जापानकी काने तानाका बिश्वैकै बढी बाँच्ने महिला बनेकि छिन् । गिनिज बुक अफ वल्ड रेकर्डले ११७ वर्ष २६१ दिन उमेर भएकी उनलाई संसारकै बढी बाच्ने ब्यक्तिको उपाधी दिएको हो ।

 

सन् १९०३ जनवरीमा जन्मिएकी तानाकाले सन् २०१९ को मार्चमा नै उक्त अवार्ड प्राप्त गरेकी थिइन् ।

 

जापानको स्वास्थ्य तथा जनकल्याण मन्त्रालयका अनुसार यश अघिको विश्व किर्तिमान कागोसिमा शहरकी नाबी ताजिमाको रहेको थियो । उनको मृत्यु सन् २०१८ को अप्रिलमा भएको थियो ।

 

 

READ MORE

कैद सजाय छुट हुने व्यवस्थालाई विना भेदभाव कार्यान्वयन गर्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले सर्वोच्च अदालतको आदेशानुसार कैद सजाय छुट हुनसक्ने व्यवस्थालाई विनाभेदभाव कार्यान्वयन गर्न आग्रह गरेको छ ।

 

आयोगका सचिव वेदप्रसाद भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी कारागार नियमावली, २०२० को नियम २९ बमोजिम सर्वोच्च अदालतले दिएको आदेशको विनाभेदभाव कार्यान्वयन गर्न आग्रह गरेका हुन् । आयोगले कैदीबन्दीको स्वास्थ्यलगायत समग्र मानव अधिकार अवस्थाका सम्बन्धमा आयोगको वाग्मती प्रदेश कार्यालयबाट कारागार व्यवस्थापन विभागलाई पत्राचार गरेको जनाएको छ ।

 

कोभिड–१९ को महामारीको अवस्थामा कैदीबन्दीको स्वास्थ्यको अधिकार सम्बन्धमा आयोगले आजदेखि अनुगमन शुरु गरेको छ । अनुगमन टोलीमा आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयबाट सहसचिव तथा अधिकृतको सहभागिता रहेको छ । टोलीलाई आवश्यक सहयोग पुर्‍याइ मानव अधिकारको सम्मान र संरक्षणमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आयोगले आग्रह गरेको छ ।

 

यसअघि आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोली गत भदौ ५ गतेदेखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न जिल्लाको कारागार अनुगमनका लागि खटिएको थियो ।


Your Views
Related News