असोज ६, २०७७ काठमाडाैं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ। हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा बिक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो।

संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसीबोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख शर्मिला सुवेदीले बताइन्। कति संख्यामा खरिद गर्ने भन्ने एकिन भए पनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उनले बताइन्।  संस्थानले विगत वर्षहरू जस्तै यो वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि बिक्री गर्ने भएको छ।

यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उनले जानकारी दिइन्।  एकीकृत रुपमा र आफ्नै आउटलेटबाट सुपथ मूल्यमा बढीभन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने उनकाे भनाइ छ। संस्थानले हरेक वर्ष दसैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ। च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ। यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ। गत वर्ष सोही परिमाणको खसीबोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो। जसमा कम्पनीले १४ सय वटा खसीबोका र १६ सय वटा च्याङ्ग्रा ल्याएको थियो।

READ MORE

१६ वर्ष उमेर समूहमा मानसिक समस्या बढी : स्वास्थ्य अनुसन्धान परिषद्

काठमाडौँ — नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक सर्वेक्षणले १६ वर्षका उमेर समूहका (७.७) प्रतिशत किशोर–किशोरीमा बढी मानसिक समस्या रहेको देखाएको छ । सोमबार परिषदले राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण सार्वजनिक गर्दैे किशोरीमा ५.३ प्रतिशत र किशोरमा ५ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको देखिएको जनाएको छ ।

प्रदेशतगत विवरण हेर्दा सबैभन्दा बढी प्रदेश १ का किशोरकिशोरीमा मानसिक समस्या (११.४ )प्रतिशत रहेको सर्वेक्षणमा भनिएको छ ।

सर्वेक्षणले ५.२ प्रतिशत किशोरकिशोरी मानसिक समस्या रहेको, ०.६ प्रतिशतमा किशोर किशोरीमा उदासिनता, ३.९ प्रतिशत किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको उल्लेख गरेको छ।

सर्वेक्षणमा आएको परिणाम अनुसार १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालमा कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाइएको छ ।

त्यसैगरी ६.५ प्रतिशत वयस्कमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र १.१ प्रतिशत वयस्कले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ । प्रदेशगत विवरण हेर्दा वाग्मती प्रदेशको वयस्कमा सबैभन्दा धेरै अर्थात ५.९ प्रतिशतमा हालमा मानिसमा समस्या रहेको देखिएको छ ।

वयस्क उमेर समूहभित्रका महिला र पुरुषको तुलना गरेर हेर्दा ५.९ प्रतिशत महिलामा र ३.४ प्रतिशत पुरुषमा मानसिक समस्या रहेको पाइएको छ ।

परिषदले जनवरी २०१९ देखि जनवरी २०२० सम्म नेपालका सातै प्रदेशमा गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा जम्मा १५ हजार ८८ जनामा सर्वेक्षण गरिएको थियो । जसमध्ये ९२०० जना १८ वर्ष माथिका वयस्क थिए भने ५ हजार ८८८ जना १३ देखि १७ वर्ष सम्मका किशोरकिशोरी थिए ।

सर्वेक्षण अनुसार २३ प्रतिशत वयस्कले आफूमा लक्षण देखिएपश्चात चिकित्सक वा अन्य व्यक्तिसँग सहयोग मागेको देखिएको छ । कसैले जोखाना हेर्न, पूजाआजा र धामीझाँक्री लगाउने गरेको पनि पाइएको छ । धेरैले मानिसले आफूलाई ‘पागल’ भन्ने डरले, आफ्नो समस्या कहाँ गएर समाधान गर्ने भन्ने जानकारी नहुने, यस्तो समस्या आफै निको हुन्छ होला भन्ने सोचाइले चिकित्सको परामर्शका लागि नजाने भनी सर्वेक्षणले निष्कर्ष निकालेको छ ।


Your Views
Related News