विराटनगर । नेपाली अर्थोडक्स चियाले आफ्नै ट्रेडमार्क पाएको २ वर्षपछि नेपाली चिया कम्पनीहरूले विश्व बजारमा आफ्नो उत्पादनमा सो ट्रेडमार्क प्रयोग गर्न पाउने भएका छन् ।
‘नेपाल टी क्वालिटी फ्रम द हिमालयाज’ लेखिएको लोगोसहितको ट्रेडमार्कका लागि आवेदन दिएका ४२ चिया कम्पनीमध्ये पहिलो चरणमा १२ चिया कम्पनीले ट्रेडमार्क प्रयोग पाउँदै छन् । यी कम्पनीलाई कृषिमन्त्री घनश्याम भुसालले इलामको फिक्कलमा यसका लागि मंगलवार प्रमाणपत्र वितरण गर्दै छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले यी १२ कम्पनीले ‘नेपाल टी क्वालिटी फ्रम द हिमालयाज’ लेखिएको लोगोसहितको अर्थाेडक्स नेपाली चिया अब विश्व बजारमा निर्यात गर्न पाउनेछन् । यो ट्रेडमार्क २०७४ चैतमा सार्वजनिक गरिएको थियो ।

ट्रेडमार्क कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने नेपाल टि प्लान्टर्स एशोसिएशनका सल्लाहकार उदय चापागाईंले बताए । १५७ वर्षअघि गजराज सिंह थापाले चीनबाट ल्याएको चिया रोपेर नेपालमा चियाको उत्पादन शुरू गरेयता पहिलोपटक नेपाली चियाले आफ्नै पहिचानसहित विश्व बजारमा प्रतिस्पर्धा गर्ने उनले बताए ।

विश्व बजारमा धारापानी चियाको नामले चिनिनुुभन्दा नेपालको चियाको नामले चिनिनुले छुट्टै अर्थ राख्ने भएकाले किसान, व्यवसायी र उद्योगीका लागि यो खुशीको अवसर भएको उनले बताए ।

ट्रेडमार्क प्रयोग गर्न चिया उत्पादकले बोर्डले तोकेको मापदण्ड पूरा गरी बोर्डमा आवेदन दिनुपर्छ । ट्रेडमार्क कार्यान्वयनका लागि ‘नेपाल अर्थाेडक्स चिया सर्टिफिकेशन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ मै तयार भइसकेको छ ।

नेपालमा साना र मझौला गरी १ सय चिया उद्योग रहेको र अब उनीहरूले ट्रेडमार्कका लागि निर्धारित नियम र परिधिमा रहेर चियाको उत्पादन गर्नुपर्ने चुनौती रहेको चापागाईंले बताए । नेपाल सरकारले ट्रेडमार्क दिए पनि अब त्यसलाई कार्यान्वयन गर्न उद्योगी व्यवसायीलाई चुनौती थपिएको चापागाईंको भनाइ छ ।

यूरोपेली युनियन, जर्मन टि एशोशिएशनलगायतमा नेपालको ट्रेडमार्कसहितको चियालाई स्वीकृतिका लागि आवेदन दिनुपर्ने र उताबाट स्वीकृति भएपछि मात्रै हाम्रो लोगोसहितको चिया यूरोपको बजारमा पुग्ने उनले बताए ।

नेपाल चिया उत्पादक संघका पूर्वअध्यक्ष तथा वरिष्ठ सल्लाहकार चण्डी पराजुलीले नेपालको पहिचानलाई विदेशमा पुुर्‍याउन लोगोले मद्दत गर्ने बताए । यसले सबैलाई उत्साही बनाएको र अब दार्जिलिङ टी का नाममा विश्व बजारमा नाम कमाएको भारतीय चियासँग नेपाली चियाले प्रतिस्पर्धा गर्ने अवस्था आएको उनले बताए ।

प्रदेश १ बाट निकासी हुने २० लाख किलो सीटीसी र १० लाख किलो अर्थाेडक्स चियाको निकासी मेची भन्सार नाकाबाट हुँदै आएको छ । अर्थाेडक्स चिया र सीटीसी चिया मेची भन्सारबाट निकासी हुने वस्तुको पहिलो सूचीमा पर्दै आएको छ ।

READ MORE

सतोगुण : संयमित, सन्तुलित र श्रेष्ठ जीवनका लागि

सतोगुण, रजोगुण र तमोगुण । यी तीन गुणले हाम्रो चेतनाको तीन अवस्था जनाउँछ, जागृत अवस्था, सुप्तावस्था र स्वप्नावस्था । प्रश्न यो हो कि, अब यी तीन गुणलाई कसरी सन्तुलित राख्ने ?रजोगुणको प्रधानता भएमा उत्तेजना, विचार, इच्छा, वासना बढ्छ । आशक्ति बढ्छ । हामी धेरै खुसी वा धेरै उदास रहन्छौं । यी सबै रजोगुणका लक्षण हुन् । जब तमोगुण प्रधान हुन्छ, तब हामी सुस्त, अल्छी र भ्रमको शिकार हुन्छौं । यसैगरी हाम्रो भोजनमा पनि तीन गुण विद्यमान हुन्छन् । र, हाम्रो मन पनि यही तीन गुणबाट प्रभावित र निर्देशित हुन्छ । फलतः हाम्रो आनीबानी, बोलीव्यवहार, आचरण वा प्रवृत्तिमा यी तीन गुण देखिन्छ ।

मान्छे मात्र होइन, पशु पनि यही तीन गुणबाट सञ्चालित हुन्छन् । यद्यपि उनीहरुमा कुनै असन्तुलन हुँदैन । न त तिनीहरुले आवश्यक्ताभन्दा बढी खान्छन्, न अधिक काम गर्छन्, न अधिक कामवासना देखाउँछन् । उनीहरुमा केही कुरा धेरै वा थोरै गर्ने स्वतन्त्रता पनि हुँदैन । जबकी मान्छेमा जे गर्न पनि स्वतन्त्रता हुन्छ । राम्रो गर्न वा खराब गर्न, धेरै गर्न वा कम गर्न । किनभने मान्छेसँग यो स्वतन्त्रतासँगै विवेक पनि हुन्छ । स्वतन्त्रता र विवेक दुबै मान्छेसँग हुन्छ ।

अत्याधिक वा आवश्यक्ताभन्दा बढी खानु हाम्रो स्वतन्त्रता हो । जबकी अधिक खानपानले पेटमा समस्या निम्त्याउँछ । शरीर सुस्त हुन्छ । हामी कुनैपनि काम छरितो ढंगले गर्न सक्दैनौं । शरीर जीर्ण र रोगी हुन्छ । तर, धेरै खाने स्वतन्त्रता हुँदाहुँदै पनि आफ्नो शरीरको आवश्यक्तालाई बोध गरेर कति खाने वा के खाने भन्ने कुरा हाम्रो विवेकले निर्धारण गर्छ । ठीक वा आवश्यक्ता अनुरुप भोजन गर्नु, सुपाच्य र ताजा भोजन गर्नु सत्वगुण भएका व्यक्तिहरुको प्रवृत्ति हो ।

धेरैजसो त हाम्रो मन पनि भूतकाल वा भविष्यमा अल्झिरहेको हुन्छ । जीवनमा प्रखर चेतना र सजगताको अनुभव प्रायः गर्न सकिरहेका हुँदैनन् । यस्तो सात्विक क्षण एकदमै दुर्लभ हुन्छ । त्यसैले हामीले जीवनमा प्रशन्नता र उमंग धेरै कम मात्रामा अनुभव गरिरहेका हुन्छौं । यसको लागि आवश्यक छ, साधना, ध्यान र मौनता । यी माध्यामबाट हामीले आफ्नो सत्वगुणलाई बढाउन सक्छौं । सामान्यत मान्छेले निद्राको अवस्थामा सपना देख्छन् । जबकी जागृत अवस्थामा पनि सपना देख्छन् । त्यसैगरी जब हाम्रो शरीर र वातावरणमा सतोगुणको प्रधानता हुन्छ तब हामी प्रफुल्ल, उमंगित, आनन्दित, सजग, बोधपूर्ण हुन्छौं ।

जब हामी सत्यको आडमा उभिन्छौं, रजोगुण र तमोगुण गौण हुनपुग्छन् । यसको प्रभाव कम हुन्छ ।जब मान्छेमा सतोगुणको विकास हुन्छ, मान्छेमा आत्मकल्याण, कर्तव्य, अन्तरात्माबाट धर्मको इच्छा उत्पन्न हुन्छ । न्याय र अन्याय, सत्य र असत्य, ग्रहण गर्न योग्य र त्याग्न योग्य आदिको स्पष्ट भेद छुट्याउन सक्छन् । तत्व ज्ञान, धर्म विवेक, दूरदर्शिता, सरलता, नम्रता र सज्जनताले उनीहरुको दृष्टि हराभरा हुन्छ । अरुप्रति दया, करुण, मैत्री, उदारता, स्नेह, आत्मियता र सद्भाव व्यवहार गर्छन् । उनीहरु तप, साधना, स्वाध्याय, सत्संग, सेवा, दान आदिमा अग्रसर हुन्छन् ।सात्विकताको अभिवृद्धि भएपछि उनमा अशाधारण शान्ति, सन्तोष, प्रशन्नता, प्रफुल्लता एवं आनन्द प्राप्त हुन्छ । उनको प्रत्येक विचार रक र्म पूण्यमय हुन्छ ।


Your Views
Related News