नायिका एलिजा गौतम र नायक आकाश श्रेष्ठ अभिनित दशैं गीत ‘सानु’ गीतको भिडिओ सार्वजनिक भएको छ ।

 

अहिलेका चलेका गायक प्रताप दास, गायिका समिक्षा अधिकारी र बाल गायिका आयुषा गौतमको स्वर रहेको उक्त गीतको भिडियाेमा गुराँश ढकाल र समाईरा थापाको पनि अभिनय रहेको छ ।

 

सञ्चारकर्मीसमेत रहेका कलाकार कमल सरगमले लेखेको गीतमा संगीत भने घमेश दुलालको छ । ज्ञानेन्द्र शर्मा हुमागाँईको छायांकन रहेको उक्त भिडियाेमा कोरियोग्राफी भने सन्तोष राजवाहकको छ । भिडियाेको परिकल्पना तथा निर्देशन भने प्रभावन जे एण्ड टिमको छ ।


Your Views
Related News