अहिलेको विश्वमा धेरै मानिसहरु स्वस्थ र सुगठित शरीरमा ध्यान दिन्छन्। सुगठित शरीर भएका व्यक्तिलाई मन नपराउने व्यक्ति त सायदै हुन्छन्। त्यसमाथि ‘सिक्स प्याक’ सुगठित शरीरको अर्को मापक बनेको छ।

 

धेरै व्यक्ति जिम गरेर र विभिन्न प्रकारका अभ्यासहरुबाट आफ्नो शरीरलाई आकर्षक बनाउनुका साथै पेटमा सिक्स प्याक पनि निकाल्ने प्रयासमा हुन्छन्।

 

 

 

सिक्स प्याकका लागि निकै मेहनत गर्नुपर्छ। महिनौँसम्मको कठिन अभ्यासले मात्रै शरीरमा त्यस खालको बनोट देखापर्छ। यस्तो महत्वपूर्ण अभ्यास गरेर मात्रै निकाल्न सकिने सिक्स प्याक एक ६ वर्षीय बालकले निकालेका छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ।

 

आरत होसेनी नामका ईरानी बालक आफ्नो सिक्स प्याकका कारण चर्चामा छन्। यीनै कुनै सामान्य बच्चा होइनन्, सामाजिक संजालमा यीनको बेग्लै चर्चा हुने गरेको छ।

 

 

साथै यीनी आफ्नो सिक्स एब्सका कारण मात्रै नभई फुटबल खेलाडीका रुपमा पनि चर्चित छन्। साथै उनी जिम्न्यास्टिकका कारणसमेत चर्चित छन्। एजेन्सी

 


Your Views
Related News