमार्फत हुने कुनै पनि काममा ठेक्का दिन नपाइने नियम भए पनि निर्माण समितिले विनोद विकलाई रु १६ लाख ५० हजारमा अघोषित रुपमा भदौ १५ गते निर्माणको जिम्मा दिएपछि सो झडप भएको बताइएको छ । स्थानीयवासी गिरिप्रसाद महाकिमले वडाध्यक्षलगायतको समूहले ठेकेदारमार्फत काम गराएर विद्यालयको रकम हिनामिना गर्न खोजेको आरोप लगाए ।


Your Views
Related News