काठमाडौं। हिन्दु धर्मावलम्बीहरुले हप्ताको सातै बारलाई विभिन्न देवी देवताको बारको रुपमा लिन्छन् र सोहि बारमा भगवानको प्रार्थना गर्छन् । सोहि अनुरुप आज मंगबारको दिन कार्यसिद्धिको लागि गणेश भगवानको पुजाआजा गरिन्छ । भगवान गणेशको पुजा आराधना नगरी कुनै कार्य गर्दा पनि सफल हुँदैन भन्ने धार्मिक मान्यता छ । गणेशका अतिरीक्त यस दिन कालीमाता, दुर्गा माता र हनुमानको पनि पुजा आराधना गरिन्छ । भगवान गणेशलाई सिद्धिविनायक भनेर पनि पुकारीन्छ । मंगलबार गणेश मन्दिरहरुमा भिड लाग्छ । भनिन्छ नि, कुनैपनि नयाँ काम थालनी गर्दा भगवान गणेशको पूजा अर्चनाबाट थाल्नुपर्छ ।

हात्तिको जस्तो शिर, मानिसको जस्तो बडेमानको भूडी, हात्तिको जस्तो लामो मोटो नाक, लामा लामा कान भएका गणेशको यी संरचनाबारे विभिन्न किस्साहरु जेडिएको पाईन्छ। गणेशको पुजा गरेमा कार्यसिद्दी हुन्छ भन्ने आम हिन्दुजनहरुको विश्वास रहेको छ ।

हिन्दु धर्म अनुसार गणेश भगवानको महिमा अपरम्पार रहेको छ ।भगवान शिव र पार्वतीका पुत्र गणेशको पुजा आराधना विधिसम्मत गर्ने हो भने तँपाई हामा्रे जिवन पनी सुखी र खुुसी हुन्छ । हरेक भगवानको पुजा आजा गर्दा गणेश भगवानको पुजा शुरुमा गनुपर्दछ भनिन्छ नि कुनै कार्यको शुरुवात गर्नुलाई नै श्रीगणेश गर्ने भन्नेबाट पनी यो कुरा पुष्टी हुन जान्छ ।
प्रायजसो तिलको लड्डु चढाएर साथै फुल ,जल र अक्षतासहित गणेश भगवानको पुजा गरिन्छ ।गणेश भगवानलाई खुसी पारी आप्mनो कार्य सिद्दी गर्नको निमित्त गणेश भगवानको पुजाको लागी पूर्ण तयारी गर्नुका साथै तोकिएको विधी अवलम्वन गर्नुपर्दछ ।

  • पहिला तपाई आफैलाई पुजाको लागी तयार पार्नुहोस
  • गणेश भगवानको फोटो वा मूर्ती तयार पार्नुहोस
  • गणेश मन्दीरर्मै जानुहून्छ भने तिलको लड्डु तयार गर्नुहोस
  • स्नान गरी चोखो ,सफा सुग्घर बन्नुहोस
  • पुजाको लागी आवश्यक सफा जल,जौँ तिल फुल र अक्षता एकैठाउँमा संग्रह गर्नुहोस

पुजा गर्ने विधि
१ सुरुमा मूर्ती अथवा फोटोको अगाडि पवित्र मनले दियो जलाईदिनुहोस,
२ दियो जलाईसकेपछी भगवानलाई मनपर्ने तिलको गुलियो लड्डु चढाईदिनुहोस,
३ महिला भक्तजन भएमा आप्mनो सारी अर्थात सलले पुजा समयमा आप्mनो शिर छोप्नुहोला,
४ अब अगरबत्ती जलार्इृ त्यसलाई हातमा लिएर गणेश भगवानलाई विभिन्न सुगन्ध सहित पुजा आराधना गर्नुहोस,
५ फूल अक्षता साथै पातिहरु अगरबत्ती बालेर आराधना गरीसकेपछी चढाईदिएर पुजा गर्नुहोस,
६ गणेश मन्त्र उच्चारण माथि पहिलो चरणबाटै गर्नुपर्नेछ अब मन्त्र उच्चारण गर्दै गणेश भक्ती गाईरहनुहोस,
७ तपाँईको मनमा गणेश भगवान भएको कल्पना गर्नुहोस,आखाँ बन्द गरेर गणेश भगवान आफुसंगै भएको महसुस गर्नुहोस,
८ गणेश भगवानसंग बोल्नुहोस ,केहि इच्छीत कुरा भए माग्नुहोस ,र तपाँई उहाको भक्त भएको भान गराउनुहोस,
९ भगवानको शिरमा टिका लगाईदिई आफुपनी लगाउनुहोस र अरुलाईपनी लगाईदिनुहोस,
१० सम्पूर्ण भक्तजन साथै स्वयम् आफैले प्रसाद लिनुहोस ,खुवाउनुहोस,
माथि उल्लेखीत विधि अपनाएर गणेशको पुजा गर्दा पक्कै कार्यसिद्दी हुनुका साथै तँपाईले जिवनमा सोचेका सबै कुरा पुरा हुनमा सहयोग पुग्नेछ।

श्रीगणेश भगवानको रूपको आध्यात्मिक अर्थ

शिर
भगवान श्री गणेशको शिर हात्तीको छ।हात्तिलाई संसारको सबै भन्दा ठूलो थल चर प्राणिको रूपमा लिइन्छ। कुनै मान्छेले कुनै काम गर्दा समाजमा आफ्नो शिर ठाडो रहोस् आफुले समाजमा शिर झुकाउनु न परोस् भन्ने सोच सबैको हुन्छ। भगवान श्री गणेशको शिरले कसैले पनि जो सुकै कामको थालनी गर तर समाजमा शिर झुक्ने काम न होस् भन्ने बुझाउछ। यसैले हामीहरूले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको हात्तिको शिरको स्मरण गरी समाजमा शिर ठाडो रहोस् समाजको अगाडी शिर न झुकोस् भन्ने शिक्षा पाउनु पर्छ। जिव विज्ञानका अनुसार हात्ती ठूलो प्रणी भए पनि यसले अरु सबै चिजहरू आफु भन्दा ठूलो देख्द छ। यसैले गणेश भगवानको हात्तीको शिरले के पनि बुझाउँछ भने संसारमा कुनै पनि जिव छ त्यसलाई आफु भन्दा ठूलो मान भन्ने भावना राख्नु पर्द छ।

कान
भगवान श्री गणेशका कानहरू ठुला छन्। मानिसले कुनै पनि कामको थालनी गर्दा सबैको कुरा सुन्नु पर्ने र बुझ्नु पर्ने हुन्छ। सबैको कुराहरू ध्यान दिएर सुन्यो भने त्यो मान्छेलाई कुनै पनि कामको सुरु देखि अन्त सम्म कुनै बिध्न बाधाहरू पर्दैन। कामको पनि फतेह हुन्छ। अरुसँग न सोधेर अरुको कुरालाई न गनेर आफ्नो मन मर्जी गर्ने मान्छे कहिल्यै पनि सफल हुन सक्दैन। कसैले आफ्नो बारेमा नराम्रो भन्यो पनि त्यो सुन्नको लागि ठूलो कानको आवश्यक पर्दछ। यसैले हामीले कुनै पनि कामको थालनिमा भगवान श्री गणेशका ठुला कानहरूलाई स्मरण गरी हामी जो काम गर्न गैरहेका छौँ त्यसमा अरुको राम्रो कुरालाई सुनेर व्यवहारमा ल्याउने। नराम्रो कुराहरू कानले पचाउनु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।

नाक
भगवान श्री गणेशको नाक लामो छ। हाम्रो समाजमा कसैले केही नराम्रो काम गरेमा भनिने गर्छ “यो मानिसले त नाक कटायो”। मान्छेले कुनै पनि काम आफ्नो लाज (इज्जत) बचाएर गर्नु पर्ने हुन्छ। यदि समाजमा इज्जत बचाउने काम गरेन आफ्नु इज्जत फाल्यो भने सबैले नाक कटुवा भन्ने छन्। यसैले हामीले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको नामो नाकको स्मरण गरेर हामी जुन काम गर्न गैरहेका छौँ त्यसमा हाम्र नाक नकाटियोस्। हाम्रो इज्जत बचोस् भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।

पेट
भगवान श्री गणेशको पेट ठूलो छ। मान्छेले कुनै पनि कामको थालनी गर्दा अरुले रिश पनि गर्न सक्छन्, भए नभएका कुराहरू भन्न सक्छन्, राम्रा नराम्रा कुरा सुन्नु पर्ने हुन्छ। यि सबै कुराहरूलाई पचाउनु पर्ने हुन्छ। राम्रा कुराहरूलाई मन भित्र केन्द्रित गर्नु पर्छ र न राम्रा कुराहरूलाई पचाउनु पर्ने हुन्छ। पचाउनको लागि ठूलो पेट बनाउनु पर्ने हुन्छ।यदि कसैले केही भन्यो भन्यो भन्दैमा झगडा गर्न लाग्यो भने आफ्नो काममा बाधा उत्पन्न हुन्छ।यस कारण हामीले कुनै पनि कामको थालनी गर्दा भगवान गणेशजीको ठूलो पेटलाई स्मरण गरेर हामीमा कुनै पनि विवादलाई पचाउन सक्नु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।

हातहरू
भगवान श्री गणेशका चार वटा हातहरू छन्।ति हातहरूमा क्रमशःबन्चरो, लड्डु, बर मुद्रा र फूल रहेका छन्। जो दया, दण्ड, कोमलता र मिठासको प्रतिकहरू मानिन्छन्। मान्छेले कुनै पनि कामको थालनी गर्दा उक्त कार्यमा ध्यान दिनु आवश्यक छ।

वाहन
भगवान श्री गणेशको बाहन मुसो हो। मुसो सानो भए पनि चलाख प्राणीको रूपमा तुलना गरिन्छ। भनिन्छ मुसाले नै अन्नहरूको बिउ समुन्द्र पारीवाट ल्याएको हो। हामीहरूले कुनै पनि कामको थालनी गर्दा भगवान श्री गणेशको रूप र वाहन मुसाबाट चलाख या बुद्धिमान छ भने आफु भन्दा सानो प्राणिको पनि सहायता लिएर आफ्नो काम पुरा गर्नु पर्छ भन्ने धारणा राख्नु पर्द छ।


Your Views
Related News